काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली याक्सले बंगलादेशका युवा क्रिकेटर अरिफुल इस्लामलाई अनुबन्ध गरेको छ । २१ वर्षीय अरिफुलले बंगलादेशको यू–१९ राष्ट्रिय टोलीबाट विश्वकप खेलिसकेका छन् । उनले बंगलादेशको यू–१९ राष्ट्रिय टोली, हाई पर्फर्मेन्स टोली तथा ‘ए’ टोलीबाट समेत खेलिसकेका छन् । अरिफुलले हालै अस्ट्रेलियामा भएको टप इन्ड टी–२० सिरिजमा उत्कृष्ट […]
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रालयले नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा प्रयोग भइरहेका ‘नेलिस’ एलआरएमआइएस तथा मेरो कित्ता व्यवस्थापनका लागि खरिद गरिएका हार्डवेयर र सफ्टवेयरको वास्तविक अवस्था अध्ययन गर्न […]
नारायणगढ । जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा जिल्लाका तीन हजार ३६२ जना मतदाताको नाम नामावलीबाट हटाएको छ । जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार निर्वाचन आयोग नेपालको स्वीकृत कार्यक्रमअनुसार जिल्लाभरि गरिएको नामावली छानबिनका क्रममा दोहोरो दर्ता भएका, मृत्यु भएका र नागरिकता परित्याग गरेका व्यक्तिको नाम हटाएको हो । “यही असोज १ […]
दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर दाङले एक वर्षमा १६१ पटक विभिन्न खाद्य व्यवसायको निरीक्षण तथा अनुगमन गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा सोही बराबरका व्यवसायको अनुगमन गरिएको हो । जसमध्ये कार्यालयका खाद्य निरीक्षक मात्र संलग्न रहेका ८८ वटा एकल अनुगमन र विभिन्न नियमनकारी निकायका प्रतिनिधिसहितका ७३ वटा संयुक्त अनुगमन […]
नयाँ दिल्ली । दिल्ली प्रहरीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई रिहा गरेको छ । हिरासतबाट मुक्त भएपछि पत्रकारहरूसँग कुरा गर्दै बनर्जीले भनिन्, ‘अहिले हामी केही बोल्दैनौँ, किनकि भोलि इन्डिया गठबन्धनले एकजुट भएर विरोध प्रदर्शन गर्ने आह्वान गरेको छ । हामी सबै एकसाथ छौँ । म अनुशासन र व्यवस्थाको उल्लंघन गर्न सक्दिनँ, यस मामिलामा म निकै अनुशासित […]