व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ – सत्ता गठबन्धन टुट्ने जोखिम बढेपछि नेकपा माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने निर्णय गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने निर्णय गरेको माओवादीका एक नेताले जानकारी दिएका हुन्। पार्टीको बैठकबाट निर्णय गरेर प्रचण्ड गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटार गएका छन्। बालुवाटार […]

सम्बन्धित सामग्री

एमसीसी पास गर्ने माओवादी केन्द्रको निर्णय

माओवादी केन्द्रले एमसीसी संसदबाट पास गर्ने निर्णय गरेको छ । आज बिहान पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले  अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको हो ।यस अघिसम्म माओवादीले कुनै पनि हालतमा एमसीसी अनुमोदन गर्न नसकिने अडान राखेको थियो । तर एमसीसी कै कारण गठबन्धन भत्किने र सत्ता समिकरण नै फेरबदल हुन सक्ने अवस्था आएपछि माओवादीले व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय गरेको हो ।एमसीसीबारे छलफल गर्न आज संसद बैठक बस्दै छ । बैठक दिउँसो १ बजेको लागि बोलाईएको छ ।   संसद सचिवालयले तयार पारेको कार्यसूची   'अर्थ मन्त्री श्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज करिशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) माथि सामान्य छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।' उल्लेख छ।यस अघि फागुन ८ गते बसेको बैठकमा नाराबाजी र होहल्लाका बीच एमसीसी पेश भएको थियो ।  एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ ।

सर्वदलीय सहमति जुटाएरमात्रै एमसीसी पास गर्नुपर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं, ४ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सम्पन्न भएको छ। उक्त बैठकले सदनमा एमसीसी जबरजस्ती टेबल गर्न नहुने र यसको लागि राष्ट्रिय सहमति जुटाउनुपर्ने निश्कर्ष निकालेको छ । प्रमुख सचेतक देव गुरुङले भने,‘सबै दलको सहमति हुनुपर्छ, कम्तीमा सरकारमा रहेका गठबन्धनका बीचमा पनि सहमति जुट्न जरुरी छ ।

यथास्थितिमा एमसीसी पास नगर्ने माओवादी केन्द्रको निर्णय

२३ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता संसदबाट पास नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकमा नेताहरुले अर्थ मन्त्रालय तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्रमाथि प्रश्न उठाएका थिए । एमसीसीबारे उठेका प्रश्नहरुलाई समेटेर अर्थ मन्त्रालयले भदौमा मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र […]