शान्ति पार्कलाई धार्मिक पर्यटकीय स्थल बनाइने

तनहुँ, ८ बैशाख । व्यास नगरपालिका–४ स्थित शान्ति पार्कलाई धार्मिक पर्यटकीय स्थल बनाउन प्रयास थालिएको छ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत शान्ति पार्कलाई धार्मिक पर्यटकीय स्थल बनाउन लागिएको हो । पार्कभित्र मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माण गरिएको छ । रु तीन करोड लागतमा निर्माण सम्पन्न भएको मन्दिरको चैतेदशैंको अवसर पारेर उद्घाटन गरिएको […]

सम्बन्धित सामग्री

पर्यटकीय स्थल बनाइँदै चिम्टेश्वर क्षेत्र

धार्मिक, ऐतिहासिक, पर्यटकीय र पुरातात्विक महत्वको चिम्टेश्वर क्षेत्रलाई थप विकासित गर्न तीनै तहका सरकारले अग्रसरता देखाएका छन्।...

ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घामा लाखे नाच

अर्घाखाँची – अर्घाखाँचीको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घामा लाखे नाच नाचिएको छ । ऐतिहासिक अर्घा भगवती देवीको मन्दिर अर्थात् अर्घा दरबार (परापूर्वकालमा बाइसे चौबिसे राज्यको रूपमा रहेको स्थान) मा श्री कृष्ण जन्माष्टमीको दिन सदियौँदेखि लाखे नाच नाचिने परम्परा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयाे । भगवान् शिवलाई निन्दा गर्ने दक्ष प्रजापतिलाई युद्धमा पराजित गरेको खुसियालीमा लाखे नाच्ने परम्परा रहेको स्थानीय ठाकुर गन्धर्वले बताउनुभयाे । भगवान् शिवको प्रतीकको रूपमा कालभैरव जस्तै ग...

बझाङमा धार्मिक स्थलमा स्नान गरेबापत कर तिर्नुपर्ने

बझाङ । बझाङकाे धार्मिक तथा पर्यटकीय स्थल तपोवनमा स्नान गरे बापत पालिकालाई कर तिर्नुपर्ने भएको छ । तलकोट गाउँपालिकाको हिउँदे अधिवेशन गाउँसभाको निर्णयले तपोवनमा स्नान गरे बापत कर उठाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष कलकबहादुर रोकायाले बताउनुभएकाे हाे । आगामी माघ १ गतेदेखि कार्यान्वयनमा ल्याउने गरी निर्णय गरेको उहाँले बताउनुभयाे । तपोवन तलकोट गाउँपालिका-१ मा पर्छ […]

ओझेलमा परेका उपत्यकाभित्रैका धार्मिक–पर्यटकीय स्थल

जति भ्रमण गर्यो, उति ज्ञान प्राप्त हुन्छ भन्ने वैदिक मान्यता रहेको छ । भ्रमणको अर्थ केवल समय कटाउने मेसो मात्र हैन, नयाँ अनुभवको अवसर पनि हो । यस्तै अनुभव भयो राजधानी उपत्यकाभित्रका केही धार्मिक स्थलहरुको भ्रमण गर्दा । पंक्तिकारसंगै साथीहरु इन्दिरा चालिसे, पुरु चालिसे, प्रशुभा चालिसे, प्रजिता कोइराला, नारायण जोशी, तारा जोशी, गणेश बराल, शोभा …

जुम्लाका धार्मिक तथा पर्यटकीय स्थल मन्दिर र मष्टोमा मेला सुरु

जुम्ला – जुम्लाका पर्यटकीय तथा धार्मिक महत्व बोकेका मष्टोहरूमा मेला सुरु भएकाे छ। काेराेना महामारीका कारण राेकिएका मेला यसपटक भने धुमधामसँग हुने भएकाे छ। चन्दननाथ नगरपालिका-४ का देवीप्रसाद सिम्खाडाका अनुसार जनैपूर्णिमाको अघिल्लो दिन मालिका चौद्धशीमा मालिका माईको पुजा गरी त्यही दिनदेखि सबै ठाउँका देवी देवताहरूको पुजाआजा सुरु हुने चलन छ। चन्दननाथ भैरवनाथ गुठी संस्थान जुम्लाका […]

पर्यटकको लापरवाहीले दुर्घटना स्थल बन्दै नुनथर

रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको धार्मिक पर्यटकीय स्थल नुनथर पर्यटकका लागि जोखिमपूर्ण गन्तव्य बनेको छ ।चन्द्रपुर नगरपालिका–१ मा रहेको धार्मिक पर्यटकीय स्थल नुनथर पर्यटकहरुले सावधानी नअपनाउँदा र स्थानीय प्रशासनले आवश्यक ध्यान नदिँदा जोखिमपूर्ण बनेको हो । यहाँ वर्षेनि ६/७ जना पर्यटकहरुको ज्यान गइरहेको स्थानीयको भनाइ छ । पर्यटकहरु सचेत नभइदिँदा र स्थानीय प्रशासनसले दुर्घटनाबाट बच्नका लागि […]

ओझेलमा मालिकाबोताका धार्मिक तथा पर्यटकीय स्थल

जुम्ला – हेर्दा अत्यन्तै रमणीय छ कनका सुन्दरीगाउँपालिका(२ मा रहेको मालिका बोतागाउँको नौमुले तिर्थस्थल। गाउँको शीरमा रहेको पर्यटकीय क्षेत्र प्रचारप्रसार तथा पूर्वाधार विकास अभावमा भने ओझेलमा छ। नौ वटा धारा ‘नौमुले’ नामले समेत परिचित तीर्थस्थल कनका सुन्दरीगाउँपालिका(२ मा रहेको रोथ भन्ने स्थानमा छ। पूर्व वडाध्यक्ष शेरबहादुर रावतले पछिल्लो समयमा स्थानीयस्तरमा यसको संरक्षणमा केही काम भए […]

पर्यटकीय र धार्मिक क्षेत्र : रौता र ताप्ली पोखरी

उदयपुर – उदयपुरको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल रौता र ताप्ली पोखरीमा नयाँ वर्षको दिन आज धुमधामका साथ मेला लागेको छ। प्रत्येक नयाँ वर्षका दिन आन्तरिक पर्यटनलाई प्रर्बद्धन गर्ने उद्देश्यले मेला लाग्ने गरेको हो। उदयपुरमा रहेका दुई पर्यटकिय स्थलका रुपमा परिचित रौता र ताप्ली पोखरीमा हरेक नयाँ वर्षका दिन ठूलो मेला लाग्ने गर्दछन्। पर्यटकीय तथा […]

म्याग्दीका पर्यटकीय स्थल र बजारमा बढ्यो चहलपहल

म्याग्दी : म्याग्दीका धार्मिक, पर्यटकीय स्थल र तातोपानी कुण्डहरू फेरि गुलजार हुन थालेका छन्। सदरमुकाम बेनीबजारमा पनि चहलपहल बढेको छ। पर्यटकीय स्थलमा पनि पर्यटक बढ्न थालेका छन्।कोरोना संक्रमण घट्दै गएपछि जिल्ला प्रशासन कार्यालयले धार्मिक, पर्यटकीय र सार्वजनिक स्थल फागुन १ गते खुला गरेसँगै मानिसको चहलपहल बढ्न थालेको हो। प्राकृतिक चिकित्सालय भनिने म्याग्दीको बेनी नगरपालिका-४ सिंगा तातोपानीमा डुबेर उपचार गराउन पनि बिरामी आउन थालेका छन्।कोरोना संक्रमण घटेकाले सबै धार्मिक स्थल

पर्यटकीय स्थल बन्दै तिलेश्वर नाथ

रौतहट । रौतहटको तिलेश्वर नाथ सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय स्थल बनाउने उद्देश्यले संरचनाहरू निर्माण गर्न थालिएको छ । नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भौतिक संरचना निर्माण गर्न थालिएको हो । चन्द्रपुर नगरपालिका वडा नं. ३ मा रहेको तिलेश्वर नाथ सामुदायिक वन क्षेत्रमा तिलेश्वर नाथ पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजु धामीले बताए । उनका अनुसार करीब सात करोडको लागतमा सो स्थानमा नमूना पर्यटकीय स्थल बन्नेछ । वन विभाग र वन उपभोक्ता समूहको आर्थिक सहयोगमा बाल उद्यान निर्माण भइरहेको छ । अहिले सो क्षेत्रमा बाल उद्यानसहित फूलबारी लगायतका संरचना बनाउने काम भएको छ । पार्क तथा पर्यटकीय स्थलको काम २०८९ सालसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष धामीले बताए । पौडी पोखरी, तिलेश्वर मन्दिर, वनभोज स्थल, बाटो, बगैंचा, फूलबारी, भ्यू टावर, नजिक रहेको चाँदी खोलामा झोलुङे पुलका साथै संग्रहालयको संरचना समेत निर्माण गरिने उनले बताए । चिडियाखाना बनाउने योजना पनि सो सामुदायिक वनले अघि बढाएको उनले बताए । घुम्न आउनेहरूका लागि सुविधायुक्त खाजाघर, खानेपानी, बिजुली बत्ती, सडक बनाइने उनको भनाइ छ । प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य तिलेश्वर नाथ सामुदायिक वन उपभोक्ता समितिका पदधिकारीको छ । समितिका कोषाध्यक्ष भुनेश्वर गुरोका अनुसार धार्मिक तथा पर्यटकीय दृष्टिकोणले यस क्षेत्र महत्त्वपूर्ण रहेको बताए । निर्माणकै क्रममा यहाँ घुम्न तथा वनभोजका लागि आउनेको संख्या बढेको उनको भनाइ छ । सो पर्यटकीय स्थल चन्द्रपुर चोकबाट करीब ४ किलोमिटर उत्तर गैडाटार टोलबाट पश्चिमतर्फ चाँदीखोला किनारमा पर्छ ।