पाकिस्तान ३ वर्षदेखि धार्मिक स्वतन्त्रता उल्लंघन गर्ने देशको सूचीमा

अमेरिकाले धार्मिक स्वतन्त्रता उल्लंघन गर्ने देशहरूको सूची सार्वजनिक गर्दै पाकिस्तानलाई पनि उक्त सूचीमा राखेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनले जारी गरेको उक्त सूचीमा पाकिस्तानसंगै तालिबानलाई पनि धार्मिक स्वतन्त्रता उल्लंघन गर्ने सूचीमा राखेको छ ।

सम्बन्धित सामग्री

भारतमा धार्मिक स्वतन्त्रता कमजोर : यूएससीआईआरएफ

बीबीसी। धार्मिक स्वतन्त्रता मूल्यांकन गर्ने अमेरिकाको 'यूएस कमिसन अन इन्टरनेसनल रिलिजियस फ्रिडम' (यूएससीआईआरएफ)ले भारतमा २०२० मा सबैभन्दा धेरै धार्मिक स्वतन्त्रता उल्लंघन भएको बताएको छ। संस्थाले भारतलाई 'कन्ट्रिज अफ पार्टिकुलर कन्सर्न'को सूचीमा राख्नुपर्नेसमेत धारणा राखेको छ। यूएससीआईआरएफले भारतलाई सुझाव दिँदै भनेको छ- अमेरिकाले भारतसँग यसबारे निरन्तर सुनुवाइको माध्यमबाट, पत्र र प्रतिनिधि मण्डल गठनबाट कुरा उठाउनु आवश्यक छ।