धनुषामा चौथो पटक जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जनाए । जिल्लाभर लागु हुने गरी एक साता सम्म निषेधाज्ञा थपिएको छ । धनुषामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा निरन्तर रुपमा जारी छ ।