साइबर अपराधका लागि सुखद वर्ष बन्यो २०२१, उत्तर कोरियाली ह्याकरले चोरे ४० करोड डलर क्रिप्टो

काठमाडौं । सन् २०२१ मा उत्तर कोरियाली ह्याकरहरुले करीब ४० करोड डलर (४७ अर्ब रुपैयाँ) बराबरको क्रिप्टोकरेन्सी चोरेको नयाँ प्रतिवेदनले देखाएको छ । गत वर्ष साइबर अपराधीका लागि अहिलेसम्मकै आकर्षक वर्षमध्ये एक बनेको यसले स्पष्ट देखाएको छ । हयाकरहरुले गत वर्ष लगानी कम्पनी र केन्द्रीतकृत विनिमय गृहलाई लक्षित गर्दै फिशिङ्, मालवेयर र सामाजिक इञ्जिनियरिङ समेत गरि कम्तिमा पनि सात फरक फरक तरिका प्रयोग गरी साइबर हमला गरेको क्रिप्टोकरेन्सी हेर्ने कम्पनी चेनालिसिसको प्रतिवेदनले देखाएको हो ।  साइबर अपराधीहरुले संगठनको इन्टरनेटसँग आबद्ध भएको डिजिटल वालेट अर्थात् ‘हट’ वालेटमा पहुँच लिएर त्यहाँ भएको क्रिप्टोकरेन्सी उत्तर कोरियाको नियन्त्रणमा भएका खाताहरुमा पठाएको पाइएको छ । यी चोरीले भारी अन्तराष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको उत्तर कोरियाले घरेलु परमाणु कार्यक्रमहरुका लागि आवश्यक रकमको जोहो गर्न ह्याकरहरुको समूहमाथि निर्भर रहेको थप संकेत गरेको छ । संयुक्त राष्ट्र संघको एउटा गोप्य प्रतिवेदनमा पनि यस अघि हातहतियार किन्न र उत्तर कोरियाको अर्थतन्त्रलाई चलायमान राख्न त्यहाँका नेता किम जोङ उनको प्रशासनले वित्तीय संस्था र भर्चुअल मुद्रा विनिमय गृहहरुलाई तारो बनाइरहेको आरोप लगाइएको थियो । गएको फेब्रुअरीमा अमेरिकी न्याय मन्त्रालयले विश्वभरका बैंक र कम्पनीहरुबाट १ अर्ब ३० करोड डलरभन्दा धेरै रकम चोर्ने षडयन्त्र गरेको भन्दै तीन उत्तर कोरियालीमाथि अभियोग चलाएको थियो । अमेरिका र उसको विदेशी साझेदारहरुको नेतृत्वमा लामो समयदेखि लगाइएको आर्थिक प्रतिबन्धका कारण उत्तर कोरिया विश्वको वित्तीय प्रणालीबाट एक्लिएको छ । यसका कारण उसले हातहतियार कार्यक्रम, आणविक प्रसार र अन्य अस्थीर गतिविधिका लागि आवश्यक रकमको जोहो गर्न क्रिप्टोकरेन्सी चोर्न डिजिटल क्षेत्रलाई निशाना साँधेको ब्लकचेन बौद्धिकता कम्पनी टीआरएम ल्याब्स्का विश्लेषक निक कार्लसेन भन्छन् ।  क्रिप्टोकरेन्सीको भाउमा भइरहेको वृद्धिले उत्तरकोरियाको साइबर चोरीलाई लाभ पनि भइरहेको छ । क्रिप्टोकरेन्सीहरुको भाउमा भएको वृद्धिका कारण साइबर अपराधीका नजरमा यी मुद्रा झनै लोभ लाग्दो बनेको छ । फलतः गत वर्ष क्रिप्टो चोरीमा उच्च वृद्धि देखियो । चेनालिसिसका अनुसार गत वर्ष भएका अधिकांश चोरी लाजारस गु्रपबाट भएको छ । हयाकरहरुको यो समूह उत्तर कोरियासँग सम्बद्ध पाइएको छ  । यो समूहले सोनी पिक्चर्समा साइबर हमला गर्ने लगायत कयौं चोरी गरेको थियो ।  यो समूहमाथि पनि अमेरिकाले प्रतिबन्ध लगाएको छ । उत्तर कोरियामाथि लामो समयदेखि आर्थिक प्रतिबन्ध लगाइएको भएपनि यसले सञ्चालन गर्ने साइबर चोरीहरु रोक्न अमेरिका र अन्य देशहरुले व्यवहारिक रुपमा गर्न सक्ने खासै केही छैन । क्रिप्टोकरेन्सीको लोकप्रियता पछिल्लो समय चुलिँदै गइरहेको छ । क्रिप्टो बजार अहिले तरुण अवस्थामै रहेको र यसले साइबर प्रतिरक्षा अनि सम्पत्ति शुद्धिकरण नियन्त्रणका उपायहरुको विकास गरिरहेकोले भविष्यमा उत्तर कोरियाले क्रिप्टोकरेन्स चोरीलाई निरन्तरता दिएको देखिने दाबी कार्लसेनले गरेका छन् । (एजेन्सीको सहयोगमा)

सम्बन्धित सामग्री

उत्तर कोरियाली नेता किमद्वारा आणविक आक्रमणको चेतावनी

उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको सम्भावित सैन्य द्वन्द्वमा आफ्नो आणविक हतियार प्रयोग गर्न तयार रहेको चेतावनी दिएका छन् । उनले कोरियाली प्रायद्वीपलाई युद्धको सँघारसम्म पु¥याइरहेका भन्दै दक्षिण कोरिया र अमेरिकाविरुद्ध आक्रामक अभिब्यक्ति दिएको उत्तर कोरियाको राज्य सञ्चालित एक सञ्चारमाध्यममार्फत बिहीबार सार्वजनिक भएको हो । सन् १९५०–५३ को कोरियाली …

उत्तर कोरियाली ह्याकरले एकैपटकमा ६२ करोड डलर चोरी गरेको खुलासा

काठमाडौं– उत्तर कोरियाली ह्याकहरुले एकैपटकमा ६२ करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरेको खुलासा भएको छ । अमेरिकाको संघीय जाँचबुझ निकाय एफबीआईले उत्तर कोरियाली ह्याकहरुका समूहले एक भिडियो गेम कम्पनीबाट एकैपटकमा ६२ करोड डलर चोरी गरेको खुलासा गरेको हो । अमेरिकी टेलिभिजन च्यानल सीएनएनका अनुसार उत्तर कोरियाली ह्याकिङ समूह लजारस ग्रुप र एपीटी ३८ ले मार्च […]

दक्षिण कोरियाली जलक्षेत्रमा उत्तर कोरियाली पानीजहाजमाथि गोली प्रहार

काठमाडौं- दक्षिण कोरियाली तटरक्षकहरुले उत्तर कोरियाली पानीजहाजमाथि गोली चलाएका छन् । मुलुकको विवादास्पद पश्चिमी जलक्षेत्रको ‘उत्तरी निर्धारण रेखा’ पार गरेको उत्तर कोरियाली पानीजहाजमा गोली प्रहार गरेको समाचार संस्था एपीले जनाएको छ । दक्षिण कोरियाको रक्षामन्त्रालयले जनाएअनुसार उक्त उत्तर कोरियाली पानीजहाज जलक्षेत्रमा गस्ती गर्ने क्रममा उत्तर दक्षिण कोरियाली सीमाक्षेत्रमा प्रवेश गरेको थियो । लगत्तै नजिकै रहेका […]

शीतकालिन ओलम्पिक्स चीनको लागि महान जीत रहेको उत्तर कोरियाली नेता किमको दाबी

एजेन्सी, २१ माघ। उत्तर कोरियाली नेता किम जोङ उनले शीतकालिन ओलम्पिक्स चीनको लागि महान जीत हुने दाबी गरेका छन्। शीतकालिन बेइजिङ ओलम्पिक खेलकुदको अवसरमा चिनिया राष्ट्रपति सि जिङपिङलाई बधाई तथा शुभकानमा सन्देश दिँदै किमले यस्तो बताएका हुन्। उत्तर कोरियाली नेता किमले आफूले दुई देशबीचको सम्बन्ध सुदृढ गर्न चाहेको समेत बताएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले […]

एक वर्षमा उत्तर कोरियाली ह्याकरले चोरे ४७ अर्ब रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी

उत्तर कोरियाली ह्याकरहरुले सन् २०२१ मा ४७ अर्ब नेपाली रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी चोरेका छन् । गत वर्ष उत्तर कोरियाली ह्याकरहरुले क्रिप्टोकरेन्सी चोर्न कम्तीमा पनि सात ओटा आक्रमण गरेका थिए र डिजिटल एसेटबाट ४७ अर्ब रुपैयाँ (४०० मिलियन डलर) चोरेका थिए । सन् २०२० को तुलनामा ह्याकबाट हुने फाइदा ४० प्रतिशतले वृद्धि भएको छ । यूनाइटेड नेशनको विज्ञहरुको प्यानेलले उत्तर...

उत्तर कोरियाली ह्याकरले चोरी गरे ४० करोड डलरको क्रिप्टोकरेन्सी

उत्तर कोरियाली ह्याकरहरुले गतवर्ष सन् २०२१ मा झण्डै ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको एक अध्ययनले देखाएको छ । सन् २०२१ मा डिजिटल क्रिप्टोकरेन्सी प्लाटफर्महरुमा भएका कम्तीमा ७ वटा मूख्य साइबर हमलाका क्रममा यतिधेरै क्रिप्टोकरेन्सी उत्तर कोरियाली ह्याकरहरुले हात पारेका हुन् । ब्लकचेन विश्लेषण कम्पनी चेनालाइसिसले सार्वजनिक गरेको रिपोर्ट अनुसार उत्तर कोरियाली साइबर अपराधीका […]

'अजेय' सैन्य शक्ति निर्माण गर्ने उत्तर कोरियाली नेता किमको घोषणा

उत्तर कोरियाली नेता किम जोङ उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक 'अजेय' सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन्।  सोमबार 'रक्षा विकास प्रदर्शनी-आत्मरक्षा २०२१'लाई  सम्बोधन गर्दै उक्त सेना निर्माणका...

उत्तर कोरियाली नेता किमद्वारा अमेरिकालाई सत्रुतापूर्ण नीतिको अन्त्य गर्न आग्रह

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकालाई आफ्नो देशप्रतिको सत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्ने बताएका छन्। उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले शनिबार सो समाचार दिएको छ । उक्त समाचार समितिका अनुसार उत्तर कोरियाली नेताले अमेरिकालाई आफ्ना देशका विरुद्ध अमेरिकाले पहिलेदेखि नै शत्रुतापूर्ण नीति लिएकोले त्यसको अन्त्यका लागि नेता अनले बताएका हुन् । उत्तर कोरियाली सत्तारुढ पार्टीको आठौं काँग्रेस बैठकमा नेता अनले सो कुरामा जोड दिएको शनिबार सो समाचार समितिलाई उद्धृत गर्दै विभिन्न अन्तर्