दाङ – लुम्बिनी प्रदेश सभा सचिवालयले स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीमा पहिलाे कार्यक्रम आयोजना गरेको गरेको छ । आज शुक्रवार भएकाे कार्यक्रममा प्रदेश सभा सचिवालयले शुभकामना आदानप्रदान तथा प्रदेश सभा सदस्यलाई सम्मान गरेको छ ।
पाँच वर्षे कार्यकालको अन्तिम समयमा प्रदेश सभा सचिवालयले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर प्रदेश सभा सदस्यको सम्मान र शुभकामना आदानप्रदान कार्यक्रम राखेको हो । कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले समानुपातिक, समावेशी प्रणाली सबैभन्दा उत्कृष्ट प्रणाली भएको बताउनुभयाे । याे ...