राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा निर्माणमा व्यापक ढिलाइ हुँदा मुख्य ठेकेदार पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको छ । आयोजना कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सम्झौता किन नतोड्ने भनी स्पष्टीकरण माग्दै ठेक्का रद्दतर्फ अघि बढेको जानकारी दिएको हो । करिब ६१ प्रतिशत समय सकिँदा भौतिक प्रगति १० प्रतिशतमै […]
नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत आज ७५३ वटै पालिकामा जनप्रर्दशन गर्ने भएको छ । मंगलबार प्रतिगामी षडयान्त्रका विरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु गर्ने पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार २२ गते देशका सबै ६ हजार ७ सय […]
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । आइतबार र सोमबार स्थगित गरिएको केन्द्रीय समिति बैठक बिहान साढे ११ बजे पार्टी कार्यालयमा बस्ने केन्द्रीय कार्यालयले जनाएको छ । गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ। बैठकमा कांग्रेसमा दुई पक्षले छुट्टाछुट्टै महाधिवेशन कार्यतालिका प्रस्तुत […]
हुम्ला– मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर गए राति दुर्घटनामा परेको थियो । बाजुरा गौमुल गाउँपालिका– ३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिए । विद्युत् पोल बोक्ने […]
सरकारले भू–उपयोग नियमावली, २०७९ लाई तेस्रो पटक संशोधन गरेपछि देशभर रोकिएको कित्ताकाट प्रक्रिया खुल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रो संशोधित नियमावली स्वीकृत गरेसँगै यसअघि अवरुद्ध रहेको जग्गा विभाजन तथा कित्ता छुट्याउने कार्य सञ्चालनमा आउनेछ । भू–उपयोग नियमावली जारी भएको तीन वर्ष बितिसक्दा पनि देशभरका ७५३ स्थानीय तहमध्ये २५३ पालिकाले मात्रै जग्गाको पूर्ण […]
काठमाडौं – जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेका एक व्यक्तिले छुटेकै दिन राति श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वत प्रमुख डिएपी विजय यादव अनुसार सोमबार दिउँसो कारागारबाट छुटेका मोदी गाउँपालिका ५१ वर्षीय जितबहादुर विकले मध्यरातमा श्रीमती सीता विककको हत्या गरेका हुन् । प्रमुख यादवका अनुसार राति हसियाँको प्रयोग गरेर घरमै श्रीमतीको हत्या गरेको […]