स्थानीय तहमा स्रोतको खोजी

असार १० गतेभित्र सबै बजेट ल्याइसक्नुपर्ने कानूनी व्यवस्थाअनुसार सबैजसो स्थानीय तहले आआफ्नो बजेट सार्वजनिक गरेका छन् । कोरोना महामारी चलिरहेकाले सबैजसोलाई स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकतामा राखेको पाइन्छ । केही स्थानीय तहमा विवादका कारण बजेट आउन सकेको छैन । यसले स्थानीय तहहरू परिपक्व हुन अझै नपुगेको तथ्यलाई संकेत गर्छ । स्थानीय तहहरूले त्रैवार्षिक योजना बनाउन सकेका छैनन् जसले गर्दा योजनाबद्ध विकास हुन सकेको छैन । संघीयताको अभ्यासपछि स्थानीय तहहरूले ल्याएको यो बजेट पाँचाैं हो । संघीयतामा स्थानीय तहलाई निकै अधिकार सम्पन्न बनाइए पनि दक्ष जनशक्तिको कमी तथा सरकारी संयन्त्रबीचको समन्वयको कमीले अहिलेसम्म पनि स्थानीय तहहरू बजेट निर्माणमा प्राथमिकता तय गर्न र त्यसअनुसार कार्यक्रम ल्याउन प्रभावकारी हुन सकेका छैनन् । हरेकजसो वर्ष दर्जनौं पालिकाहरूले बजेट नै पारित नगरी खर्च गरिरहेको पाइन्छ भने स्थानीय तहमा निर्वाचित पदाधिकारीहरू दलीय आधारमा विभाजित भइरहँदा बजेट नै पारित नहुने अवस्थासमेत देखिइरहेको छ । आगामी आवको बजेट पनि कतिपय पालिकामा प्रस्तुत हुन सकेको छैन । यसले संघीयताले स्थानीय तहलाई अधिकार सम्पन्न बनाए पनि नागरिक जागरुक नभएसम्म यस्तो अधिकार उपयोग हुन नसक्ने देखाएको छ स्थानीय तहले अघिल्ला वर्षहरूमा जनप्रतिनिधिहरूका लागि सवारीसाधनमा बढी खर्च गरेको भनी आलोचना भएको थियो । यस वर्ष यस शीर्षकमा ठूलो रकम विनियोजन गरेको देखिएको छैन । तर, केन्द्र सरकारमा जस्तै पूँजीगत खर्चको बजेटको आकार चालूको दाँजोमा सानो हुने र त्यो पनि खर्च नहुने विडम्बना स्थानीय तहमा पनि देखिएको छ । यिनीहरूले स्थानीय आवश्यकताअनुसार नै बजेट बनाउने हुँदा खर्च नहुनुपर्ने आधार देखिँदैन । स्थानीय तहहरूले आफ्नो स्रोतको खोजी खोजी गरेर केन्द्रमा निर्भरता घटाउन सकेको देखिँदैन । स्थानीय तहले केन्द्रीय सरकारबाट वित्तीय समानीकरण अनुदान, विशेष अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र राजस्व बाँडफाँटको रकम प्राप्त गर्छन् । थप बजेट आफ्नै स्रोतबाट जोहो गर्नुपर्ने हुन्छ । संविधानको अनुसूची ८ अनुसार सम्पत्ति कर, घरबहाल कर, व्यवसाय कर र मालपोत स्थानीय सरकारका एकलौटी अधिकारभित्र पर्छ । स्थानीय तहको एकलौटी अधिकारमा रहेका चारओटा करका सम्बन्धमा उनीहरूले दीर्घकालीन योजनाका साथ व्यवस्थापन गर्नुपर्ने हुन्छ । उनीहरूले दिने सेवासुविधा, विकास निर्माणका काम सबैका लागि यी स्रोतमाथि नै निर्भर हुनुपर्ने भएकाले दिगो स्रोतका लागि पर्याप्त योजना आवश्यक देखिन्छ । नगरपालिकाहरूसँग स्रोत केही बढी नै देखिन्छ तर गाउँपालिकाहरूले भने स्रोतको जोहो गर्न सकेको कमै देखिन्छ । यस्तोमा स्थानीय वासिन्दाले पालिकाहरूबाट बढी सुविधाको अपेक्षा गर्ने हो तथा विकास निर्माणको काम बढी चाहने हो भने कर पनि बढी तिर्न तयार हुनुपर्छ । कर बढी नउठाउने हो भने अन्य स्रोत खोज्नुपर्छ । स्रोत नभए पनि स्थानीय प्राकृतिक स्रोतहरू वनजंगल, गिटीढुंगा आदि बेच्ने अवस्था आउँछ । बजेट नै पारित नगर्ने, विनियोजित बजेट शीर्षकअनुसार खर्च नगर्ने, खर्चको विवरण सही ढंगले नराख्ने जस्ता समस्या पनि देखिएका छन् । यसमा स्थानीय तहलाई निर्देशन दिने संयन्त्रमा कमजोरी रहेको देखिन्छ जसलाई हटाउने उपाय खोज्नुपर्छ । केन्द्र सरकारमा जम्मा भएको रकम अधिकांश भाग केन्द्र सरकारले नै खर्च गर्छ । केन्द्रीय सरकारका अनावश्यक संरचनाले गर्दा यसो भएको हो । परराष्ट्र, अर्थ, आदि केही बाहेकका मन्त्रालय आदिको संरचना हटाउँदा उसको खर्च घट्न गई स्थानीय तहले बढी अनुदान पाउन सक्छन् । यसका लागि पनि स्थानीय तहहरूले लबिङ गर्नुपर्छ । स्थानीय तहहरू राजनीतिक गुटबन्दीमा लाग्दा कमजोर भएका छन् । चुनावका बेला दलीय विभाजन देखिए पनि निर्वाचनपछि दलीय अवधारणा वा विभाजन अनावश्यक हो । स्थानीय तहहरूले त्रैवार्षिक खर्च योजना बनाउन सकेका छैनन् जसले गर्दा योजनाबद्ध विकास हुन सकेको छैन । यसका लागि पनि स्थानीय तह अझै बलियो हुन जरुरी छ ।

सम्बन्धित सामग्री

अझै ३५ स्थानीय तह अन्धकार, ४७६ स्थानीय तहमा भने पूर्ण विद्युतीकरण

नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण  भएको छ । तर ३५ स्थानीय तहमा भने अझै नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन ।प्राधिकरणले मुलुकभरीका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ अनुसार, कुल जनसंख्याको ९२.५१ प्रतिशतमा विद्युतको पहुँच पुगेको छ । विद्युतको पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत

४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण

१६ भदौ, काठमाडौं । नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ भने ३५ स्थानीय तहमा विद्युत् पुग्न सकेको छैन । प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ–२०७९ अनुसार कुल जनसंख्याको […]

स्थानीय तहमा अब कांग्रेस पहिलो दल

काठमाडौं, जेठ ५ । स्थानीय तह निर्वाचनको जारी मतगणनामा प्राप्त परिणामअनुसार नेपाली कांग्रेस स्थानीय तहमा अब पहिलो दल बन्ने पक्का भएको छ । २०७४ को निर्वाचनमा स्थानीय तहमा पहिलो दल बनेको नेकपा एमाले ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विगत जोगाउने परिणाम ल्याउन नसक्दा एक स्थान तल झर्दै दोस्रो बन्ने देखिएको हो । २०७४ को […]

४२ स्थानीय तह जित्दा काँग्रेसले खोस्यो एमाले/माओवादीको २२ स्थानीय तह (विवरणसहित)

नेपाली काँग्रेसले यो समाचार तयार पर्दासम्म ४२ वटा स्थानीय तहमा जित निकालेको छ । २०७४ सालको स्थानीय तहमा आफूले पराजय भोगेको २२ नयाँ स्थानीय तहमा एमाले निर्वाचित भएको छ । काँग्रेसले ४२ स्थानीय तह मध्ये २० तहमा पुनरागमन गरेको छ भने २०७४ सालमा एमालेले जितेका १७ स्थानीय तहमा एमालेले जीत निकालेको छ । यस्तै माओवादी केन्द्रले यसअघि जितेको ४ स्थानीय तह पनि काँग्रेसले हात पारेको छ । यस्तै नयाँ शक्तिले जितेको एक स्थानीय तह पनि काँग्रेसले जितेको छ । यी हुन् नेपाली काँग्रेसले जितेको ४२ स्थानीय तह १

देशभरका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

स्थानीय निर्वाचनको तयारी अन्तिम चरणम आसन्न स्थानीय तह निर्वाचनका लागि देशका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । ११ र १२ वैशाखमा उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका छ । त्यसअगाडि ती...

ताप्लेजुङका आधा दर्जन बढी स्थानीय तह अधिकृतबिहीन

फुङ्लिङ । ताप्लेजुङका आधा दर्जन बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतबिहीन बनेका छन् । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा लामो समयदेखि स्थानीय तह प्रमुखविहीन अवस्थामा छन् । कुनै स्थानीय तह करिब ६ महिना अघिदेखि र कुनै केही सातायता प्रमुखविहीन बनेका हुन् । यहाँ स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको अन्यत्र सरुवा भएको र […]

ताप्लेजुङका स्थानीय तहमा कर्मचारी अभाव

ताप्लेजुङका आधा दर्जन बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकारीविहीन बनेका छन् । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा लामो समयदेखि स्थानीय तह प्रमुखविहीन अवस्थामा छन् । कुनै स्थानीय तह करिब ६ महिना अघिदेखि र कुनै केही सातायता प्रमुखविहीन बनेका हुन् । यहाँ स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको अन्यत्र सरुवा भएको र सो ठाउँमा तत्काल पदपूर्ति नहुँदा प्रमुखविहीन बनेका हुन् । फक्ताङ्लुङ गाउँपालिका ६ महिनादेखि प्रमुखविहीन छ ।यस्तै मिक्वाखोला गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय

राप्रपाले सबै स्थानीय तहमा उम्मेदवारी दिने

२७ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय पदाधिकारी बैठकमा महामन्त्री तथा स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले पेश गरेको स्थानीय तह निर्वाचन विशेष कार्ययोजनामाथि छलफल भएको थियो । जसमा सबै स्थानीय तहमा […]

बागमतीमा ‘एक स्थानीय तह, एक उद्योग’

काठमाडौं। बागमती प्रदेशले ‘एक स्थानीय तह, एक उद्योग’का लागि आवश्यक बजेटको बिनियोजन गरेको छ। प्रदेश सरकारका सबै स्थानीय तहमा उद्योग सञ्चालन गर्ने लक्ष्यसहित प्रदेश सरकारले यस्तो योजना ल्याएको हो। हाल प्रदेशका १५ स्थानीय तहमा औद्योगिक ग्रामको योजना अगाडी बढ्दैछ।