पल शाह प्रकरणमा अदालतमा ११७ प्रमाण तथा कागजात पेश

१६ वर्षीया नाबालिग बलात्कार प्रकरणमा मुछिएका अभिनेता पल शाह विरुद्ध जिल्ला अदालत तनहुँमा ११७ वटा प्रमाण तथा कागजात पेश गरिएको छ।  सरकारी वकिलको तर्फबाट अदालतमा दायर भएको अभियोग पत्रमा प्रमाणको रुपमा ११७ वटा काजगपत्र पेश गरिएको हो । शाहविरुद्ध सबै अनुसन्धान सकेर चैत ८ गते अदालतमा मुद्दा गरिएको थियो । मुद्दामा उनीमाथि १४ वर्षको जेल सजाय मागदाबी भएको छ। प्रमाणमा पीडितको स्वास्थ्य परीक्षणको रिपोर्ट, पीडितले घटनाका सम्बन्धमा  दिएको विवरणको अडियो भिडियो, पलसँगको कल रेकर्ड लगायत समावेश ग

सम्बन्धित सामग्री

पल शाह प्रकरण : नाबालिकाका बाबुले पनि बयान फेरेपछि…

काठमाडौं, ७ बैशाख । जबरजस्ती करणी मुद्दामा अभिनेता पल शाह अहिले पुर्पक्षको लागि थुनामा छन् । उनलाई गत चैत्र १० गते तनहुँ जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो । शाहविरुद्ध जाहेरी दिएकी नाबाकिका गायिकाले केही दिन अघि बयान फेरेकी थिइन् । र, हिजो उनका बुवाले पनि बयान फेरेका छन् । मंगलबार जिल्ला […]

पल शाह प्रकरण: पीडितले किन फेरिन् बयान ?

काठमाडौं । अभिनेता पल शाह (पूर्णविक्रम शाह) जोडिएको बलात्कार घटनाले नयाँ मोड लिएको छ । पीडित भनिएकी नाबालिगले अदालतमा बकपत्रमा बयान दिँदा आफूलाई पल शाहले बलात्कार नगरेको भनी बयान दिएकी छन् । पल प्रारम्भिक सुनुवाइ सकिएर पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । पीडित नाबालिगले आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा आफूले दबाबमा आएर जोहरी […] The post पल शाह प्रकरण: पीडितले किन फेरिन् बयान ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

पल शाह प्रकरण :  ‘पीडित’ नाबालिगले बयान फेरिन्

पल शाह बिरुद्धको जबर्जस्ती करणी मुद्दामा पीडित नाबालिगले बयान फेरेकी छिन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् । नाबालिग बालिका ‘होस्टाइल’ भएर बयान दिएको उनको पक्षबाट मुद्दा लडिरहेका एकजना कानुन व्यवसायीले रातोपाटीलाई बताए । पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’पीडितको पक्षबाट मुद्दा लडिरहेकी एकजना कानुन व्यवसायीले रातोपाटीसँग भने–‘पीडित होस्टाइल भएकी छिन

पल शाह प्रकरण : घरधनी दम्पतीको बयान–‘पल र बालिका सँगै बसेका थिए’

जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) तनहुँ प्रहरीको हिरासतमा छन् ।आइतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्रहरीले पल शाहसहित ५ जनाको बयान लिएको छ । १७ वर्षीया बालिकाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।फागुन ११ मा बालिकाले दिएको जाहेरीमा २०७८ वैशाख १४ मा

पल शाह प्रकरण : पक्ष र विपक्षमा प्रदर्शन नगर्न मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ ।अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ ।    “गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ”, आयोगका सहायक प्रवक्ता लो

पल शाह प्रकरण : नम्रताको चिन्ता, ‘उनी कुन हालतमा होलिन् ?’

पल शाह प्रकरणमा मौन रहँदै आएका अभिनेत्रीहरु विस्तारै खुल्न थालेका छन् । अभिनेत्री रेखा, ऋर्चा, प्रियंका कार्कीलगायत थुप्रै अभिनेत्रीले यस बिषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् ।यस्तैमा यस बिषयमा अभिनेत्री तथा मोडल नम्रता सापकोटाले पनि मुख खोलेकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै प्रकरणमा पीडित नाबालिग गायिका र उनको परिवारको विषयमा चिन्ता ब्यक्त गरेकी छन् ।उनले सामाजिक संजालमा लेखेकी छन् ‘के उनी ठिक छिन् ? उनी कुन हालतमा होलिन् । उनको परिवारलाई के बितिरहेको होला ?’उनको पीड

पल शाह प्रकरण : संयमित भइ अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयाेगले बलात्कारकाे आराेप लागेका अभिनेता पल शाह प्रकरणमा भइरहेका प्रचारबाजीप्रति ध्यानाकर्षण भएकाे जनाएकाे छ । आयाेगले आज शुक्रवार विज्ञप्ति निकालेर त्यस प्रकरणमा संयमित भइ अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गरेकाे हाे ।  ‘अभिनेता पल शाहमाथि बलात्कारको आरोपमा तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, वि...

पल शाह प्रकरण : पक्ष-विपक्षमा प्रदर्शन नगर्न मानव अधिकार आयोगको आग्रह

२० फागुन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ । अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ । त्यसैले […]

पल शाह प्रकरण : कला क्षेत्र होइन, व्यक्ति गलत

नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता पल शाह विवादको विषय बनेका छन् । एक नाबालिग गायिकामाथि करणी सम्बन्धी कसुरमा उनीविरुद्ध जाहेरी दर्ता भएसँगै उनी विवादको केन्द्रमा रहेका हुन् । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका हुन् । जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख गरिएको छ । शाहलाई पक्राउ गर्न अहिले प्रहरी परिचालन भइसकेको छ । शाह दोषी

पल शाह प्रकरण : यस्तो हुनेछ अनुसन्धान र अभियोजनको बाटो

एक नाबालिगलाई बलात्कार गरेको अभियोगमा नायक पल शाहमाथि जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएसँगै प्रहरीले यस प्रकरणको अनुसन्धान सुरु गरेको छ । विवाहको प्रलोभनमा पारी आफ्नी नाबालिग छोरीसँग यौन सम्बन्ध स्थापित गरेको भन्दै गायिकासमेत रहेकी नाबालिगको बुवाले जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दिएका थिए । जाहेरीलगत्तै प्रहरीले ती नाबालिगको स्वास्थ्य परीक्षणसमेत गराइसकेको छ । मोडल तथा नायकसमेत रहेका पल शाह भनेर चिनिने पूर्ण विक्रम शाहले आफ्नी १७