असोज १४, ललितपुर । म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता शुभारम्भ भएको छ ।
डिजिटल मिडिया सम्वन्धी सम्भवत नेपालकै पहिलो र सबैभन्दा ठूलो यस प्रतियोगिताले डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुलाई भाग लिन आह्वान गरेको छ ।
‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य नै डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुको पहिचान गर्दै उनीहरुलाई व्यक्तिगत एवम् समग्र नेपाली मिडिया उद्योगलाई नै टेवा पुर्याउन त्यस्ता व्यक्तिहरुको पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्नु रहेको म्याक्सले जानकारी दिएको छ ।
म्याक्स मिडिया डिजिटल गुरु एउटा विशेष चुनौतीको परीक्षण गर्ने लक्ष्य सहित पहिलो पटक प्रस्तुत भएको डिजिटल हेडहन्ट भएको र जहाँ सहभागीले प्रतियोगिताको नियममा रही आफ्नो रुचिको विषयमा डिजिटल मिडिया सम्वन्धि सबल प्रस्तुति प्रस्तुत गर्न दिइने बताइएको छ ।