काठमाडौंको गैरीधारा क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीहरूको बस्ती आज सरकारले हटाएको छ। बिहानैदेखि सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिमा सुरु गरिएको उक्त अभियानपछि त्यहाँ रहेका धेरै परिवारहरू विस्थापित भएका छन्। सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने उद्देश्यले सञ्चालन गरिएको कारबाहीअन्तर्गत बस्ती पूर्ण रूपमा खाली गराइएको छ। हाल उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। डोजर प्रयोग […]
इस्लामाबाद– मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकासँग दोस्रो चरणको शान्ति वार्ताका लागि इरानका विदेशमन्त्री अब्बास अराघची शुक्रबार राति इस्लामाबाद आइपुगेका छन्। यस भ्रमणलाई क्षेत्रीय शान्ति र स्थिरता तर्फको महत्वपूर्ण कूटनीतिक कदमका रूपमा हेरिएको छ। विदेशमन्त्री अराघचीसँगै इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईसहितको प्रतिनिधिमण्डल पनि इस्लामाबाद पुगेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार अराघचीले प्रधानमन्त्री शहबाज शरीफ र […]