'न्यायाधीशदेखि अदालतका कर्मचारी, परिवारका सदस्य, सरकारी र निजी वकिलसमेत बिचौलिया'

'अदालतमा प्रवेशदेखि नै कडाइ गर्नुपर्ने, बिचौलियाका रूपमा संलग्नहरूको नाम संकलन गर्नुपर्ने र तिनको कारबाहीका लागि न्याय परिषद, अख्तियार, संसद, बार काउन्सिल लगायत निकायलाई सुझाव दिइएको छ। बिचौलिया रोक्न न्यायाधीशको सामूहिक आवास बनाउने पनि प्रतिवेदनमा सुझाव दिएका छौं।'

सम्बन्धित सामग्री

न्यायपालिकाको मर्यादा

उठान गरिएको छ– स्वतन्त्र न्यायपालिका र उत्तरदायित्वको विषय। अदालत, न्यायाधीश, अदालतका कर्मचारी, कानुन व्यवसायी, सरकारी वकिलसँग सम्बन्धित र न्यायका उपभोक्ताले न्याय नपाएको विषयमा जब समाचार बन्छ, प्रश्न खडा हुन्छ, तब विधिशास्त्रका विद्यार्र्थीको शरीरमा काँडा बिझ्छ, त्यो काँडा यति गहिरो बिझ्छ कि, काँडाबाहिर निस्के पनि दशकौँसम्म घाउ निको हुन लाग्छ।