जसपा एक साताभित्र सरकारमा जान्छः उपेन्द्र यादव

मोरङ– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एक साताभित्र सरकारमा सहभागि हुने बताएका छन्। बिहीबार विराटनगरमा पार्टीको जिल्ला समन्वय समिति कार्यलय उद्घाटन गर्दै अध्यक्ष यादवले गठबन्धन दलबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरिने र सरकारमा सहभागि हुने बताएका हुन्। उनले महन्थ ठाकुर नेतृत्वको पार्टीको सरकारमा सहभागिता नहुने बताए। हालको दलीय गठबन्धनमा ठाकुरको दल सहभागि […]

सम्बन्धित सामग्री

उपेन्द्र यादव निरन्तर पछि परेपछि जसपाका प्रतिनिधिले गरे मतगणना बहिष्कार

अध्यक्ष उपेन्द्र यादव फराकिलाे मतान्तरले पछि पर्दै गएपछि सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिहरूले मतगणना बहिस्कार गरेका छन्

वीरगञ्जमा जसपा उपेन्द्र यादव पक्षको बैठक सुरु

वीरगञ्ज – जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षधरको केन्द्रीय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको छ। काठमाडौँमा बाबुराम भट्टराई पक्षधर केन्द्रिय समितिको विस्तारित बैठक जारी रहँदा यादव पक्षधर कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको हो। जारी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा गर्ने, भट्टराई पक्षधरले काठमाडौँमा जारी राखेको केन्द्रिय समिति बैठकका बारेमा धारणा बनाउनेलगायत विषयमा […]

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेता चुनिएका छन् । शनिबार सिंहदरबारको संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले यादवलाई दलको नेता चयन गरेको हाे ।  जसपाका नेता महेन्द्र राय यादवको समर्थन र संघीय परिषद् अध्यक्ष डा.बाबुराम...

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो । बैठकमा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका छन् । […]

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो। संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेता चयन भएका हुन् ।  बैठकमा २१ जना संघीय सांसदहरुको उपस्थिति रहेको थियो ।

निर्वाचन आयोगले दियो उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले आधिकारिकता दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए...

जसपा उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणीको बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणीको बैठक आज बस्दैछ। अर्का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको भोलिपल्ट यादव समूहको बैठक बस्न लागेको हो। पार्टी कार्यालय बालकुमारीमा११बजे बस्ने बैठकमा काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यकारिणी सदस्यहरु सहभागी हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए। बैठकमा निर्वाचन आयोगको सनाखत र सर्वोच्च अदालतको मुद्दा लगायतमा छलफल गरिनेछ।

बालकुमारीमा जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक जारी

जनता समाजवादी पार्टी नेपाल (जसपा) उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक जारी छ । जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा ११ बजेदेखि सुरु भएको बैठक अझै जारी रहेको कार्यकारिणी समितिका सदस्य इस्तियाक राइले बताए ।बैठकमा पार्टीका आन्तरिक विवाद, निर्वाचन आयोगको निर्णय, देशको समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा छलफल भइरहेको बताइएको छ । पार्टीमा आन्तरिक विवादका कारण अर्का अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिको बैठक नरहेको जानकारी हिजो विज्ञप्ति जारी गरेर बताएका थिए । यादव पक्षको का

जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं।जसपाको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।बिहान ११ बजेपछि बस्ने बैठकमा महन्थ ठाकुर,राजेन्द्र महतोसहितका नेतामाथि बहुमतले गरेको कारबाही अमान्य हुने निर्वाचन आयोगको निर्णयबारे छलफल हुने बताइएको छ। यसअघि नै उपेन्द्र यादव पक्षले आयोगको निर्णयप्रति आपत्ति जनाइसकेको छ। कारबाही अस्वीकार गर्ने आयोगको निर्णयलगत्तै एकतर्फी रूपमा कार्यकारिणी सदस्य थप गरेका ठाकुरले भने बैठकमा नजान कार्यकारिणी सदस्यहरुलाई आग्रह गरेका थिए।

निर्वाचन आयोग पूर्वाग्रहपूर्ण रहेको जसपा उपेन्द्र यादव पक्षको निष्कर्ष

जनता समाजवादी पार्टी (जसपा) नेपाल उपेन्द्र यादव पक्षले निर्वाचन आयोग पूर्वाग्रहपूर्ण रहेको निष्कर्ष निकालेको छ । अध्यक्ष उपेन्द्र यादवले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका पदाधिकारी र बहुमत सदस्यले गरेको निर्णयलाई आयोगले दल दर्ता किताबमा अद्यावधिक नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘निर्वाचन आयोगको निर्णयले पार्टी विधान विपरीत काम गर्ने, दलको आचारसंहिता पालना नगर्ने, अराजक एवं अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रूपले वैधानिकता दिन खोजिएको जस्तो देखिन्छ, जुन कार्य विधिसम्मत देखिँदैन,’...