विश्व अर्थतन्त्र ६ % ले बढ्ने आईएमएफको अनुमान

साउन १३, न्यूयोर्क (अमेरिका) । यस वर्ष विश्व अर्थतन्त्र ६ प्रतिशतले बढ्ने अनुमान अन्तरराष्ट्रिय मुद्रा कोषले गरेको छ । कोरोनाभाइरसको महामारीका कारण उत्पन्न आर्थिक मन्दीबाट विश्वको धनी देशहरु विशेषगरी अमेरिकामाथि आउन थालेसँगै विश्वको आर्थिक परिदृश्य सुध्रिएको कोषले बताएको हो । कोरोनाभाइरसको संक्रमण विरोधी खोप लगाउन संघर्षरत गरिब देशहरुको वृद्धि प्रक्षेपण भने कोषले कटौती गरेको छ ।  समग्रमा विश्व अर्थतन्त्र यस वर्ष ६ प्रतिशतले बढ्ने बताइएको छ । यो अप्रिलमा गरिएको प्रक्षेपणकै यथावत् हो । गतवर्ष भने महामारीका कारण विश्व अर्थतन्त्र ३ दशमलव २ प्रतिशतले खुम्चिएको थियो । प्रक्षेपण साकार भएमा यो विश्व अर्थतन्त्रमा सन् १९८० यताकै उच्च वृद्धि हुने छ ।  यद्यपि खोप कार्यक्रममा देखिएको असमानताका कारण आर्थिक वृद्धिदरमा विषमता देखिएको छ । विकसित अर्थतन्त्र यस र्वा ५ दशमलव ६ प्रतिशतले बढ्ने अनुमान छ । अप्रिलमा गरिएको प्रक्षेपणमा यो दर ५ दशमलव १ प्रतिशत रहने बताइएको थियो । उदीयमान बजार र विकाशिल अर्थतन्त्रको वृद्धि प्रक्षेपण यस अघिको तुलनामा शून्य दशमलव ४ प्रतिशतले घटाएर ६ दशमलव ३ प्रतिशतमा झारिएको छ । धनी र गरिब देशहरु बीच खोपमा देखिएको असमानता पुर्न धेरै गर्न जरुरी रहेको कोषकी प्रमुख अर्थशास्त्री गिता गोपिनाथले बताइन् ।  महामारी विश्वभरबाटै पराजित नभएसम्म पुनःबहाली सुनिश्चित नहुने उनको भनाइ छ । गरिब देशहरुलाई खोपको १ अर्ब मात्रा उपलब्ध गराउने वाचा तत्कालै पूरा गर्न पनि उनले धनी देशहरुलाई अनुरोध गरेकी छिन् । यस वर्ष अमेरिकी अर्थतन्त्र ७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यो दर अप्रिलमा गरिएको प्रक्षेपणको तुलनामा शून्यदशमलव ६ प्रतिशत बढी हो ।  सन् २०२१ मा यूरोजोन ४ दशमलव ६ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । जापानी अर्थतन्त्रमा २ दशमलव ८ प्रतिशतको वृद्धि आउने अनुमान छ । चीनको अर्थतत्र ८ दशमलव  ज्ञप्रतिशत र भारतीय अर्थतन्त्र साढे ९ प्रतिशतले बढ्ने कोषको प्रक्षेपण छ । एजेन्सी  

सम्बन्धित सामग्री

सन् २०३० मा भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

नयाँ दिल्ली- भारत सन् २०३० मा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण सार्वजनिक भएको छ । एसएण्डपी ग्लोबल रेटिङले जारी गरेको प्रतिवेदनमा हाल पाचौँ ठूलो अर्थतन्त्र रहेको भारत सन् २०३० मा तेस्रो ठूलो बन्ने उल्लेख छ । उक्त प्रतिवेदनमा यस वर्ष भारतको अर्थतन्त्र ६ दशमलब ४ प्रतिशतले बढ्ने र सन् २०२७ बाट यो बढेर ७ […]

घरजग्गा कारोबार र सुस्त अर्थतन्त्र

भनिन्छ, संसारमै अर्थतन्त्रको गति र घरजग्गा कारोबार सँगसँगै हिँड्ने गर्छन् । अर्थतन्त्रमा सुस्तता आउँदा घरजग्गा कारोबारमा पनि मन्दी आउँछ भने अर्थतन्त्र फराकिलो बन्दा घरजग्गा कारोबार पनि बढ्ने गर्छ । दुवैको सम्बन्ध एक किसिमले नङ र मासुको जस्तै रहन्छ । नेपालको सन्दर्भमा पनि यस्तै उदाहरण देखिएको छ । अर्थतन्त्र सुस्त हुँदा वा मन्दी आउँदा घरजग्गा कारोबार […]

अर्थतन्त्र संकट उन्मुख महँगी अझै बढ्ने

काठमाडौं, मंसिर १७ । अर्थतन्त्रको आन्तरिक पक्षमा सन्तुलन बिग्रिएको भन्दै निजी क्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरिरहेका बेला एक सरकारी अध्ययनले पनि अर्थतन्त्र थप जटिलतातिर उन्मुख भएको देखाएको छ । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार अर्थतन्त्र जटिलतातिर उन्मुख भएकाले मूल्यवृद्धि अझै बढ्ने देखिएको छ । बजारमा महँगी बढ्दा त्यसको असर समग्र अर्थतन्त्रमा पर्छ । चालु आर्थिक वर्ष […]

अर्थतन्त्र संकट उन्मुख महँगी अझै बढ्ने

काठमाडौं । अर्थतन्त्रको आन्तरिक पक्षमा सन्तुलन बिग्रिएको भन्दै निजी क्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरिरहेका बेला एक सरकारी अध्ययनले पनि अर्थतन्त्र थप जटिलतातिर उन्मुख भएको देखाएको छ । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार अर्थतन्त्र जटिलतातिर उन्मुख भएकाले मूल्यवृद्धि अझै बढ्ने देखिएको छ । बजारमा महँगी बढ्दा त्यसको असर समग्र अर्थतन्त्रमा पर्छ । चालु आर्थिक वर्ष २०७९/८० मा […]

अर्थतन्त्र थप जटिलतातिर उन्मुख : राष्ट्र बैंक

अर्थतन्त्रको आन्तरिक पक्षमा सन्तुलन बिग्रिएको भन्दै निजी क्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरिरहेका बेला एक सरकारी अध्ययनले पनि अर्थतन्त्र थप जटिलतातिर उन्मुख भएको देखाएको छ । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार अर्थतन्त्र लतातिर उन्मुख भएकाले मूल्यवृद्धि अझै बढ्ने देखिएको छ । बजारमा महँगी बढ्दा त्यसको असर समग्र अर्थतन्त्रमा पर्छ ।चालु आर्थिक वर्ष २०७९/८० मा मूल्यवृद्धि करिब ७ प्रतिशतभन्दा तल राख्ने सरकारको लक्ष्य छ । बोर्डर लाइन क्रस गरिसकेको अवस्थामा मुद्रास्फीति अझै बढेर जाने देखिएको छ ।

अर्थतन्त्र विस्तार, मुद्रास्फीति बढ्ने

विश्व बैंकले रुस–युक्रेन युद्ध र आन्तरिक कारणले चालू आर्थिक वर्षमा मुद्रास्फीति ६.३ प्रतिशत पुग्ने अनुमान गरेको छ । तर, अर्थिक वृद्धि भने ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै विश्व बैंकले गत आर्थिक वर्षमा ३.६ प्रतिशतमा खुम्चिएको मुद्रास्फीति यसपटक बढ्ने अनुमान गरेको हो । तर, बढ्दो मुद्रास्फीतिले क्रय शक्ति घटाउने तथा […]

अर्थतन्त्र बढ्ने आशामा ८४ % जापानी कम्पनी

पुस २१, टोकियो (जापान) । यस वर्ष जापानी अर्थतन्त्रको आकार बढ्नेमा अधिकांश ठूला ठूला कम्पनीहरु आशावादी पाइएका छन् ।  कोरोना भाइरसको महामारी घट्ने अनि निजी खपतमा हुने वृद्धिले आर्थिक वृद्धिदरलाई टेवा दिनेमा ८४ प्रतिशत कम्पनीहरु आशावादी छन् । क्योदो न्यूजले हालै गरेको सर्वेक्षणले यस्तो देखाएको छ ।  महामारीबारे जापानी जनताहरुमा सतर्कता कायम रहेकोतर्फ औंल्याउँदै  सहभागीमध्ये १३ प्रतिशतले अर्थतन्त्र झिनो दरमा बढ्ने बताएका छन् ।  सर्वेक्षणमा सहभागी भएको मध्ये ८४ ओटा कम्पनीले यस वर्ष अर्थतन्त्र मध्यम दरमा बढ्ने बताएका छन् । अर्थतन्त्र तीव्र दरमा बढ्ने आशा व्यक्त गर्ने कम्पनीको संख्या ५ छ । सहभागी मध्ये कसैले पनि अर्थतन्त्रमा संकुचन आउने बताएका छैनन् ।  सर्वेक्षणमा सहभागीहरुसँग बहुउत्तर मागिएको थियो । यस क्रममा सहभागी मध्ये ९१ प्रतिशतले उपभोक्ता खर्चमा भएको वृद्धिलाई वृद्धिको कारक बताएका छन् ।  ४ प्रतिशतले महामारीले गर्दा उत्पन्न असामान्य अवस्था सामान्य बन्दै जाने र आर्थिक वृद्धिदरले टेवा पाउने अभिव्यक्ति दिएका छन् । पूँजीगत खर्च बढ्दा आर्थिक वृद्धिदरले टेवा पाउने आशा व्यक्त गर्नेको संख्या ३५ प्रतिशत छ । १९ प्रतिशतले भने जापानको मुख्य व्यापार साझेदार अमेरिकाको अर्थतन्त्रमा आएको पुनःबहालीलाई औंल्याएका छन् । समग्रमा अर्थतन्त्रको आकार बढ्छ भनेर प्रक्षेपण गर्ने कम्पनीको समग्र प्रतिशत ७४ प्रतिशत छ ।  आर्थिक वृद्धिदर स्थिर रहने बताउने १३ कम्पनीहरुले यसको मुख्य कारणमा सामाग्रीको बढ्दो लागत, उपभोक्ता खर्चमा भइरहेको सुस्त वृद्धि र कोभिड–१९ को संक्रमण बल्झिनु आदि बताएका छन् । सर्वेक्षणमा टोयोटा मोटर कर्पोरेशन र सफ्ट बैंक कर्पोरेशन, आना होल्डिङ्स, सेभेन एन्ड आई होल्डिङ्स र पानासोनिक कर्पोरेशनलगायत देशका १०६ओटा ठूला कम्पनीहरु समाविष्ट थिए । एजेन्सी

विस्तार हुँदै अर्थतन्त्र

अर्थतन्त्र विस्तार हुँदै गर्दा नेपाली अर्थतन्त्रको संरचनामा पनि परिवर्तन हुँदै आइरहेको देखिन्छ । खासगरी कुल गार्हस्थ्य उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान घट्दै गइरहेको छ भने सेवा क्षेत्रको योगदान क्रमशः बढ्ने प्रवृत्ति देखिएको छ । क्षेत्रफलका हिसाबले सानो मुलुक भए पनि नेपालको अर्थतन्त्र क्रमशः विस्तार हुँदै गएको छ । भौगोलिक जटिलता र व्यापारका लागि दुई […]

विश्वको अर्थतन्त्र ६ प्रतिशतले बढ्ने

काठमाडौं, (नेस) अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्वको आर्थिक वृद्धिको प्रक्षेपण बढाएको छ । सन् २०२१ मा विश्वको अर्थतन्त्र ६ प्रतिशतले बढ्ने कोषको अनुमान छ । जनवरीमा गरिएको प्रक्षेपणमा भने यो दर साढे ५ प्रतिशत रहने बताइएको थियो । सन् २०२२ मा भने विश्व अर्थतन्त्र ४ दशमलव ४ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।अमेरिको यसवर्ष आर्थिक […]