काठमाडौं : कोभिड–१९ ले प्रभावित बनाएको शैक्षिक सत्र २०८० बाट नियमित हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता डिल्लीराम लुइटेलले आगामी नयाँ शैक्षिक सत्र १२ महिनै हुने जानकारी दिए। उनका अनुसार चालू शैक्षिक सत्र चैतमा सकिनेछ।२०८० सालबाट भने वैशाखबाट शैक्षिक सत्र शुरु गरी चैत मसान्तसम्म कायम हुनेछ। ‘अहिलेसम्म भौतिक उपस्थितिमा नियमित पठनपाठन भइरहेको छ। त्यसैले अबको नयाँ शैक्षिक सत्रबाट शैक्षिक सत्र नियमित हुने छ’, उनले भने। चालू शैक्षिक सत्र गत जेठ १ गतेबाट शुरु भ