न्युबिज समिट एण्ड अवार्ड्समा प्यानल डिस्कसन : कसले के भने ?

काठमाडौं । न्यू बिजनेश एजले शुक्रवार (आज) आयोजना गरेको न्यूबिज समिट एण्ड अवार्ड्सअन्तर्गत प्यानल डिस्कसन सकिएको छ ।  ‘टुवार्ड्स स्टार्टअप नेशन’ थिममा भएको प्यानल डिस्कसनमा उद्योग विभागका महानिर्देशक बाबुराम गौतम, आर एण्ड डी इन्नोभेटिभ सोलुसन प्रालिकी फाउन्डर सुनिता न्हेमाफुकी, उपायका को–फाउन्डर राहुल मल्ल ठकुरी वक्ताका रूपमा सहभागी भए । यसको सहजीकरण भिकासा टेकका को–फाउन्डर एवं हेड अफ अपरेशन अस्मोद कार्कीले गरे ।  प्यानल डिस्कसन अघि सस्तो डिलका प्रबन्ध निर्देशक अमन थापाले स्टार्टअप बिजनेश गर्दा आफूले भोगेका केही अनुभव सुनाए । ‘आत्मविश्वासका साथ उद्यममा लाग्नुपर्छ, अनेक समस्या आए पनि,’ उनले भने । त्यसपछि सहजकर्ता कार्कीले सुनितालाई प्रश्न गरे– स्टार्टअप युनिकर्न हुनका लागि लगानी, कोषको कुरा कसरी हुन्छ ? कृषिको घट्दो छ, सेवाको बढ्दो छ, यसमा कृषि क्षेत्रमा कसरी ल्याउन सकिन्छ ? सुनिताले जवाफ दिइन्– कृषिमा लाग्ने गरीब हुन्छन्, लगानी हुँदैन, उद्यम पनि हुँदैन भन्ने भाष्य अहिले पनि समाजमा छ । विश्वमा कृषिपछि उद्योग र सेवा छ । तर, नेपालमा कृषिबाट एकैपटक ५ नम्बरमा अर्गानिक उत्पादन पर्छ । अर्गानिकका लागि नेपाल प्रमुख पर्छ । कृषिका उत्पादनलाई उद्योगसँग जोड्नुपर्छ । कृषिलाई उद्योगसँग जोड्नका लागि कृषिमा लागेको हो । उद्योगसँग जोड्नका लागि कसैले पैरबी गर्नुपर्छ भन्ने हो । खाद्य उद्योगको महत्त्व बढेको छ । कृषिमा लाग्नेहरूलाई सहयोग गर्न हामी छौं । उद्यमी जन्माउनका लागि काम गरिरहेका छौं ।  कार्कीले राहुललाई सोधे– नेपालजस्तो ठाउँमा सडकको अवस्था, प्रविधिमा कसरी काम गरेको छ ?  उनले जवाफ दिए– ४ वर्ष भयो शुरु भएको । सन् २०१८ को अन्तिमतिर प्रविधिको उपयोग, स्मार्टफोन, इन्टरनेटको प्रयोग बढ्दो थियो । नेपालमा लजिष्टिकबाहेक अन्यमा प्रविधिको उपयोग राम्रो थियो । ई–कमर्शबाट फुड अन्य सर्भिस थियो । शुरु गर्नुभन्दा पहिला निकै अनुसन्धान तथा अध्ययन गरिएको थियो । ढुवानी गाडीहरूलाई बुक गरेर शुरु गरिएको व्यवसाय हो ।  कार्कीले गौतमलाई प्रश्न गरे– व्यापार तथा निर्यात प्रवर्द्धन गर्न सरकारी निकायसमेत छ, मान्छे पठाउने भएको छ, सरकारले मान्छे मात्रै पठाउने हो ?  गौतमले जवाफ दिए– २/३ ओटा प्याक्टर हुनुपर्छ । इकोसिस्टमको प्रमुख तत्व सरकार हो । अर्काे माइन्डसेट पनि हो । सक्षम जनशक्तिलाई निर्यात गर्ने नीतिमा ग्याप छ । स्टार्टअप नीतिमा काम भइरहेको छ । स्टार्टअप उद्यम कर्जाको काम विभागले पाएको छ । बीउ पुँजीको रूपमा सघाउने गरी कर्जा दिने भनिएको छ । त्यसअनुसार काम भइरहेको छ । बिजनेश एकातिर, आइडिया अर्काेतिर छ । स्टार्टअप इकोसिस्टममा सरकारले काम गरिरहेको छ ।  कार्कीले फेरि गौतमलाई प्रश्न गरे– स्टार्टअप फन्ड बनाउने गरेर २०१६ मा आयो । भारतमा युनिकर्न बन्न साढे सात वर्ष लाग्ने रहेछ, हाम्रो नीति बल्ल कार्यान्वयनमा आयो । यो कार्यविधि किन महत्त्वपूर्ण छ ?  गौतमले भने– परिभाषा सरकारले तयार गरेको छ । सरकारले कर्जा दिने प्रयोजनको कार्यविधि हो । ५० लाख रुपैयाँको कारोबार, स्थिर पुँजी २ करोड रुपैयाँ, इनोभेसनलगायतका प्रावधान तोकिएका थिए । प्रडक्ट तथा सर्भिसले समाजले भोगेका समस्याको समाधान गर्ने पनि हुने । मुल्यांकनको पाटो पनि छन् । १० वर्षदेखि सुनिँदै आएको हो । अर्थ मन्त्रालय, योजना आयोगमा ७०० निवेदन अहिले पनि पेन्डिङ छन् ।  कार्कीले सुनितालाई प्रश्न गरे– कृषिलाई प्रविधिसँग जोड्नु भएको छ ?  सुनिताले भनिन् – काममा लाग्दा अध्ययन पनि शुरु गरौं । अध्ययन नगरेर बजारसँग प्रतिस्पर्धा गर्न सकिन्न । बंगलादेश र भारतबाट प्रभावित भएकी हुँ । भारतमा कसरी कृषिमा प्रविधिको विकास भएको छ भन्ने विषयमा । बैंकलाई खोला भएको जग्गा हुँदै हुँदैन । तर, कृषिलाई खोला भएको जग्गा नै चाहिन्छ । कम आम्दानी भएकालाई कृषि पहिलो उद्यम हो । कृषि मासिकबाट काम गरें । किसानलाई पेपरबाट सूचना पुर्याए । कोभिडको बेलामा प्रविधिको प्रयोग छिटो छिटो विस्तार भयो । किसान क्रेडिट कार्ड, क्युआर कोड लागू भयो । एउटा वडामा एक जना उद्यमी जन्माइयो भने किसान क्रेडिट कार्ड लागू गर्न सकियो । बैंकसँग सहकार्य गरे । सफ्टवेयरमा भएका कम्पनीलाई पार्टनर बनाइयो र अहिले सरकारले पनि मान्यता दिँदैछ । कृषिमा आउनका लागि अफ्रिका र भारत भ्रमण गरौं ।  कार्कीले राहुललाई प्रश्न गरे– फण्ड पाउन कत्तिको सजिलो छ ? राहुलले उत्तर दिए– बन्दाबन्दीअघि बिजनेश रन गरेको १ वर्ष भइसकेको थियो । फण्ड जुटाउनका लागि विभिन्न संस्थाहरूसँग सहकार्य गरिएको थियो । डोल्मासँग सञ्चालनका लागि सहयोग भयो । डोल्मासँग सेक्टर मिल्दा लगानीमा समस्या भएन । लगानी गर्दा कहाँ गर्ने, कसरी गर्ने, फन्ड उठाउँदा उनीहरूको इच्छा कता छ भन्ने कुरा पनि ख्याल गरौं । समूह पनि उत्तिकै महत्त्वपूर्ण हुने र विश्वास गर्ने टिम पनि जरुरी हुन्छ । अन्तरराष्ट्रिय लगानीकर्ताहरूले पनि जोखिम हेरेका हुन्छन्, यसमा पनि गृहकार्य गर्दा लगानी उठाउन अप्ठ्यारो हुँदैन ।  कार्कीले प्रश्न गरे– धेरैजसो युवाहरू बाहिर छन् । एफडीआई ५ करोडबाट घटेर २ करोडमा आयो । एफडीआईको सीमा घटाउने हो ? गौतमले भने– फण्ड स्टार्टअपमा मात्रै नभई अन्यमा पनि छ । लगानी त्यत्तिकै पाइँदैन । सबै स्टोरी सक्सेस हुँदैन । सरकारले नीति बनाउँदा निजी क्षेत्रलाई सोधेर र संयुक्तरूपमा बनाइन्छ । एफडीआई घटाउने/बढाउने भनिएको छ, स्टार्टअप र आईडीया भएमा ३०.५० लाख ल्याउने भन्नेमा छलफल छ । २ करोड भनिए पनि रेस्टुरेन्टमा लगानी देखिएको छ ।  कार्यक्रममा सहभागीहरूले पनि प्यानल स्पिकरलाई प्रश्न गरेका थिए । सहभागी सन्तोष देवकोटाले  गौतमलाई प्रश्न गरे– नेपाली लगानीको संस्कार कस्तो छ भने बनिबनाउ विषयमा लगानी गर्ने हाबी छन् । नेपाली समाज सुहाउँदो आइडियामा काम भएको छैन, सोच नै छैन । दुर्भाग्य हो । शुरुवाती बिजनेश उद्यम गर्नेलाई सरकारले कसरी सघाएको छ ?  गौतमले जवाफ दिए– सबै स्टार्टअपलाई इकोस्टम संस्कारको आवश्यक छ । यो घरबाट नै शुरु हुनुपर्छ । इकोसिस्टमको ७८ ओटा तत्व छन् । धेरै राम्रा स्टार्टअप पनि छन् । स्टार्टअप भनेर केन्द्रित नभए पनि बिजनेशका लागि नेपालमा नीतिनियम छन् । अब आउने नीति तथा कार्यक्रमले सम्बोधन गर्ने गरी नै नीति मस्यौदा भएको छ । अर्का सहभागी कुवेर पाठकले सुनितासमक्ष जिज्ञासा राखे– यो पुस्ताले कुन समयमा कुन खेती गर्ने भन्ने बिर्सिए । ७ वर्षमा धेरै जमिन बाँझो बन्दैछ, अहिलेका युवालाई कृषिमा आकर्षित गर्न सकिँदैन ?  सुनिताले जवाफ दिइन्– इजरायलमा ३ प्रतिशत कृषक छन्, उनीहरूले निर्यात गर्छन् । इन्जिनियर लगायतका पेशामा भएका पनि कृषि संलग्न छन् । कृषिमा दुःख हुन्छ भनेर कृषिमा नलागेको सोच छ यहाँ । यसलाई उद्योगसँग जोड्न आवश्यक छ ।   अर्का सहभागी गोविन्द चापागाईंले गौतमलाई प्रश्न गरे– लगानी छैन भन्ने कुरा आएन । तर, समन्वय भएन भन्ने कुरा हो । माइक्रोफाइनान्सको ४ खर्ब लगानी कृषिमा छ । पैसा दियो तर, परियोजना दिएन भन्ने कुरा अहिले आएको छ, छरिएको पैसालाई कसरी उपयोग गर्ने भन्ने सरकारले के कसरी सघाउँछ ?  गौतमले जवाफ दिए– साना, महिला, लघु उद्यमको २२ अर्ब रुपैयाँ सोधभर्ना भएको छ । निजी क्षेत्रले नै गर्नुपर्छ, सरकारले सघाउँछ ।

सम्बन्धित सामग्री

तिमीलाई कसले फर्कायो?

अन्धकारमा बाटो पहिल्याउने गुरु तिमी,अनायासै अँध्यारोमा तिमीलाई कसले घुमायो। प्रमिथसको हुल बनी आगो लिन आएथ्यौ,खरानीको धुलो बोकाई तिमीलाई कसले फर्कायौ?...

तिमीलाई कसले फर्कायो?

अन्धकारमा बाटो पहिल्याउने गुरु तिमी,अनायासै अँध्यारोमा तिमीलाई कसले घुमायो। प्रमिथसको हुल बनी आगो लिन आएथ्यौ,खरानीको धुलो बोकाई तिमीलाई कसले फर्कायौ?...

तिमीलाई कसले फर्कायो...!

शिक्षा विधेयकविरुद्धको आन्दोलनका बेला शिक्षक होमनाथ न्यौपानेले गाएको ‘तिमीलाई कसले पढायो...?’ भन्ने गीत यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। सात बुँदे सहमतिसँगै आन्दोलन सकिए पनि ‘तिमीलाई कसले फर्कायो’ भन्दै कतिपयले व्यंग्यसमेत गरेका छन्।...

एमालेको प्रश्न- गृहमन्त्रीसँग बयान कसले लिन्छ ?

गृहमन्त्री अर्थमन्त्री शंकाको घेरामा रहेकाले कसले बयान लिने उनले प्रश्न गरे । ‘गृहमन्त्री, अर्थमन्त्रीसँग कसले बयान लिन्छ ? सीआईबीले उठाउँछ ? भन्साले उठाउँछ ?’ उनले प्रश्न गरे ।

कसले सुधार्छ कांग्रेसलाई ?

कांग्रेस संसदमा सबैभन्दा ठूलो पार्टी हो । सरकारमा सबैभन्दा बढी मन्त्रीहरू भएको पार्टी हो । घोषणापत्रमा लेखिएका एक/एक कार्यक्रम लागू गराउने जिम्मा कसले लिने ?

कर्णालीका मुख्यमन्त्रीदेखि मन्त्रीहरुको पालिका र वडामा कसले जिते कसले हारे ?

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतगणना प्रक्रिया चलिरहेको छ । यतिबेलासम्म कर्णालीका झण्डै ६० भन्दा बढी पालिकाको नतिजा पनि आइसकेको छ । जसका नेपाली काँग्रेस सबैभन्दा पहिलो, दोस्रो माओवादी र तेस्रोमा एमालेले स्थान लिएका छन् । रातोपाटीले कर्णालीका सभामुख, उपसभामुख, मुख्यमन्त्री देखि मन्त्रीहरुको गृहपालिका र गृह वडामा कसले जिते कसले हारे भन्ने विश्लेषण गरेको छ । यस्तो छ अवस्था सभामुख राजबहादुर शाही (एमाले)एमालेका भन्द्र र सालिन नेताको छवि बनाएका कर्णालीका सभामुख राजबहादुर शाहीको गृह पा

तपाईको फेसबुक प्रोफाइल कसले लुकाएर हेर्छ, जान्नुहोस् यो ट्रिक

१९ मंसिर । फेसबुकको प्रोफाईल कसले हेर्यो कसरी थाहा पाउने यसको बारेमा आज हामी जानकारी दिन गइरहेका छौ । फेसबुकमा अन्य प्रयोगकर्ताको फेसबुक प्रोफाइल हेर्ने चलन सामान्य भएको छ । यदि तपाइँ पनि तपाइँको प्रोफाइल कसले हेर्नुभयो जान्न चाहनुहुन्छ भने, यो जानकारी तपाइँको लागि हो। फेसबुक प्रोफाइल कसले हेर्यो भनेर कसरी जाँच गर्नेः फेसबुक संसारको […]

मै मरे तिमीलाई कसले माया गर्छ…

काठमाडौं । मुटु माग्यौ तिमीले मैले बाँच्नुपर्छ मैं मरे तिमीलाई कसले माया गर्छ जाजरकोट कुशे गाउँपालिकका ९ की ४५ वर्षीया कमलादेवी शाहीले यो गीत पटक पटक सुनेकी थिइन् । उनको जिन्दगीमा यस्तो मोड आयो, श्रीमान् ४७ वर्षीय भरतविक्रम शाहीका लागि मुटु त होइन, कलेजो चाहियो । कलेजो भने दिन मिल्ने थियो । आधा आधा बाँडेर […]

कसले सजाइदेला यो देशको माटो !

तर, किन आज कुहिरो भित्र लुकेको छ पाखा गोधूलिमा सुनिँदैन लैबरीको भाका बाँझै देख्छु फापर फुल्ने स्वाँराको पाटो कसले सजाइदेला बरै यो देशको माटो!