१० वर्ष भित्र डिजेल, पेट्रोल र एलपी ग्याँसमुक्त देश बनाउन आजैबाट काम सुरु गरौ : गगन थापा

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन्।  महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौति थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भिर ध्यानाकर्षण गराए  । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले कुनै मन्त्रालयलाई यो समस्या पन्छाएर नबस्न पनि प्रधानमन्त्री देउवासँग आग्रह गरे। महामन्त्री थापाले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि तत्काल पेट्रोलियम पदार्थ ऐन ल्याउन पनि सरकारलाई सचेत गराए । उनले सरकारले १० वर्ष भित्र डिजेल, पेट्रोल र एलपी ग्याँसमुक्त देश बनाउने गरी काम गर्न आजैबाट सुरु गर्नुपर्ने बताउनु भयो । नभए यसले मुलुकलाई झनै मारमा पर्ने महामन्त्री थापाको भनाई थियो । उनले भने,  ‘कोभिड र त्यसपश्चात रुस–युक्रेन युद्धका कारणले गर्दा अन्तराष्ट्रिय बजारमा जसरी मूल्य आकाशिएको छ । सप्लाई जसरी अवरुद्ध भएको छ । यसले आउने दिनहरु झनै चुनौतिपूर्ण हुने संकेत गरिरहेको छ । यसको आधारमा भारतले अव जस्तो निर्णय गर्छ, त्यस हाम्रो बजारलाई थप प्रभावित पार्छ । त्यसैले यसलाई हलुका रुपमा नलिन आग्रह गर्दछु । म एउटा कुनै मन्त्रालयको मात्रै कुरा होईन, यसले यति अस्तव्यस्त बनाउछ–हाम्रो देश समाज सबैतिर । त्यसैले मत सम्मानीय प्रधानमन्त्रीजीलाई नै आग्रह गर्न चाहन्छु–युद्धको जस्तो सोच राखेर वार सुटिङमा काम गर्नुपर्ने बेला छ । कुनै एउटा मन्त्रालयलाई मात्रै पन्छाएर हुनेवाला छैन । मेरो पहिलो विषय यो हो । पेट्रोलियम पदार्थ अन्तराष्ट्रिय बजारबाट हामीहरु किन्छौं । त्यसमा ६० पैसा मात्रै हो प्रशासनिक खर्च । आयल निगम छैन भन्ने मान्ने हो भने पनि एक लिटर जम्मा ६० पैसा मात्रै कटने हो । बाँकि त हाम्रो कर हो । पूर्वाधार कर हामीले घटायौं । अरु पनि घटाएर भएपनि जनतालाई मूल्यवृद्धिबाट राहत दिनैपर्छ । खपत कम गर्न प्रभावकारी कदम पनि हामीले चाल्नुपर्छ । हाम्रो स्टोरेज ६ महिनाको होइन, ८÷१० दिनको मात्रै छ । हामीले स्टोरेज क्यासिटी बढाउनै पर्छ । कच्चा तेल ल्याएर रिफाईन गर्ने विकल्पबारे पनि सोचौं । अर्कोकुरा, यो संसद चलिरहेको बेला म माननीय मन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु–पेट्रोलियम ऐन चाहियो हामीलाई । पेट्रोलियम ऐन लिएर आयौ भने हामीलाई यसले बाटो देखाउँछ । मेरो अन्तिम कुरा भनेको नेपाललाई पेट्रोल, डिजेल, एलपी ग्याँस मुक्त देश बनाउन आजैबाट महत्वकांक्षी योजनाका साथ १० वर्ष भित्रमा निमिटयान्न पार्ने भनेर लाग्यौ भने बाँच्छौ हामी ।’महामन्त्री थापाले पेट्रोलियम पदार्थको स्टोरेज क्यापासिटी बढाउने काममा पनि ध्यान दिन सरकारलाई दवाव दिए । 

सम्बन्धित सामग्री

काठमाडौं ४ मा भारी मतान्तरले गगन थापा निर्वाचित

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा भारी मतान्तरका साथ विजयी भएका छन् ।

काठमाडाैं- ४ मा गगन थापा १८११ मतले अगाडि

काठमाडाैं निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका गगन थापा एमालेका राजन भट्टराईभन्दा १८ सय ११ मतले अगाडि छन्

काठमाडौं-४ मा गगन थापा अगाडि

काठडमाडौं । काठमाडौं ४ को मतगणनामा कांग्रेसका गगन थापा १ हजार ५३८ मतले अगाडि रहनुभएको छ । थापाले ८ हजार १८७ मत प्राप्त गनुएभएको छ । उहाँका निकटम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले ६ हजार ६४९ मत प्राप्त गनुएभएको छ ।

स्वर्णिम वाग्लेकाे दाबी- चुनावपछि गगन थापा प्रधानमन्त्री

कांग्रेस नेता एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले पार्टी महामन्त्री गगन थापा आसन्न चुनावपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

७० प्रतिशत नेपाली उत्पादन सरकारी कार्यालयले प्रयोग गर्नुपर्छ : गगन थापा

७० प्रतिशत नेपाली उत्पादन सरकारी कार्यालयले प्रयोग गर्नुपर्छ : गगन थापा

कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा

नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री गगन थापा नियुक्त भएका छन्। सभापति शेरबहादुर देउवाले बिहीबार थापालार्इ संयोजकमा नियुक्त गरेका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार फागुन ३ मा बसेको कांग्रेस केन्द्रीय...

कांग्रेस महामन्त्रीमा गगन थापा निर्वाचित हुने निश्चित

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४०९० मत गन्दा उनले २६४४ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करिब ६ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् । दोस्रो स्थानमा रहेका विश्वप्रका शर्माले […]

गगन थापा खुले पौडेल समूहमा

काठमाडौं । आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुलेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा थापा मञ्चमा देखिएका थिए । १३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थापा सो समूह छाडेर पौडेल समूहमा प्रवेश गरेका हुन् […] The post गगन थापा खुले पौडेल समूहमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.