काठमाडौँ- बिनासकारी भूकम्पबाट क्षतिग्रस्त भएको काभ्रेको नमोबुद्ध–५ कानपुरस्थित ऐतिहासिक, प्राचिन कालीका मन्दिरको पुननिर्माण सम्पन्न भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र नगरपालिकाको ७५ लाखको लगानीमा पुनर्निर्माण गरिएको मन्दिरको उद्घाटन गरेकी हुन् । वि. सं १८३८ सालमा स्थापना भएको मन्दिर स्थानीय मैनालीको कुल देवताको मन्दिर हो । मन्दिर उद्घाटन गर्दै […]