बालबालिकाको भविष्य : पुल नहुँदा जोखिमपूर्ण रुपमा खोला तरेर विद्यालय जान बाध्य

बैतडी : पुल नहुँदा बैतडीको सिगासका बालबालिका जोखिमपूर्ण रुपमा खोला तरेर विद्यालय जान बाध्य भएका छन्। सिगास गाउँपालिका -६ मा रहेको गणेश माध्यमिक विद्यालय, मौरीबगरमा अध्ययनरत विद्यार्थी न्वाघरीगाड खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जना बाध्य भएका हुन्।न्वाघरीगाड खोलामा रहेको आरसिसि पुल दुई वर्षअघि बगाएको सिगास गाउँपालिका ६ का वडाध्यक्ष तेजबहादुर साउँदले बताए।उक्त खोलामा पुल नहुँदा सिगास- ६ र ७ का बालबालिका जोखिमपूर्ण रुपमा खोला तर्न बाध्य भएका हुन्।  कामचलाउ हिसाबले बनाएको काठेपुल पनि एकम

सम्बन्धित सामग्री

अर्काले विकास गर्दिने आश राख्नु गलत : एसडी मुनि

विराटनगर। जवाहरलाल नेहरू विश्वविद्यालयका पूर्वप्राध्यापक तथा भारतीय कूटनीतिज्ञ एसडी मुनिले नेपालको विकास कुनै छिमेकी मुलुकले गरिदिन्छ भनेर अपेक्षा राख्नु गलत भएको बताएका छन् । उनले नेपालीले आफ्नो देशको विकास आफै गर्नुपर्ने सुझाव दिए । विराटनगरको एलिट क्लबमा आयोजित ‘नेपाल भारत सम्बन्धका नयाँ आयाम’ विषयक अन्तरक्रियामा उनले त्यस्तो टिप्पणी गरेका हुन् । ‘विश्वकै प्रभावशाली बन्ने क्रममा रहेको भारतले विकासमा पछि परेको छिमेकीलाई सहयोग गर्नु पर्दैन’ भन्ने प्रश्नको जवाफ दिने क्रममा मुनिले विकासमा अरूको अपेक्षा गर्नुभन्दा आफै सक्षम हुनुपर्ने सुझाव दिए । उनले भारत वा चीनले विकास गरिदेला भनेर आशामा बस्न नहुने बताए ।  ‘कुनै पनि छिमेकीले तपाईंको घरभित्र विकास ल्याएर दिँदैन । भारत र चीन दुवैले आफ्नै बलले माथि उठेर अर्थतन्त्र ठूलो बनाएका हुन्, विकास गरेका हुन्,’ उनले भने । नेपालले पनि आफ्नो सम्भावनालाई अघि बढाएर विकासित बन्नुपर्ने उनको सुझाव छ । उनले नेपालको पानी सयौं वर्षदेखि बगेर गंगा र बंगालको खाडीमा पुगेर बाफ बनिरहेको तर नेपालले त्यसको उपयोग गर्न नसकेको बताए । नेपालले पर्यटनमा सबैभन्दा बढी सम्भावना बोके पनि खासै प्रगति गर्न नसकेको भन्दै उनले यी दुई क्षेत्रमा नेपालको भविष्य उज्ज्वल रहेको बताए ।  आफूले विद्यावारिधि गर्ने बेलामा गिरिजाप्रसाद कोइरालासँग विराटनगर आएको र मातृका कोइरालासँग कोशी ब्यारेज अवलोकन गर्न गएको प्रसंग जोड्दै मुनिले विराटनगरसँग आफ्नो पुरानो साइनो रहेको बताए । त्यो बेलामा भारतीय इन्जिनीयरले पुल निर्माणका क्रममा गरेको गल्तीबारे मातृका कोइरालाले आफूलाई जानकारी गराएको समेत उनले स्मरण गरे । अर्काे राजनीतिक प्रसंगमा मुनिले आफू नेपालमा राजतन्त्र फर्कनुपर्छ भन्ने पक्षमा नरहेको बताए । उनले आफू गणतन्त्रको पक्षमा रहेको प्रस्ट्याउँदै गणतन्त्रभित्र मौलाएका विकृति भने निमूल पार्नुपर्ने बताए । जनताको अपेक्षाअनुसार गणतन्त्र चल्नुपर्नेमा उनले जोड दिए ।  गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै मुनिले सयौं वर्ष राजाले शासन गर्दा नभएको विकास अब राजा ल्याए हुन्छ भनेर विश्वास गर्न नसकिने बताए । गणतन्त्रमा केही समस्या भए त्यसलाई सुधार गरेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ । नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थी भए पनि आफ्नो शिष्य नभएको वा आफूले उनलाई नपढाएको मुनिले बताए । बरु नेपालबारेका कतिपय विषयमा आफूले बाबुरामलाई सोध्ने गरेको उनले खुलाए । नेपालमा आफूलाई माओवादी भन्ने गरेको बारे मुनिले भने, ‘म कुनै वादी होइन एउटा सामान्य प्राध्यापक मात्र हुँ ।’

दुधकोशी आयोजनाको भविष्य

कुनै पनि मुलुकको आर्थिक–सामाजिक विकासका लागि नभई नहुने ऊर्जा हो । ऊर्जाको विकास समग्र विकासको आधार पनि हो । नेपालमा अधिकांश जलविद्युत् आयोजना विकट क्षेत्रमा बन्ने हुँदा यसले दुर्गम क्षेत्रको सामाजिक र आर्थिक विकास सँगसँगै सडक, पुल, स्वास्थ्य, शिक्षा, पर्यटनको विकासमा पनि टेवा पु¥याउने गरेको छ । त्यसैले मुलुकको मुहारमा नयाँ आयाम ल्याउन विदेशी सहयोग र स्वदेशी मानव संसाधनको प्रयोग गर्दै दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजना बनाउनु आजको अपरिहार्य आवश्यकता देखिएको छ ।

पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्ग जीर्ण : वर्षौंदेखि स्तरोन्नतिको पर्खाइमा

वालिङ( स्याङ्जा) । पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाको पहलमा परामर्शदाताको उपस्थितिमा स्याङ्जाका विभिन्न ठाउँमा आयोजना गरिएका सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाले राजमार्ग स्तरोन्नतिको माग गरेका हुन् ।सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडकखण्डको १५७ किलोमिटर सडक स्तरोन्नतिका लागि वर्षौँदेखि आवाज उठ्दै आएको छ । स्याङ्जाको गल्याङ, वालिङ, भिरकोट, पुतलीबजारलगायत ठाउँमा सार्वजनिक सुनुवाइ गरी सरोकारवालाको राय तथा सुझाव सङ्कलन गरिएको सडक विभागका प्रतिनिधि युवराज सत्यालले बताए । बुटवलबाट पोखरासम्म सुझाव सङ्कलन गरिएको उनले बताए । ‘सिद्धार्थ राजमार्ग धेरै पुरानो, साँघुरो र जीर्ण हुँदै गएको छ, यसको स्तरोन्नति गर्नुको विकल्प छैन’, वालिङ नगरप्रमुख कृष्ण खाँण बताउँछन् ।स्याङ्जालीको भविष्यसँगै जोडिएको उक्त राजमार्गको स्तरोन्नति गर्नु अत्यावश्यक रहेको उनले बताए । सडक छेउछाउका बासिन्दा पटक(पटक आतङ्कित भइरहनुभन्दा एकपटक दीर्घकालीन हुने गरी सडक विस्तार गर्ने हो भने सबैलाई राम्रो हुने उनले बताए । ‘भैरहवामा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पर्यटकीय सहर पोखरामा रहेको अन्तरराष्ट्रिय विमानस्थललाई जोड्ने यो सडकको स्तरोन्नति गर्न सकेमात्रै स्याङ्जाको भविष्य उज्वल छ’, उनले भने, ‘त्यसका लागि आवश्यक बजेट र कार्यान्वयनमा सबैले सहयोगसमेत गर्नुपर्दछ, होइन भने हामी नै पछाडि पर्दै जानेछौं।’ सिद्धार्थ राजमार्गको दायाँबायाँ रहेका घरटहरा बचाऔँ सङ्घर्ष समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले हिजो घरटहरा बचाउनुपर्छ भनेर विरोध गरियो तर आजको विरोध फेरिएको बताए । ‘हिजोका दिनमा सडकको स्तरोन्नतिका लागि सङ्घर्ष समिति नै बनाएर विरोध भयो’, उनले भने, ‘अब पनि सडकको स्तरोन्नति गर्ने, चौडा गर्ने, घुम्ती कटान नगर्ने हो भने यो सडक भएर यातायातका साधन नगुड्ने र अन्यत्र खुलेका वैकल्पिक मार्गबाट सवारीसाधन गुड्ने भएकाले स्याङ्जा जिल्ला नै पछाडि पर्न सक्ने भएकाले हिजोको विरोध र आजको विरोधमा फरक आएको हो ।’ सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको ५२ वर्ष पुग्यो तर अहिलेसम्म पनि स्तरोन्नति हुन नसक्नु दुःखद् रहेको स्याङ्जाका विभिन्न ठाउँमा सरोकारवालाले उठाएको आवाज हो । सडकका घुम्ती काट्ने, चौडा बनाउने कार्यले हालको सडकमा करीब ३२ किलोमिटर छोटिने दाबी छ । घुमाउरो र साँघुरो भएकै कारण सडक दुर्घटना हुनसक्ने भएकाले यसको स्तरोन्नति गरी यात्रा सुरक्षित गराउनका लागि अब सबै एकजुट भएर सम्बन्धित निकायमा दबाब दिनुपर्ने आवाज उठ्ने गरेको छ । हालको अवस्थामा रहेको सिद्धार्थ राजमार्ग अवस्थामा स्तरोन्नति गरी हरेक मौसममा सञ्चालन रहने गरी दुई लेन बिटुमिनस मापदण्डमा बनाउने योजना रहेको छ ।भारतसँग जोड्ने व्यापारिक मार्गका रूपमा रहेको सिद्धार्थ राजमार्गको सबैभन्दा धेरै ६७ दशमलव २ किलोमिटर भाग स्याङ्जा जिल्लामा पर्छ ।गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने त्यसमा पनि तराईलाई पहाडसँग जोड्ने मुख्य सडकको रूपमा यो राजमार्ग रहेको छ । यो सडक हाल ६ दशमलव ८ देखि ७ मिटर चौडा रहेको छ । अब स्तरोन्नति हुने सडक क्यारिजवे चौडाइ सात मिटर र सोल्डर सडकको दुवैतिर १ दशमलव ५ मिटर गरी कुल १० मिटर चौडाइ रहने छ । उक्त सडकमा पाइप कल्भर्ट ३२५, स्ल्याब कल्भर्ट ४३३ र आर्क कल्भर्ट १६ ओटा रहने छन् । पुल ३७ ओटा निर्माण गरिने प्रस्तावित गरिएको छ । विस्तारित सडकखण्डमध्ये ४७ दशमलव १ हेक्टर वन क्षेत्रअन्तर्गत पर्ने आकलन गरिएको छ । यस सडकखण्डमा ४३ ओटा सामुदायिक वन र एक धार्मिक वन पर्दछ । सडक विस्तारका क्रममा दायाँबायाँ गरी २ हजार ८८६ ओटा रुख कटान गर्नुपर्ने छ । आयोजना क्षेत्रमा पर्ने स्तनधारी वन्यजन्तु, सरीसृप, विभिन्न प्रजातिका चरा, विभिन्न प्रजातिका माछा संरक्षणमा ध्यान दिनुपर्ने देखिएको छ ।रासस

निर्माण पूरा नहुँदै चर्कियो कालिकोट–जुम्ला जोड्ने पक्की पुल

१३ करोड लागतको पुल सम्झौताअनुसार ३० महिनाभित्र सञ्चालनमा आउनुपर्ने थियो, तर निर्माणाधीन अवस्थामै चर्किएपछि भविष्य अन्योलमा कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालिकोट जोड्ने सिंजाखोला पक्की पुल निर्माण सम्पन्न नहुँदै चर्किएको छ । कमसल निर्माण सामग्री प्रयोगका...

बागमतीको विकासः बजेट जति सडक र पुलमा, योजनामा मात्रै ‘कृषि क्रान्ति’

तर, सरकारले कृषि क्रान्तिका योजना थाती राखेर भौतिक विकासमा जोड दिइरहेको छ । तीनै तहका सरकारले कृषि क्रान्तिका सपना बाँडेर सडक र पुल विकासलाई समृद्धि देख्न थालेपछि किसानको भविष्य पनि अन्यौलतातर्फ उन्मुख छ