५३.३० अंकले बढ्यो नेप्से परिसूचक, हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाए

फागुन ३, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५३ दशमलव ३० अंकले बढेको छ । यो दिन नेप्से परिसूचक २ हजार ७५४ दशमलव २८ विन्दुमा पुगेको हो ।  यो दिन कारोबारमा आएका २२४ ओटा धितोपत्रको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर ४३ हजार ५१९ पटकमा रू. ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ दशमलव ४८ मा  खरीदविक्री भएको छ । कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४८९ दशलमव ५० पुगेको छ । त्यसैगरी दोस्रोमा तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ८ दशमलव ७० प्रतिशत बढेर रू. ६०० पुगेको छ ।  मंगलवार सबैभन्दा बढी घट्नेमा एनआईसी एशिया ब्यालेन्स फण्ड इकाई रहेको छ । फण्डको इकाई मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव १४ प्रतिशत घटेर प्रतिइकाई रू. १० दशमलव ८० कायम भएको हो । त्यसैगरी दोस्रोमा एनआईसी एशिया ग्रोथ फण्डको इकाई मूल्य १ दशमलव ८६ प्रतिशत घटेर रू. १२ दशमलव ११ कायम भएको छ ।   त्यसैगरी, सर्वाधिक शेयर खरीदविक्री हुनेमा हिमालयन डिष्टिलरी रहेको छ । कम्पनीको रू. २२ करोड ७७ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४ हजार ३४२ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री गर्ने दोस्रोमा नेशनल हाइड्रोपावर कम्पनीको रू.१८ करोड ५३ लाख बराबरको कारोबार भएको हो ।  कारोबारमा आएका १३ ओटा समूहकै परिसूचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको हो । मंगलवार सबैभन्दा बढी हाइड्रोपावर समूहका लगानीकर्ताले कमाएका छन् । उक्त समूहको परिसूचक ४ दशमलव ३२ प्रतिशत वृद्धि भएसँगै सर्वाधिक कमाएका हुन् ।  समूहगत परिसूचक बढ्नेमा बैंकिङ समूहको परिसूचक शून्य दशमलव ८४ प्रतिशत, व्यापार समूहको परिसूचक १ दशमलव ३५ प्रतिशत, होटल एण्ड टुरिजम समूहको १ दशमलव ६३ प्रतिशत, विकास बैंक समूहको २ दशमलव ७१ प्रतिशत, वित्त समूहको २ दशमलव ५ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशलमव ४९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ५४ प्रतिशत, अन्य समूहको ३ दशमलव ३ प्रतिशत, लघुवित्त समूहको २ दशमलव ८२ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव २५ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव २ प्रतिशत र लगानी समूहको परिसूचक २ दशमलव ४९ प्रतिशत वृद्धि भएको छ । केहि दिनदेखि लगातार घटेको बजार मंगलवार भने सुधारिएको छ । घटेको बजारमा खरीदकर्ता हाबी हुँदा बजार बढेको हो । बजार बढेपनि कारोबार रकम भने बढेको छैन । लगानीकर्ताहरुलाई २ हजार ७०० विन्दुबाट तल जान्छ कि माथि जान्छ भन्ने अन्योल रहेकाले पनि कारोबार रकममा कमी आएको देखिन्छ । 

सम्बन्धित सामग्री

१३ अङ्कले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव ३० मा पुगेको छ।...

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलब शून्य नौ अंकले उकालो लागेर दुई हजार एक सय ४३ दशमलव ९३ मा पुगेको छ। आजको कारोबारमा ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५१ अंकले उकालो लागेर चार […]

४.१५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ।बिहीबार नेप्से परिसूचक ४.१५ अंक बढेर १८७०.६३ बिन्दुमा बन्द भएको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.९५ अंक, फ्लोट इण्डेक्स ०.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंकले बढेको छ।बिहीबार कारोबारमा आएका २२२ कम्पनीको २६ लाख ९८ हजार कित्ता शेयर ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा बिहीवार कारोबार रकममा सामान्य सुधार भएको छ। बुधबार ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री

११.३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : पछिल्ला दुई दिन गिरावट भएको नेप्से परिसूचक बुधबार सामान्य अंकले बढेको छ।बुधबार नेप्से परिसूचक ११.३२ अंक बढेर १८६६.४८ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४८ अंक, फ्लोट इण्डेक्स ०.८१ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंकले बढेको छ। बुधबार कारोबारमा आएका २२३ कम्पनीको २० लाख ८५ हजार कित्ता शेयर ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलवारको तुलनामा बुधबार कारोबार रकममा पनि सामान्य सुधार भएको छ।बुधबार नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको

३.७६ अंकले बढ्यो नेप्से परिसूचक

साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।

७.९३ अंकले बढ्यो नेप्से परिसूचक

चालु आर्थिक वर्ष २०७८÷०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढेको छ। शुक्रबार नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४७ बिन्दुमा पुगेको हो।  त्यस्तै सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने...

५२.३१ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : पछिल्लो दुई हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीबार वृद्धि भएको छ।बिहीबार नेप्से परिसूचक ५२.३१ अंकले बढेर २ हजार ५६६.९० विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंकले बढेको छ।बिहीबार कारोबारमा आएका २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचक ५० अंकभन्दा बढीले बढे पनि कारोबार रकममा भने खासै सुधार भएको

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

१८ माघ, काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक १९ दशमलव २९ अंकले बढेर दुई हजार ८९१ दशमलव ३३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ९८ अंकले बढेको छ । कारोबार खुलेसँगै मंगलबार बजार घट्ने क्रम शुरू भएको […]

६०.४१ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ।अघिल्लो साताको बुधबार सामान्य अंकले सुधार आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार ६०.४१ अंकले वृद्धि भएको हो। पछिल्लो समय शेयर बजारमा निरन्तर रुपमा उतारचढाव आउन थालेको छ।आज ठूला कम्पनीको शेयर मापक गर्ने सेन्सेटिभ इण्डेक्स पनि २.२९ प्रतिशत, फ्लोट इण्डेक्स २.३९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४६ प्रतिशत बढेको छ।कारोबारमा आएका २४० कम्पनीको ७१ लाख ६० हजार ९८३

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । यस साताको अन्तिम कारोबार दिन बुधबार शेयर बजारमा सुधार देखिएको छ । साताको दुइ दिन लगातार घटेको नेप्से परिसूचक तेस्रो दिन दोहोरो अंकले बढेको थियो । चौथो दिन बुधबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । भोलि बिहीबार भने सार्वजनिक बिदा भएकाले कारोबार हुँदैन । साताका शुरुवाती दुई दिन […]