काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले […]
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनोमानीपूर्वक चयन गरिएको उम्मेदवारीलाई लिएर चर्को आलोचना भएपछि सच्याउन थालेका छन् । उनले सुदूरपश्चिमका दुईवटा निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम सच्याएएका हुन् । शनिबारको सचिवालय बैठकमा ओलीले एकलौटी गरेको निर्णयमा कार्यकर्ताहरूले आपत्ति र विरोध जनाएपछि उम्मेदवार फेरिएको हो । एमालेले कञ्चनपुर क्षेत्र नम्बर १ को निर्वाचनमा २०७९ सालमा […]
काठमाडौं– नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले आसन्न निर्वाचनका क्रममा राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकले तोकिएको समयमा सरकार पाएर राजनीतिक निकाससँगै आर्थिक निकास पनि पाउनुपर्नेमा जोड दिए । ‘अहिले राजनीतिक एजेन्डाले मात्र प्राथमिकता पाइरहेको देखिन्छ, तर मुलुकको अर्थतन्त्र सुधारका लागि […]