नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको चाहनाअनुसार संविधान संशाेधन गर्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन् । दोस्रोपटक प्रधानमन्त्री हुँदा दुई पटक संसद् सचिवालयमा संविधान संशोधन र परिमार्जनका लागि प्रस्ताव दर्ता गरेको तर ओलीका कारण छलफलै नभएको आरोप लगाए । ‘तपाईंहरूलाई थाहा छ या छैन, मैले दोस्रो चोटी प्रधानमन्त्रीको भूमिका निर्वाह गर्दैगर्दा दुईपटक संविधान संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्