राष्ट्रपतिद्वारा दुई न्यायाधीश नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्त गरेकी छन्। मुख्य न्यायाधीशहरू झापाका कुमार चुँडाल र म्याग्दीका नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। फागुन २८ गते बसेको न्यायपरिषद् बैठकले दुवैजनालाई सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। संसदीय सुनुवाइबाट दुवैजनाको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको थियो।

सम्बन्धित सामग्री

न्यायाधीश नियुक्ति अन्योलमा

प्रारम्भयतिखेर न्यायाधीश नियुक्तिको समाचारले बजार तातेको छ । सबै तहका अदालतमा न्यायाधीश पदपूर्ति गर्नुपर्ने अवस्था छ । जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतमा क्रमशः ३५, ४२ र ७ न्यायाधीश रिक्त रहेको अवस्था सम्प्रेषण भइरहेको छ । तर, यही प्रयोजनमा बसेको न्याय परिषद्को बैठकले केही निर्णय गर्न सकेको छैन । न्यायाधीश पूर्ति नहँुदा न्याय सम्पादन […] The post न्यायाधीश नियुक्ति अन्योलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्वोच्चमा तीन न्यायाधीश सिफारिस

न्यायपरिषद् बैठकले सर्वोच्चमा रिक्त रहेका दुई र रिक्त हुँदै गरेको एक न्यायाधीश पदका लागि तीनजनालाई सिफारिस गरेको हो।...

न्यायाधीश नियुक्तिमा नयाँ मापदण्ड

काठमाडौं, असार २४। न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले नयाँ मापदण्ड तयार गरेको छ । मापदण्डअनुसार अब न्यायाधीश नियुक्तिमा पूर्वन्यायाधीश, परिषद्का सदस्यका आफन्त र राजनीतिक कोटालाई निषेध गरिने उल्लेख छ । सर्वोच्च अदालतको गत जेठ अन्तिम साता बसेको फुलकोर्ट बैठकको सुझावलाई समेत समेटेर न्यायाधीश नियुक्तिमा नयाँ मापदण्ड आएको हो । न्यायाधीश नियुक्तिको योग्यता अब राजनीतिक आस्था र […]

न्यायाधीश नियुक्तिमा नयाँ मापदण्ड

काठमाडौं । न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले नयाँ मापदण्ड तयार गरेको छ । मापदण्डअनुसार अब न्यायाधीश नियुक्तिमा पूर्वन्यायाधीश, परिषद्का सदस्यका आफन्त र राजनीतिक कोटालाई निषेध गरिने उल्लेख छ । सर्वोच्च अदालतको गत जेठ अन्तिम साता बसेको फुलकोर्ट बैठकको सुझावलाई समेत समेटेर न्यायाधीश नियुक्तिमा नयाँ मापदण्ड आएको हो । न्यायाधीश नियुक्तिको योग्यता अब राजनीतिक आस्था र आफन्तलाई […] The post न्यायाधीश नियुक्तिमा नयाँ मापदण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

न्यायाधीश नियुक्तिमा मापदण्ड तयार हुँदै

न्यायाधीश नियुक्तिका लागि मापदण्डको मस्यौदा तयार गरेर सोमाथि सर्वोच्चको फुलकोर्ट बैठकमा छलफल भएको छ । मापदण्ड बनाएर न्यायाधीश नियुक्ति गर्दा राजनीतिक दलनिकटका कानुन व्यवसायी, मन्त्रीका आफन्त र प्रधानन्यायाधीशसँग निकटलाई न्यायाधीश बनाउने गरी गृहकार्य भइरहेको स्रोतले बतायो ।न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव पर्न नदिन भन्दै मापदण्ड बनाउने विषयमा फुलकोर्ट बैठकले एउटा निष्कर्ष निकाल्दै छ । तर, सो मापदण्ड कार्यान्वयन हुनेमा आशंका देखिएको छ । सर्वोच्च अदालत अभिलेख अदालत भएकाले यहाँ नियुक्ति गर्दा चर

मुख्य रजिष्टारलाई उच्च अदालत र तिलप्रसादलाई सर्वोच्चको न्यायाधीश नियुक्त

काठमाडौँ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् । कायममुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीले न्यायपरिषद बैठकबाट श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश बनाएका हुन् । यस्तै कार्कीले सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीश बनाएर बाहिर पठाएका छन् । यसअघि मुख्य रजिष्टार उच्च अदालतको मुख्य न्यायाधीश हुने गरेकोमा […]

पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश

पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश नियुक्त हुनुभएको छ । लाहोर उच्च अदालतकी न्यायाधीश आयशा मलिकले आउँदो सोमवार पाकिस्तानी सर्वोच्च अदालतको न्यायाधीश पदको शपथ लिने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति आरिफ अल्वीले हिजो न्यायाधीश मलिकको बढुवा र सर्वोच्च अदालतमा नियुक्तिको अनुमोदन गर्नुभएको हो । पाकिस्तानको न्यायिक आयोगले जनवरी महिनाको सुरुमा उहाँको नाम सिफारिस गरेको थियो । उहाँको कार्यकाल सन् २०३१ सम्म रहनेछ । वरिष्ठताका आधारमा उहाँ सन् २०३० मै प्रधानन्यायधीश बन्नुहुनेछ । कट्टर मुस्लिम देश भ...

प्रधान न्यायाधीश र न्यायाधीश बिचको टकराबले आज पनि इजलास प्रभावित

काठमाडौं : प्रधान न्यायाधीश र न्यायाधीश बिच देखिएको टकराबका कारण आज दोस्रो दिन पनि सर्वोच्च अदालतको इजलास प्रभावित बनेको छ। आज प्रधान न्यायाधीशले ८ वटा इजलास तोकेका छन्। १५ जना सर्वोच्च अदालतका न्यायाधीशलाई प्रधान न्यायाधीश जबराले इजलास निर्धारण गरेको भए पनि २ बजेसम्म कुनै पनि इजलासमा सुनवाइ भएको छैन। सोमवार पनि प्रधान न्यायाधीश…

न्यायाधीश थप्न माग

संवैधानिक इजलासमा न्यायाधीश थप हुनुपर्ने विषयमा कानुन व्यवसायी र न्यायाधीश एकमत देखिएका छन् । मंगलबार बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलासमा न्यायाधीश थप गर्ने विषयमा आफूलाई पनि लागेको बताएका हुन् । वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक इजलासमा न्यायाधीश थप हुनुपर्ने विषयमा यसअघि कुरा उठेको स्मरण गराएका थिए। जवाफमा प्रधानन्यायाधीश राणाले हामीलाई पनि थप गर्नुपर्ने विषयमा महसुस भएको भन्दै तर पूर्वाधार नभएको अवस्थामा थप गर्न नसकिने बताए । यस्तो अवस्थामा पाँच जना भइरहेकोमा ९ वा ११ कसरी राख्न ...