सरकारतर्फका कानुन व्यवसायीहरूको सुरुवाती बहस आज

काठमाडौं, असार १३ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज रिट निवेदकतर्फका बाँकी कानुन व्यवसायीले बहस गर्दै छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिटमा बाँकी निवेदक पक्षका कानुन व्यवसायीले आज बहस गर्न लागेका हुन् । रिट निवेदकतर्फका कानुन व्यवसायीहरूलाई सुरुवाती बहस गर्न अब २ घण्टा ३५ मिनेटको समय बाँकी रहेको छ […]

सम्बन्धित सामग्री

सन्दीपको तर्फबाट ४ कानुन व्यवसायीले बहस गर्ने, पूर्ण फैसला आजै

काठमाडौंं – बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिदैछ । काठमाडौं जिल्ला अदालतले आज लामिछानेविरुद्ध सजाय तोक्नेछन् । अहिले पीडितका तर्फबाट सरकारी वकिलहरुले बहस गर्दैछन् । उनीहरुको बहस सकिएपछि लामिछानेको तर्फबाट चार कानुन व्यवसायिले बहस गर्ने अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । पन्थीका अनुसार आजै पूर्ण […]

प्रदेशसभामा उपयुक्त कानुन तर्जुमा र राष्ट्रहितमा बहस गर्न सभामुखको आग्रह

सभामुख देवराज घिमिरेले ठिक ढङ्गले सभा सञ्चालन तथा उपयुक्त कानुन तर्जुमा गर्दै जनता, राष्ट्रहितमा बहस, छलफल गर्न प्रदेश सभामुख र उपसभामुखलाई सुझाव दिनुभएको छ । सङ्घीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान तथा अन्तरक्र्रियामा उहाँले अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली उपयुक्त रहेकाले जनताको हितमा कसरी काम गर्ने भन्नेमा बहस र छलफल केन्द्रित गर्न आग्रह …

एक नम्बर न्यायाधीशको इजलासमा शाहको थुनछेक बहस, १७ जना कानुन व्यवसायीले बहस गर्ने

काठमाडौं । पल शाहविरुद्धको बलात्कार अभियोगमा अहिले जिल्ला अदालत तनहुँमा थुनछेक बहस सुरु भएको छ। जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुङ्गानाको इजलासमा बहस केहीबेरअघि सुरु भएको श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए। अहिले जाहेरवालाका तर्फबाट बहस भइरहेको छ। कुँवरका अनुसार जाहेरवालातर्फबाट ७ जना र प्रतिवादीतर्फबाट १० जना कानुन व्यवसायीले वकालतमा दर्ता गराएका छन्।‘अहिलेसम्म १७ जना […]

सर्वोच्चका सम्पूर्ण इजलासमा भोलि बहस पैरवी नगर्ने कानुन व्यवसायीहरुको घोषणा

२५ कात्तिक, काठमाडौं । कानुन व्यवसायीहरुले भोलि (शुक्रबार) सर्वोच्च अदालतका सम्पूर्ण इजलासमा बहस पैरवी नगर्ने घोषणा गरेका छन् । बिहीबार सर्वोच्च अदालतमा भएको धर्नाका क्रममा प्रहरीले बल प्रयोग गरेको विरोधमा नेपाल बार एशोसिएसनले यस्तो घोषणा गरेको हो । विरोध सभामा बार महासचिव लीलामणि पौड्यालले दिएको जानकारीअनुसार भोलि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा समेत कानुन व्यवसायीहरुले बहस […]

सभामुखका कानुन व्यवसायीले थाले बहस

काठमाडौं। संवैधानिक इजलासमा सभामुखका कानुन व्यवसयायीले बहस सुरु गरेका छन्। सभामुखका तर्फबाट बसहका लागि छुट्याइएको २ घण्टामध्ये १ घण्टा अधिवक्ता मेघराज पोखरेलले बहस गर्नेछन्। यसपछि श्रीकृष्ण सुवेदी, वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, लवकुमार मैनाली र श्याम खरेलले बहस गर्ने तयारी छ।

सभामुखका कानुन व्यवसायीको बहस शुरु

विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सभामुख अग्नि प्रसाद सापकोटा पक्षका कानुन व्यवसायीको बहस शुरु भएको छ । अधिवक्ता मेघराज पोखरेलले बहस शुरु गरेका छन् ।  सभामुखको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागी २ घण्टा समय छुट्याइएको छ । अधिवक्ता पोखरेलले १ घण्टा बहस गर्ने बताइएको छ ।  पोखरेलपछि सभामुखको तर्फबाट श्रीकृष्ण सुवेदी, बरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, लव कुमार मैनाली र श्याम खरेलले बहस गर्नेछन् । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश च

प्रधानमन्त्रीका तर्फबाट कानुन व्यवसायीको बहस सकियो, आइतबार सभामुखको तर्फबाट बहस

प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली तर्फका कानुन व्यवसायीको बहस सकिएको छ । शुक्रबार संवैधानिक इजलासमा प्रधानमन्त्रीका तर्फबाट ११ जना कानुन व्यवसायीले बहस गरेका छन् ।आइतबार सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस हुनेछ । प्रधानमन्त्रीको तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ताहरू रमेश गुरागाईं, विष्णुमणी अधिकारी, ईश्वरीप्रसाद भट्टराई, अधिवक्ताहरू भोजराज आचार्य, बाबुराम दाहाल, सिपी रेग्मी, बलबहादुर राई, शान्तिदेवी खनाल, विष्णुमाया भुसाल, अनन्त लुईँटेल र लोकनाथ खरेलले बहस गरेका छन् ।अ

संवैधानिक इजलासमा बहस सुरु

संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीको बहस आज पनि जारी छ । शुक्रबार प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले बहस सुरु गरेका छन् ।प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि छुट्याएको समय एकघण्टा ३० मिनेट बाँकी छ ।एक घण्टा ३० मिनेटमा शुक्रबार १३ जना वकिलले बहस गर्दैछन् । वरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणि अधिकारी र अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले १०–१० मिनेट बहस गर्ने बताइएको छ ।प्रधानमन्त्रीका कानुन विज्ञ बाबुराम दाहालले ७ मिन

प्रधानमन्त्री तर्फका कानुन व्यवसायीको समय अब डेढघण्टा बाँकी, आजको बहस सकियो

प्रतिनिधिसभा विघटन मुद्दामा आजको बहस सकिएको छ । बिहीबार दिनभर प्रधानमन्त्री तर्फका कानुन व्यवसायीले बहस गरे । प्रधानमन्त्री तर्फका कानुन व्यवसायीका लागि बहस गर्न अब १ घण्टा ३० मिनेट समय बाँकी छ । बिहीबार वरिष्ठ अधिवक्ता अग्नि खरेल, सुरेन्द्रकुमार महतो, अधिवक्ता परशुराम कोइराला, सुवास आचार्य, वरिष्ठ अधिवक्ताहरू महेश नेपाल, टंक दुलाल र रविनारायण खनालले बहस गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध रिटः आज २९ जना कानुन व्यवसायीहरुले बहस गर्ने

काठमाडौं, असार ११। प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाईमा रिट निवेदकको तर्फबाट आज २९ जना कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन् । हरेक दिन ४ घण्टामात्रै बहस गराउने इजलासको आदेश अनुसार निवेदक तर्फका २९ कानुन व्यवसायीहरुलाई आज ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ । रिटको पक्षमा बहस गर्न वकालतनामा बुझाएका कानुन व्यवसायीहरुको छलफलबाटै २९ […]