बजेट खर्च नहुने रोग

पूर्ववर्ती सरकारले ल्याएको बजेट अध्यादेशलाई निकै ढिला गरेर प्रतिस्थापन बजेट ल्याएका अर्थमन्त्रीले बजेट कार्यान्वयन गर्न चासो देखाएका छन् । झट्ट हेर्दा बजेट कार्यान्वयन गराउन अर्थमन्त्रीको सक्रियता प्रशंसनीय जस्तो देखिए पनि यसले ताŒिवक परिवर्तन ल्याउन सक्ने भने देखिँदैन । खासगरी नेपालका हरेकजसो निकायले निर्देशन दिने, यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर भाषण गर्ने गरेको पाइन्छ । यस्तो निर्देशनको पालना नभइरहेको सन्दर्भमा अर्थमन्त्रीको छलफल र निर्देशनबाट पूर्वाधार विकासका कामले गति लिने अपेक्षा गर्न सकिँदैन । कुनै आयोजना पूरा हुन त्यसको प्रमुखको कार्यसम्पादनको मूल्यांकन गर्ने, पुरस्कृत गर्ने परिपाटी खासै बनाइएको छैन । काम गर्दा भएका गल्तीलाई उचालेर उसको खेदो खनिन्छ भने काम नगर्नेमाथि कुनै पनि प्रश्न उठाइँदैन । अर्थमन्त्री जनार्दन शर्माले आआफ्नो जिम्मामा परेका कामहरूको सूची तयार गरी मासिक कार्य प्रतिशतका आधारमा तत्काल कार्यान्वयन कार्ययोजना बनाउन निर्देशन दिएका छन् । त्यस्तै अर्थ मन्त्रालयमा आएका कार्यविधि निर्माणसम्बन्धी पुराना फाइलहरू ७ दिनभित्र र नयाँ फाइलहरू ३ दिनभित्र टुंगो लगाउन निर्देशन दिएका छन् । विकास खर्चका लागि अर्थमन्त्रालयको खासै हात हुँदैन । अर्थ मन्त्रालयको काम विनियोजित बजेट निकासा गर्ने हो । निकासामा ढिलासुस्ती रोक्न भने अर्थ मन्त्रालयको भूमिका हुन्छ । तर, निकासा भएको बजेट खर्च गराउन भने उसले खासै भूमिका खेल्न सक्ने देखि“दैन । चालू खर्चमा समस्या छैन तर पूँजीगत खर्च भने निकै निराशाजनक देखिन्छ । पूर्वाधार क्षेत्रमा बढी खर्च गर्ने तालुकदार मन्त्रालय भनेको सडक तथा भौतिक पूर्वाधार मन्त्रालय हो । विकास निर्माणमा विनियोजित खर्च बढाउन विकासे मन्त्रालयको भन्दा सम्बद्ध आयोजनाहरूको भूमिका बढी हुन्छ । तर, आयोजनाहरूको काम निकै सुस्त गतिमा हुने गरेको छ । यसो हुनुमा आयोजनाका प्रमुखहरू छिटो छिटो सरुवा हुनु हो । त्यस्तै मन्त्रालयका कर्मचारीहरू पनि सरुवा भइरहँदा आयोजनाहरूले गति लिन नसकेको देखिन्छ । आयोजनामा रहेका यस्ता विकृति नहटुन्जेल अर्थमन्त्रीले जति नै छलफल गरे पनि वा निर्देशन दिए पनि आयोजनाहरूले गति लिने देखिँदैन । पूर्ववर्ती सरकारले प्रधानमन्त्रीकै कार्यकक्षमा एक्सन रूम राखेर त्यहीँबाट आयोजनाहरूको अनुगमन र निर्देशन दिने व्यवस्था गरेको थियो । त्यसो गर्दा पनि आयोजनाहरूले गति लिएनन् । पूर्वाधार आयोजनाहरू समयमा सम्पन्न नहुनुमा आयोजनाका प्रमुखहरू स्थिर रूपमा नरहनु एउटा कारण हो । त्यस्तै बजेट माग्ने कर्मचारी सरुवा भएपछि नयाँ अधिकारीले त्यसमा अपनत्व नलिने तथा नयाँ कार्यक्रमका लागि बजेट माग्ने प्रवृत्ति पाइन्छ । नयाँ अधिकारी आएपछि उसले पुराना कार्यक्रमको बजेट रकमान्तर गर्न शुरू गर्छ । यसरी जुन कार्यक्रममा लागि बजेट निकासा भएको हुन्छ त्यो काम नहुने तर नया“ कार्यक्रमका लागि बजेट माग्ने खेलले गर्दा बजेट कार्यान्वयन निकै प्रभावित हुने गरेको छ । सरकारले यो प्रवृत्ति रोक्न सके मात्रै बजेट खर्च प्रभावकारी हुन्छ । अन्यथा उनी पुरानै प्रवृत्ति रहिरहन्छ । नयाँ कार्यक्रम ल्याउने र पुरानो कार्यक्रमको बजेट खेर जाने वा रकमान्तर गरेर खर्च गर्ने यो प्रवृत्ति नेपालको विकास निर्माणका सबैभन्दा ठूलो समस्या हो जसलाई कुनै पनि सरकारले हटाउन सकेको छैन । यो चक्र सधैं चलिरहेको पाइन्छ । बजेट निर्माण गर्दा नै नयाँ कार्यक्रम राख्दा त्यसको कार्यान्वयनको सम्भावना हेर्ने गरिएको छैन । दबाब र प्रभावका आधारमा ल्याइएका कार्यक्रम परिणाममुखी भन्दा पनि प्रचारमुखी हुने गरेको पाइन्छ । कुनै आयोजना पूरा हुन त्यसको प्रमुखको कार्य सम्पादनको मूल्यांकन गर्ने, पुरस्कृत गर्ने परिपाटी खासै बनाइएको छैन । काम गर्दा भएका गल्तीलाई उचालेर उसको खेदो खनिन्छ भने काम नगर्नेमाथि कुनै पनि प्रश्न उठाइ“दैन । काम गर्दा भएका त्रुटिबाट हुने नोक्सानीभन्दा काम नगर्दा भएको क्षति बढी हुन्छ । तर, यसको लागत विश्लेषण गर्ने परिपाटी नै छैन । सरकारी संयन्त्र बढी हु“दा तिनमा आवश्यक समन्वय र सहकार्य हुन सकेको छैन । यी पक्षमा अर्थ मन्त्रालयले खेल्न सक्ने भूमिका खासै देखिँदैन । त्यसैले बजेटको प्रभावकारी कार्यान्वयन गर्ने हो भने दशकौंदेखि देखाइएको विकास आयोजनाहरूका विकृतिमा सुधार ल्याउन साहसिक कदम चालिनु आवश्यक छ ।

सम्बन्धित सामग्री

कर्णाली प्रदेशः १० महिनामा ३१% बजेट खर्च

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार १० महिनामा ३१.२२ प्रतिशत बजेट खर्च भएको हो। चालुतर्फ ३८.८२ प्रतिशत र पुँजीगततर्फ २६.१५ प्रतिशत बजेट खर्च भएको छ।...

६ महिनामा १८.४५ प्रतिशत बजेट खर्च

लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २० प्रतिशत पनि बजेट खर्च हुन सकेको छैन । ६ महिनाको अवधीमा १८.४५ प्रतिशत मात्र बजेट खर्च भएको छ । ६ महिनाको अवधीमा भएको यस प्रकारको खर्च न्युन मात्रामा हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म चालुतर्फ २३.४३ र पुँजीगततर्फ १४.८२ प्रतिशत बजेट खर्च भएको हो […]

४ महिनामा बागमती प्रदेशको बजेट खर्च १० प्रतिशत मात्र

हेटौंडा : बजेट खर्चमा सधैँ कमजोर देखिँदै आएको बागमती प्रदेश सरकारको चालू आवको ४ महिनाको बजेट खर्च पनि कमजोर देखिएको छ।आवको अन्तिममा हावादारी तवरबाट बजेट खर्च गर्ने गरेको बागमती प्रदेश सरकारले चालू आवको पहिलो चौमासिकमा पनि उत्साहजनक रुपमा बजेट खर्च गर्न नसकेको हो।गत आवहरूमा शुरुको पहिलो र दोस्रो चौमासिकमा बजेट खर्च गर्न सुस्त देखिने गरेको बागमती प्रदेश सरकार आवको अन्तिममा बजेट सिध्याउने चटारोमा हुने गर्थ्यो। जसले गर्दा एकै महिनामा १५ प्रतिशतसम्म बजेट खर्च भएको थियो।आवको शुरुमा बजेट खर्च

लुम्बिनीको बजेट खर्च: अघिल्लो असारभन्दा चौमासिकमा कम

आर्थिक वर्षको अन्तिम महिना असारमा ५ अर्ब बढी बजेट खर्च गरेको लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ४ महिना भने ३ अर्ब ७६ बजेट खर्च गरेको हो ।

गण्डकी प्रदेशको बजेट खर्च ७० प्रतिशत

प्रदेश सरकारले चालुतर्फ ६० दशमलव ५४ प्रतिशत बजेट खर्च गरेको छ भने पुँजीगततर्फ ७८ दशमलव ५ प्रतिशत बजेट खर्च गरेको छ ।

मधेश प्रदेशको बजेट खर्च ३१ प्रतिशत मात्रै

यस्तै, चालुतर्फ कुल विनियोजित बजेटको ४१ प्रतिशत र पँुजीगत तर्फ २२ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फको बजेट खर्च सन्तोषजनक नै देखिए पनि पुँजीगत अर्थात विकास बजेट खर्च अत्यन्त दयनीय देखिएको छ ।

तीन महिना बाँकी छँदा तीन चौथाई बजेट खर्च गर्न बाँकी

सुर्खेत-कर्णाली प्रदेश सरकारले नौ महिनामा करिब २२ प्रतिशत मात्र बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको साउनयता चैत मसान्तसम्म २१.८० प्रतिशत मात्रै बजेट खर्च गरेको हो । त्यसमा पनि विकास बजेट खर्च भने अझै कम अर्थात १८ प्रतिशत मात्र छ । आर्थिक वर्ष सकिन तीन महिना मात्र बाकी रहँदा सरकारले तीन चौथाई बजेट खर्च […]

कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन -‘बजेट खर्च बढाउनुस्’

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले बजेट खर्च बढाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधवार प्रदेश प्रमुख सचिव, मन्त्रालयका सचिवहरू र कर्मचारीसँगको छलफलमा उनले बजेट कार्यान्वयन प्रभावकारी रूपमा गर्न निर्देशन दिएका हुन् । पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च ३.७५ प्रतिशतमात्रै रहेको भन्दै मुख्यमन्त्री शाहीले बजेट खर्च बढाउने गरी काम गर्न निर्देशन […]

कैलालीका स्थानीय तहको बजेट खर्च न्यून

कैलालीका स्थानीय तहहरूले पर्याप्त बजेट खर्च गर्न सकेका छैनन् । जिल्लाका सबै जसो स्थानीय तहमा दोस्रो चौमासिकसम्म निकै न्यून बजेट खर्च भएको छ । केही स्थानीय तहमा योजनाहरु नै सुरु हुन सकेका छैनन् ।कैलालीका १३ वटा स्थानीय तहले यस वर्ष पर्याप्त बजेट खर्च गर्न सकेका छैनन् । दोस्रो चौमासिकमा सबै भन्दा बढी कैलारी गाउँपालिकाले ४३.११ […]

जुम्लामा अर्धवार्षिक बजेट खर्च न्युन

२२ सरकारी कार्यालयको समीक्षाजुम्लास्थित सरकारी कार्यालयहरुको अर्धबार्षिक बजेट खर्च लक्ष्यभन्दा न्युन भएको छ । जुम्लाका सरकारी कार्यालयहरुको दुई चरणमा गरिएको अर्धवार्षिक समीक्षा अनुसार अधिकांश कार्यालय बजेट खर्च निरासाजनक भएको हो । चालु आवको ६ महिनामा विनियोजित बजेटको ५० प्रतिशत रकम खर्च गर्नु पर्ने हो ।तर, जुम्लाका सरकारी कार्यालयहरुले ३५ देखि ४० प्रतिशतसम्म मात्रै बजेट खर्च […]