जगदम्बा स्टिलमा तोडफोड गर्नेलाई कानूनी कारबाही गर्न सुझाव

असोज २, काठमाडौं । बारामा रहेको जगदम्बा स्टिल्स प्रालिमा भदौ ११ गते एमोनिया ग्यास प्लान्टको पाइपलाइनबाट ग्यास चुहिएर बाहिर फैलिंदा स्थानीयवासी तोडफोडमा उत्रिएको पाइएको छ ।             गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रिस्तरीय निर्णयबाट गठन गरिएको छानबिन समितिले उद्योग परिसरबाहिर ग्यास फैलिएपश्चात स्थानीय बासिन्दा आक्रोशित भई उद्योगभित्र प्रवेश गरी तोडफोड गरेको देखिएको उक्त प्रतिवेदनमा उल्लेख छ ।            समितिले उक्त प्रतिवेदन शुक्रवार गृहमन्त्री खाँणलाई बुझाएको छ । भदौ २१ मा मन्त्रालयका सहसचिव टेकराज निरौलाको संयोजकत्वको नौ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा शुक्रवार जारी विज्ञप्तिमा ग्यास चुहावटको सूचना प्राप्त भई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले तोडफोड नियन्त्रणको प्रयास गर्दा गर्दै पनि उद्योगमा स्थानीयवासीको भीडले तोडफोड गरेको प्रतिवेदनमा उल्लेख रहेको बताइएको छ ।             छानबिन समितिले सरकारको तर्फबाट तोडफोडमा संलग्नको पहिचान गरी कानूनबमोजिम कारवाही गर्न र औद्योगिक सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सुझाव दिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समितिले उद्योग सञ्चालन गर्दा औद्योगिक सुरक्षा मापदण्डको पालना गर्न, उद्योगबाट सृजना हुने प्रदूषण नियन्त्रण गर्न र उद्योगमा कामदार तथा कर्मचारी भर्ना गर्दा योग्यता पुगेका स्थानीयवासीलाई प्राथमिकता दिन पनि सुझाव दिएको छ ।             प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले प्राप्त सुझावका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयन गर्न मन्त्रालयको तर्फबाट पहल गरिने जानकारी दिएका छन् । रासस यो पनि हेर्नुस् : जगदम्बा स्टीलमा भएको तोडफोड प्रकरणको छानविन गर्न उद्योग वाणिज्य संघको माग

सम्बन्धित सामग्री

धर्मका नाममा सामाजिक सद्भावमा खलल पुर्‍याउनेलाई कारबाही गर्न माग

जनकपुरधाम – धर्मको नाममा केही व्यक्तिले वर्षौँदेखिको सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यस्तालाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गरिएको छ। आइतबार सामाजिक तथा धार्मिक सद्भावका लागि जिल्ला प्रशासन कार्यालय धनुषामा भएको बृहत् सद्भाव बैठकमा सहभागीहरुले धर्मको नाममा सद्भाव बिगार्नेलाई कारबाही गर्न सुझाव दिएका छन्। सानो घटनालाई सामाजिक सञ्जालमा राखेर ठूलो बनाउन खोज्नेको पहिचान गरेर कारबाही […]

अनुगमन समितिले दिएकाे सुझाव नमान्ने धादिङका तीन होटललाई जरिबाना

धादिङ - जिल्ला अनुगमन समिति धादिङले पृथ्वीराजमार्ग क्षेत्रका तीन होटललाई जरिबाना तिराएकाे छ । अनुगमनका समयमा दिएकाे सुझाव नमानेकाे भन्दै समितिले कारबाही स्वरुप जरिबाना तिराएकाे हाे ।  गल्छी गाउँपालिका वडा नम्बर ७ भल्टारमा रहेको जुनतारा रेष्टुरेन्टलाई १५ हजार, होटल लुम्बिनीलाई १५ हजार र जाल्पा रिसोर्ट  एन्ड स्टाफ भोजनालयलाई २० हजार रुपैयाँ जरिबाना तिराइएकाे जिल्ला अनुगमन समितिका संयोजक राजन घिमिरेले जानकारी दिनुभयो । बजार अनुगमन टोलीले पटक पटक दिएको  सुझाव र निर्देशन पालना नगर...

निर्वाचनमा पार्टी निर्णय विपरीत जानेलाई कारबाही हुन्छ : शेखर काेइराला

विराटनगर- स्थानीय तह निर्वाचनमा पार्टी निर्णय विपरीत जानेलाई कारबाही हुने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिकामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्ताे बताएका हुन्। उनले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गर्दै अघि बढ्न कार्यकतालाई सुझाव दिए। पार्टीभित्र आन्तरिक रूपमा आफ्नो विचार एकप्रकारको भए पनि पार्टीको निर्णयलाई […]

गण्डकी आमसञ्चार विधेयक : प्रेस रजिष्ट्रारमाथि कर्मचारी हाबी

२९ भदौ, पोखरा । नेकपा एमालेका गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आमसञ्चार माध्यमको नियमन गर्न प्रेस रजिस्ट्रार स्वतन्त्र हुनुपर्ने बताएका छन् । सचिवले कारबाही गर्ने दफा परिवर्तन गर्नुपर्ने उनको सुझाव छ । ‘सचिवले कारबाही गर्ने हो भने प्रेस रजिष्ट्रार किन चाहियो ?’ प्रदेशसभामा विधेयकमाथिको छलफलमा बोल्दै सांसद दवाडीले प्रश्न गरे । प्रेस रजिष्ट्रारलाई नै जिम्मेवारी […]

मन्त्रीमाथि बलात्कार आरोप: पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्नू

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको बलात्कार आरोपसम्बन्धी समाचार लेखेकै कारण धम्की दिने स्वकीय सचिव प्रेम बुढा र प्रेस सल्लाहकार नन्दकेश अधिकारीलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले सरोकारवालाहरूलाई सुझाव दिएको छ।...

भ्रष्टहरुलाई कारबाही गर्न प्रधानमन्त्रीलाई भेटेरै सुझाव दिएको छु : धनराज गुरुङ

काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता धनराज गुरुङले भ्रष्टाचारका ठूला काण्डहरुको छानबिन गरी भ्रष्टहरुलाई कारबाही गर्नको लागि आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । भ्रष्टाचारका ठुला काण्डहरुको छानबिन गरि भ्रष्टहरुलाई कारबाही गर्न प्र.म.लाई भेटेरै सुझाव दिएको छु। त्यही कुरा सार्वजनिक रुपमा लेखेर […]