बालकुमारीमा जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक जारी

जनता समाजवादी पार्टी नेपाल (जसपा) उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक जारी छ । जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा ११ बजेदेखि सुरु भएको बैठक अझै जारी रहेको कार्यकारिणी समितिका सदस्य इस्तियाक राइले बताए ।बैठकमा पार्टीका आन्तरिक विवाद, निर्वाचन आयोगको निर्णय, देशको समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा छलफल भइरहेको बताइएको छ । पार्टीमा आन्तरिक विवादका कारण अर्का अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिको बैठक नरहेको जानकारी हिजो विज्ञप्ति जारी गरेर बताएका थिए । यादव पक्षको का

सम्बन्धित सामग्री

जसपा कार्यकारिणी समिति बैठक : १२ एजेन्डा तय

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक सुरु भएको छ । आज (शुक्रबार)देखि सुरु भएको बैठकको १२ वटा एजेन्डा तय गरिएको छ । पहिलो एजेन्डा स्थानीय तह निर्वाचनका लागि दल दर्ता छ भने दोस्रो एजेन्डा अमेरिकी सहयोग परियोजना एमसीसी छ । जसपामा सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षबीच […]

मन्त्री छान्न जसपा कार्यकारिणी समिति बैठक

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बसिरहेको छ । बैठकमा मन्त्री छान्ने लगायत एजेण्डा रहेका स्रोतले जनाएको छ ।  नेता मनिष सुमनले कार्यकारिणी समिति बैठक शुरू भएको जानकारी दिए । निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि सरकारमा जानेबारे छलफल अगाडि बढेको छ ।

यादव पक्षको जसपा कार्यकारिणी समिति बैठक जारी

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय बालकुमारीमा काठमाडौंमा रहेका कार्यकारिणी सदस्य सहभागी छन्। बैठकमा निर्वाचन आयोगको निर्णय, सर्वोच्च अदालतको मुद्दा, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठनलगायतका विषयमा छलफल भइरहेको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए।

उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक बस्दै

न्युज अफ नेपाल , काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन् । बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित नेताहरुलाई भने बोलाइएको छैन । यो समूहले ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको छ । बैठकमा निर्वाचन आयोगको निर्णय, लुम्बिनी प्रदेश सरकार लगायतबारे छलफल हुने राईले […]

यादव पक्षले बोलायो कार्यकारिणी समिति बैठक, ठाकुर पक्षमाथि कारबाही गर्ने तयारी

काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको बेला यादव पक्षले आज बोलाएको कार्यकारिणी समितिमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले विधानविपरित गतिविधि गरेकोबारे छलफल हुने र आवश्यक निर्णय लिईने यादव पक्षका एक नेताले जनाए । पछिल्लो समय जसपा सत्ता […]

ठाकुर–महतोले आफूनिकट सांसदलाई काठमाडौँ बोलाए

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूनिकट सांसद तथा पार्टी कार्यकारिणी समिति सदस्यलाई काठमाडौं आउन निर्देशन दिएका छन् ।संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले गत १४ वैशाखमा पार्टी कार्यकारिणी समिति बैठक बसेर ‘आफ्नो पक्षमा बहुमत सदस्य रहेको’ दाबी गरेपछि ठाकुर–महतो समूहले आफूनिकट नेतालाई काठमाडौं बोलाएका हुन् ।बबरमहलस्थित तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल कार्यालयमा बसे

जसपामा बैठक बस्नै जुटेन सहमति

१४ वैशाख, काठमाडौं । आन्तरिक मतभेदका कारण अनिर्णित बनेको जनता समाजवादी पार्टी (जसपा) पदाधिकारीहरु मंगलबार पार्टी कार्यालय बालकुमारीमा जम्मा त भए, तर १५/२० मिनेट भन्दा बैठक चलेन । कार्यकारिणी समिति बैठक बोलाउन समेत सहमति नभएको नेताहरुले बताएका छन् । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नेपाली कांग्रेसको नेतृत्वमा नयाँ […]