क्यानमाथिकाे निलम्बन पूर्णरूपमा फुकुवा

काठमाण्डाै – अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान) माथि लगाउँदै आएको 'कन्ट्रोल फन्डिङ' पूर्णरूपमा फुकुवा छ ।   क्यानले आज मङ्गलवार एक विज्ञप्ति निकाल्दै आईसीसीबाट कन्ट्रोल फन्डिङ पूर्णरूपमा फुकुवा भएको जनाएको छ । याेसँगै अब नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त देशसरहकाे आर्थिक अनुदान र गतिविधि गर्न पाउने छ ।  २०७६ असोज ११ र १२ गतेको विशेष साधारण सभाबाट नयाँ निर्वाचित कार्यसमिति आएपछि आईसीसीले क्यानको निलम्बन फुकुवा गरेकाे थियाे । तर कन्ट्रोल फन्डिङ भने फुकु...