इमरान खानविरुद्ध अविस्वासको प्रस्ताव खारेज

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ । तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले आइतबार खानविरुद्धको प्रस्ताव खारेज गरेका हुन् । प्रस्ताव संविधानको धारा ५ विपरित भएको सुरीले बताए । एउटा अनौठो पहलस्वरुप विपक्षी राजनीतिक दलहरुले सभामुख असद कैसरविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि सुरीले बैठकको अध्यक्षता गरेका […] The post इमरान खानविरुद्ध अविस्वासको प्रस्ताव खारेज appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

अविश्वासको मतबाट पद गुमाउने पाकिस्तानकै पहिलो प्रधानमन्त्री बने इमरान खान

चैत २७, इस्लामावाद (पाकिस्तान) ।  पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ । संसदमा शनिवार मध्यरातमा भएको मतदानमा खान विरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको थियो । खानलाई पदमुक्त गर्न १७२ मत चाहिएको थियो । उनको विपक्षमा १७४ मत खसेकोे थियो । पाकिस्तानको इतिहासमा अविश्वासको प्रस्तावमार्फत यस अघि कुनै प्रधानमन्त्री पदमुक्त भएका थिएनन् । यसरी पद गुमाउने खान पाकिस्तानको पहिलो प्रधानमन्त्री बनेका छन् । पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षको कार्यकाल पूरा गर्न पाएका छैनन् ।  प्रतिपक्ष दलले मार्च ८ मा अविश्वासको प्रस्ताव गरेका थिए । अघिल्लो हप्ता खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावलाई उपसभामुखले मतदानको दिन खारेज गरिदिएका थिए । आफूविरुद्धको प्रस्ताव खारेज भएपछि प्रधानमन्त्रीले तत्काल संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । सर्वाेच्च अदालतले बिहीवार संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंबैधानिक भएको ठहर गर्दै फैसला सुनाएको थियो । नयाँ प्रधानमन्त्री चयनका लागि आइतवार दिउँसो २ बजे संसद बैठक बस्नेछ । खानले आफूविरुद्ध विपक्षी दलसँग मिलेर विदेशीहरुले षडयन्त्र गरेको दाबी गर्दै आएका थिए । एजेन्सी

पाकिस्तानका लागि अन्तिम बलसम्म संघर्ष गर्छु : इमरान खान

पूर्व क्रिकेटर समेत रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अन्तिम बलसम्म देशका लागि लड्ने बताएका छन्। राष्ट्रियसभाबाट उनीविरुद्धको अविश्वासको प्रस्ताव खारेज भएपछि खानको प्रस्तावमा राष्ट्रपति आरिफ अल्वीले संसद विघटन गरेका थिए। तर, बिहीवार भने सर्वोच्‍चले संसद पुनर्स्थापना गर्दै अविश्वासको प्रस्ताव अघि बढाउन भनेको थियो। सर्वोच्चको आदेशपछि इमरानले शुक्रवार पाकिस्तानी जनतालाई सम्बोधन गर्ने…

फेल भए इमरान खान, सर्वोच्चले व्युँतायो संसद, शनिबार अविश्वास प्रस्तावमा मतदान

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको प्रयास असफल भएको छ । अविश्वासको प्रस्तावको चुनौती सामना गर्न नसकेर अविश्वास प्रस्ताव खारेज एवं संसद विघटन गरेका खानविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले फैसला गर्दै संसद व्युँताएको छ । अदालतले अविश्वासको प्रस्तावमा संसदमा शनिबार मतदान हुने फैसलासमेत गरेको छ ।

मुस्किलमा इमरान खान, सर्वोच्चले फैसला दिँदै

पाकिस्तानी प्रधानमन्त्री इमरान खान नराम्रोसँग फस्ने भएका छन् । अविश्वासको प्रस्तावको सामना गर्ने दिन मतदान हुन नदिइ प्रस्ताव नै खारेज गरेर संसद भङ्ग गरेका खानविरुद्धको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउँदै छ ।

मुस्किलमा इमरान खान, सर्वोच्चले फैसला दिँदै

पाकिस्तानी प्रधानमन्त्री इमरान खान नराम्रोसँग फस्ने भएका छन् । अविश्वासको प्रस्तावको सामना गर्ने दिन मतदान हुन नदिइ प्रस्ताव नै खारेज गरेर संसद भङ्ग गरेका खानविरुद्धको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउँदै छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खान किन भए असफल ?

आफूविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि रन्थनिएका खानले सभामुखलाई प्रयोग गर्दै अविश्वासको प्रस्ताव असंवैधानिक भन्दै खारेज गर्न लगाए । र, त्यसलगत्तै उनले संसद विघटन भएको घोषणा गरे ।

कामचलाउ प्रधानमन्त्री नियुक्त नहुन्जेल इमरान खान पदमा रहिरहने

विघटित संसदका प्रधानमन्त्री इमरान खानले आफ्ना कर्तव्य जारी राख्ने पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले बताएका छन् । कामचलाउ प्रधानमन्त्री नियुक्त नहुन्जेल खानले पाकिस्तानको संविधानको धारा २२४ ए बमोजिम आफ्ना कर्तव्य जारी राख्ने राष्ट्रपति अल्भीले बताएका हुन् । प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपति अल्भीले आइतबार संसद विघटन गरेका थिए । यसअघि प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ ।तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले खानविरुद्धको प