जाजरकोटमा मह उत्पादन घट्यो

जाजरकोट । नलगाड नगरपालिका–१ कलपतका रामबहादुर बुढाले गतवर्ष ३५० धार्नी मह विक्रीबाट चार लाख ५० हजार आम्दानी गरेका थिए । यस वर्ष ५० धार्नी पनि मह उत्पादन नभएकाले उनी अहिले निराश भएका छन् । सोही ठाउँका कालीबहादुर पुनको पनि ६० घार मौरीले यो वर्ष १० धार्नी मह पनि उत्पादन गर्न सकेन । व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका उनी आम्दानी घटेपछि अहिले निराश छन् । बुढा र पुन प्रतिनिधि पात्र हुन् । अहिले जिल्लाका ३५० भन्दा बढी किसानको समस्या उस्तै छ । व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका किसान मह उत्पादन घटेको बताउँछन् । गत असोज कात्तिक महीनामा भएको बढी वर्षाले चिउरीलगायत अन्य फूलको रस बगाउँदा जिल्लाभर मह उत्पादन घटेको भेरी नगरपालिका कृषि शाखा प्रमुख यज्ञ अधिकारीले बताए । रासस

सम्बन्धित सामग्री

चरन अभावले मह उत्पादन घट्यो

काठमाडौँ,२७ मँसिर । म्याग्दीका ग्रामीण क्षेत्रहरुमा चिउरी, पैयुँ जस्ता दुदिलो प्रजातिका रूखहरु नासिँदै र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै जादा मौरी चरन क्षेत्रको अभाव भएको छ । मौरीलाई चरन क्षेत्रको अभावले मह उत्पादनमा कमी आएको कृषकहरुले बताएका छन् । विगत वर्षहरुको तुलनामा यस वर्ष अत्यधिक रुपमा वर्षाले बाढी, पहिरो तथा भूक्षयले क्षति पु¥याउनाका साथै कुकाठको […]

मौरीको चरन अभाव हुँदा म्याग्दीमा मह उत्पादन घट्यो

काठमाडौँ- म्याग्दीका ग्रामीण क्षेत्रहरुमा चिउरी, पैयुँ जस्ता दुदिलो प्रजातिका रूखहरु नासिँदै र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै जाँदा मौरी चरन क्षेत्रको अभाव भएको छ । मौरीलाई चरन क्षेत्रको अभावले मह उत्पादनमा कमी आएको कृषकहरुले बताएका छन् । विगत वर्षहरुको तुलनामा यस वर्ष अत्यधिक रुपमा वर्षाले बाढी, पहिरो तथा भूक्षयले क्षति पु¥याउनाका साथै कुकाठको नाममा सामुदायिक […]

प्रतिकूल मौसमले दाङमा मह उत्पादन घट्यो

देउखुरी : दाङमा यस वर्ष मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष एक सय ६० टन मह उत्पादनमा कमी आएको माहुरी जोन परियोजना दाङले जनाएको छ । पर…

अत्यधिक वर्षाले मह उत्पादन घट्यो

चिउरी फुल्ने सिजनमा अत्यधिक वर्षा भएपछि जाजरकोटमा यस वर्ष महको उत्पादन झन्डै आधा घटेको छ । जाजरकोटमा १ हजार किसानले व्यावसायिक मौरीपालन गर्दै आएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । तर उत्पादन घटेपछि किसानलाई जीविकोपार्जनको चिन्ताले सताएको छ ।

जाजरकोटमा मह उत्पादन घट्यो

जाजरकोट । जाजरकोटमा मह उत्पादन ९० प्रतिशतले घट्दा किसान मारमा परेका छन् । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा धेरै नै कमी कमी आएको हो । गत वर्ष करिब १० हजार किलो मह उत्पादन भएकोमा यस वर्ष ९० प्रतिशत घटेर १ हजार किलो मात्र उत्पादन भएको कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र नेपालीले […]

मह उत्पादन घट्यो

एक दशकदेखि मौरीपालन व्यवसाय गरिरहेका कालीमाटी गाउँपालिका–३ झिगानेका लोकेन्द्रबहादुर ओलीले गत वर्ष १४ क्विन्टल मह उत्पादन गरे । ७ सय रुपैयाँ प्रतिकिलो बिक्री गर्दा उनको कमाइ ९ लाख ८० हजार रुपैयाँ भयो । तर यो वर्ष २ क्विन्टल मात्र मह उत्पादन भएको छ । गत वर्ष महबाटै ४ लाख रुपैयाँ कमाएका उनका छिमेकी वेदबहादुर ओलीले यो वर्ष एक क्विन्टल मात्र मह उत्पादन गरे ।

बझाङमा मह उत्पादन घट्यो, मौरी पाल्नेलाई ज्ञान केन्द्रले अनुदान दिने

बझाङ : जयपृथ्वी नगरपालिका-५ घर भएका धन बहादुर बुढाथापा बाजेको पालादेखि नै शुरू गरिएको मौरीपालन व्यवसायमा लागिरहेका छन्‌। बाजेको पालामा आफ्नो घरमा २५ घार मौरी रहेको, तर अहिले ५ घार मात्रै बाँकी रहेको उनी बताउँछन्‌। तर, पछिल्लो समय मौरीको घार पनि कम हुँदै गएको र भएका मौरी मर्न थालेपछि उनी चिन्तित छन्‌। उनले भने, 'मौरी के कारणले मरे भन्नेबारे धेरै जानकार नभएपनि भएका घारहरूमा पनि मह निकाल्दा मह पनि हुँदैन, मह उत्पादन गर्ने उत्तम समय चैत र वैशाख भ

म्याग्दीमा मह उत्पादन घट्यो

बस्ती नजिकका आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पति नासिँदै गएपछि पुष्परसको अभावका कारण मह उत्पादन घट्दै गएको किसानको भनाइ छ ।

चरन क्षेत्रको अभावले मह उत्पादन घट्यो

पूर्वी नवलपरासीमा मौरीपालन व्यवसायमा युवाहरुको सङ्ख्या बढ्दैगएको छ । तर माहुरीको चरन क्षेत्र अभावले मह उत्पादनमा ह्रास आएको छ । नेपाल मौरीपलक संघ नवलपुरका अनुसार अहिले जिल्लामा ३० टनभन्दा बढी मह उत्पादन हुनेगरेको छ । उत्पादनअनुसार महले बजार नपाउँदा किसानहरु चिन्तित छन् ।

मह उत्पादन घट्यो

दुई वर्षअघि जाजरकोटको सदरमुकाम खलङ्गासहित आसपासका बजारमा पाइने कात्तिकेमह अहिले किन्न पाइँदैन । कात्तिकेमह उत्पादन नै घटेका कारण बजारमा भेटिन छोडेको हो । नलगाड नगरपालिका कृषि शाखाका प्रमुख बालकृष्ण आचार्यले अघिल्लो वर्षभन्दा यो वर्ष महको उत्पादन घटेको बताउनुभयो । असोज महिनामा भएको बेमौसमी वर्षाले चिउरीको फूल झारेको र रस बगाएकाले मह उत्पादन घटेको उहाँले बताउनुभयो ।