१३ औं साफका उपविजेता खेलाडी र प्रशिक्षकलाई सरकारले गर्‍यो नगदसहित सम्मान

पुस ६, काठमाडौं । १३ औं साफ च्याम्पियनसीप फुटबलमा उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका खेलाडीलाई नगदसहित सम्मान गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान  आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले साफमा पहिलो पटक उपविजेता बन्दै इतिहास रचेको टोलीका खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गर्नुभएको हो । टिमका २३ जना खेलाडी र तीन जना प्रशिक्षकलाई नगद तथा व्यवस्थापकसहित चार जना पदाधिकारीलाई प्रमाणपत्र र खादा लगाएर सम्मान गरिएको हो । सरकारले  राष्ट्रिय फुटबल टिमका खेलाडीलाई ५/ ५ लाख  रुपैयाँ र तीन जना प्रशिक्षकलाई ३ लाख रुपैयाँका दरले सम्मान गरेको हो । माल्दिभ्सको मालेमा असोज १५ गतेदेखि ३० गतेसम्म आयोजना भएको साफमा नेपाल पहिलो पटक फाइनल पुग्दै इतिहास रचेको थियो । फाइनलमा भारतसँग पराजित हुँदै नेपाल भने उपविजेता बनेको थियो । सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले फुटबल खेलाडीलाई अझ राम्रो प्रदर्शन गर्न शुभकामना दिनुभएको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अझै राम्रो प्रदर्शन गर्दै सम्मान गर्ने वातावरण बनाउन फुटबल टिमलाई आग्रह गर्दै पुरस्कारलाई निरन्तरता दिने बताए ।  

सम्बन्धित सामग्री

वाफ उपविजेता महिला फुटबल टोलीलाई लोयल्टीको नगदसहित सम्मान

काठमाडौं।  लोयल्टी एकेडेमीले वाफ वुमन्स च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार नगदसहित सम्मानित गरेको छ । एकेडेमीमा सोमबार  मन्डिखाटारमा एक कार्यक्रम आयोजना गर्दै वाफ महिला च्याम्पियनसिपको उपविजेता २३ खेलाडी र ८ अफिसियललाई सम्मान गरेको हो । उनीहरूलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पूर्व मन्त्री सीता गुरुङ र लोयल्टीका संस्थापक निर्देशक विजय साम्बाहाम्फेले सम्मानपत्र […]

यू-१७ फुटबल टिमलाई प्राइम सेरामिक्सको सम्मान

१३ असोज, काठमाडौँ । साफ यू-१७ च्याम्पियनसिपमा उपविजेता भएको नेपाली टिमलाई प्राइम सेरामिक्सले बिहीबार नगदसहित सम्मान गरेको छ । ललितपुरमा आयोजित कार्यक्रममा प्राइम सेरामिक्सका कार्यकारी अधिकृत प्रशान्त अग्रवालले नेपाली टिमका २३ खेलाडी तथा ६ अफिसियललाई सम्मान गरे । अग्रवालले खेलाडी र अफिसियलला२ ५-५ हजार प्रदान गरेका हुन् । सेप्टेम्बर ५ देखि २० सम्म श्रीलंकाको कोलोम्बोमा […]

फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् ।युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को विशेष पहलमा गत कात्तिक १ गते बसेको मन्त्रिपरिषद्को बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी […]

फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् । गत कार्तिक १ गते बसेको मन्त्रिपरिषद्को बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो । असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औँ संस्करणको साफ च्याम्पियनस

साफ उपविजेता नेपाली टिमका खेलाडी सम्मानित

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा उपविजेता बनेको नेपाली टिमका खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रमा टिमका २३ खेलाडीलाई जनही ५ लाख र ३ प्रशिक्षकलाई जनही ३ लाख रुपियाँ पदान गरेका हुन् । माल्दिभ्समा असोजमा सम्पन्न साफ च्याम्पियनसिपको नेपाल फाइनलमा पराजित भएको थियो । साफ च्याम्पियनसिपको इतिहासमा […]

नेपाल फुटबल खेलाडीलाई तरुण विभागको नगदसहित सम्मान

राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा तरुण विभागले साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरेको हो ।

काँग्रेस तरुण विभागद्धारा फुटबल टोलीलाई नगदसहित सम्मान (फोटोफिचर)

काठमाडौं, १० कात्तिक । नेपाली काँग्रेस तरुण विभागले आज (बुधबार) साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरेको छ । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली नगदसहित सम्मान गरेको हो । नेपाली टोलीका खेलाडी र प्रशिक्षकहरुलाई गृहमन्त्री बालकृष्ण खाँडले सम्मानित गरेका हुन् । खेलाडीलाई प्रदान गरिएको नगद पुरस्कार […]

महिला फुटबल टिमलाई विराटनगर महानगरको सम्मान

काठमाडौँ : गत चैतमा सम्पन्न पाँचौ साफ च्याम्पियन्सिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई विराटनगर महानगरपालिकाले नगदसहित सम्मान गरेको छ।  महानगर कार्यालयमा सोमबार एक कार्यक्रम गरेर उपविजेता टिमका २० जना खेलाडी, प्रशिक्षक र अफिसियललाई जनही ५० हजारसहित सम्मान गरेको हो।  फाइलनमा भारतसँग ३&ndas...