गण्डकीको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला जोड्ने सडकमा मोटरेबल पुल निर्माण भएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा एक सय २० मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । तत्कालीन जिल्ला विकास समिति मुस्ताङले ठेक्का लगाएको पुल निर्माणकार्य सुरु भएको सात वर्षपछि सकिएको हो । पूर्वाधार विकास कार्यालय मुस्ताङका अनुसार एक्लेभट्टी–पाक्लिङ सडक पुल निर्माणका लागि विसं २०७२ असार ३१ गते एलाइट शङ्करमाली जेभीसँग रु १२ करोड १३ लाख ८५ हजार