जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) तनहुँ प्रहरीको हिरासतमा छन् ।आइतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्रहरीले पल शाहसहित ५ जनाको बयान लिएको छ । १७ वर्षीया बालिकाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।फागुन ११ मा बालिकाले दिएको जाहेरीमा २०७८ वैशाख १४ मा