जनकपुरधाम । जलेश्वर भन्सार कार्यालयले चालू आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व उठाउन चुनौती देखिएको छ । चालू आर्थिक वर्षको १० महीनामा कार्यालयले वार्षिक लक्ष्यको ५८ प्रतिशत मात्र राजस्व उठाउन सकेको छ । कार्यालयले यस वर्ष ३ अर्ब ६३ करोड ९१ लाख भन्सार राजस्व उठाउने लक्ष्य पाएकोमा वैशाख मसान्तसम्ममा २ अर्ब ११ करोड १८ लाख रुपैयाँ मात्र असुली भएको छ । कार्यालयले आर्थिक वर्षको पहिलो महीना साउनबाहेक अन्य महीनामा राजस्वको लक्ष्य भेट्न सकेको छैन । गत साउनमा कार्यालयले २२ करोड ४९ लाख राजस्व असुलीको लक्ष्यमा २४ करोड ३६ लाख रुपैयाँ उठाएको थियो ।