काठमाडौँ । आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण उक्त सम्भावना बनेको हो । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा […]
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत क्षेत्रबाट केन्द्रीय सदस्यमा नेपाल मेडिकल एशोसिएसनका पूर्वअध्यक्ष डा. केदार नरसिंह केसी र बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित भएका छन्।
रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग अवरुद्ध भएपछि सङ्कटमा परेका रसुवाको लाङटाङ क्षेत्रका सबै घरधुरीका लागि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरी वितरण गरिएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने प्रमुख पर्यटकीय तथा दुर्गम हिमाली बस्ती लाङटाङका हरेक परिवारलाई खाद्यान्न सङ्कट हुन नदिन पालिका र सरोकार भएका निकायको सक्रियतामा राहत पुर्याइएको हो […]
२९ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको छ ।
यसअघि सरकारले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजनाको मार्गदर्शन अनुरूप नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय तथा जिम्मेवारीपूर्ण सहभागिता …
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ। सिफारिसमा तनहुँका डिल्लीराज लम्साल, सिरहाकी संगीता यादव र काठमाडौंका होमनाथ न्यौपाने परेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित सिफारिस समितिले कार्ययोजना, प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मूल्यांकनका आधारमा बढी अंक प्राप्त गर्ने तीन उम्मेदवार छनोट गरेको […]
नेपाललाई थप वित्तीय स्रोत अवश्य चाहिन्छ । तर, हरेक समस्याको उत्तर थप ऋण हुनु हुँदैन । विपत्को क्षति घटाउने, आयोजना समयमै सम्पन्न गर्ने, संस्थागत दोहोरोपन हटाउने र बचतलाई नागरिकको सेवामा रूपान्तरण गरियो भने ऋणमाथिको निर्भरता घटाउन मद्दत पुग्छ ।