सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।
सोमवार दिउँसो २ बजे संसद सचिवालयमा बस्ने गरी सभामुखले सर्वदलीय बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्नको लागि बैठक बोलाइएको उनले बताए ।
सभामुख सापकोटाले सरकारले संसदमा पेश गर्न लागेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौताबारे राजनीतिक दलहरूसँग छलफल गर्न लागेका हुन् ।
संसद बैठक निरन्तर अवरूद्ध भएको र त्यसलाई खुलाउन सहयोग गर्न सभामुखले राजनीतिक नेत...