हस्तान्तरण नहुँदै भासियो ६ लेन सडक

धनगढी–अत्तरिया ६ लेन सडक हस्तान्तरण नहुँदै भासिन र भत्किन थालेको छ । ६ लेन सडकको दोस्रो प्याकेजअन्तर्गत गेटा क्षेत्रको पूर्वी लेनमा वर्षा हुँदा पानी जम्ने गरी सडकको बीच भाग भासिएको छ ।...

सम्बन्धित सामग्री

निर्माण सम्पन्न नहुँदै भासियो ६ लेन सडक

सडकको भारवहन क्षमताभन्दा दोब्बर बढी भार बोकेका गाडी निर्बाध रूपमा गुड्दा रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक (कोशी राजमार्ग) निर्माण सम्पन्न नहुँदै भासिएको छ । ‘अस्फाल्ट’ प्रविधिको कालेपत्र गरिएको यो सडकको भारवहन क्षमता १० टन हो । तर २० टनसम्म बोकेका ढुवानीका साधन गुड्दा रानीदेखि नेमुवासम्मको तीन लेन सडक खण्डको पश्चिम क्षेत्र भासिएको छ । सीमावर्ती रानीदखि धरानको तीनकुनेसम्मको ४९ किलोमिटर सडक ६ लेनमा परिणत गर्न सरकारले १० अर्ब ९८ करोडको लागतमा २०६९÷७० देखि काम शुरू गरेको थियो । अ...

निर्माण सम्पन्न नहुँदै भासियो ६ लेन सडक

विराटनगर । सडकको भारवहन क्षमताभन्दा दोब्बर बढी भार बोकेका गाडी निर्बाध रूपमा गुड्दा रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक (कोशी राजमार्ग) निर्माण सम्पन्न नहँुदै भासिएको छ । ‘अस्फाल्ट’ प्रविधिको कालेपत्र गरिएको यो सडकको भारवहन क्षमता १० टन हो । तर २० टनसम्म बोकेका ढुवानीका साधन गुड्दा रानीदेखि नेमुवासम्मको तीन लेन सडक खण्डको पश्चिम क्षेत्र भासिएको छ । सीमावर्ती रानीदखि धरानको तीनकुनेसम्मको ४९ किलोमिटर सडक ६ लेनमा परिणत गर्न सरकारले १० अर्ब ९८ करोडको लागतमा २०६९÷७० देखि काम शुरू गरेको थियो । अहिले रानीदेखि सुनसरीको तरहरासम्मको ३४ किलोमिटरमध्ये ३२ किलोमिटर क्षेत्रमा कालोपत्रको काम सकिएको छ । त्यसमध्ये दुहवीको २ किलोमिटर क्षेत्रमा काम शुरू नै हुन सकेको छैन । यो खण्डमा विभिन्न १७ ओटा निर्माण कम्पनीले काम गरेका छन् । रानीदेखि तरहरासम्मको काम आगामी चैतसम्ममा सक्नुपर्ने म्याद छ । तरहरादेखि धरानको तीनकुनेसम्मको साढे ९ किलोमिटरको काम भर्खरै शुरू भएको छ । उक्त खण्डको काम २०८० सम्ममा सक्नुपर्ने म्याद छ । निर्माणाधीन अवस्थामै रहेको कोशी राजमार्ग, रानी–धरान सडक खण्ड अन्तर्गत विराटनगर क्षेत्रमा कालोपत्र भासिएको छ । भासिएको सडकमै सवारीसाधन गुड्दा छुट्टै ‘ट्र्याक’ बनेको छ । त्रिदेशीय लाइफलाइन तथा व्यापारिक मार्गको नाम दिइएको यो सडकको निर्माण सम्पन्न भएको खण्ड हस्तान्तरण गर्नुअगावै भासिन थालेको छ । भारवहन क्षमताभन्दा दोब्बर वजन बोकेका मालवाहक गाडी गुडेकाले सडक भासिएको आयोजनाका इन्जिनियर उपेन्द्र दासको भनाइ छ । भासिएको सडक सम्बन्धित निर्माण कम्पनीले मर्मत गर्ने उनले बताए । निर्माणाधीन सडकमा भारवहन क्षमताभन्दा बढी भार भएका गाडी आवागमनको उचित व्यवस्थापन गरिएको छैन । ६ लेन सडकको बीच भागमा डिभाइडर राखेर दायाँ–बायाँ ३–३ लेनमा विभाजन गरिएको छ । त्यसमध्ये नालातर्फको एक लेन पार्किङमा प्रयोग गरिएको छ । त्यसबाहेक एक लेनमा साना र अर्को लेनमा ठूला सवारीसाधन गुड्दा बीच भागको कालोपत्र भासिएको आयोजनाका प्राविधिकको बुझाइ छ । भन्सारबाट मालवस्तु बोकेर छुटेका सवारीसाधनलाई १५ किलोमिटर दूरीसम्म हिँड्न दिनू भन्ने गृह मन्त्रालयको आदेशका कारण जतिसुकै लोड बोकेका ढुवानीका साधनलाई यो सडकमा गुड्न दिइएको मोरङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्र खड्काले बताए । गृह मन्त्रालयले २०७५ सालमा यस्तो आदेश दिएको थियो । ६ लेन सडकमा पार्किङ निषेध गरिएको दाबी गर्दै खड्काले भने, ‘सर्भिस लेनको अभावमा ठूला मालवाहक सवारी एउटै लेनमा गुड्नुपर्ने अवस्थाका कारण सडक भासिएको हो ।’

भासियो ६ लेन सडक

उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान खण्डको छ लेनको सडक (कोसी) मार्ग निर्माण सम्पन्न नहुँदै भासिन थालेको छ ।‘अस्पाल्ट’ प्रविधिको कालेपत्र गरिएको यो सडकको भारवहन क्षमता १० टन मात्र हो ।  तर २० टनसम्म भार बोकेका ढुवानीका साधन गुड्दा रानीदेखि निमुवासम्मको सडक खण्डको पश्चिम क्षेत्र भासिएको हो ।