काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव जेठ ४ गतेभित्रै हुनुपर्ने बताउनुभएको छ । आज बुधवार भक्तपुरको गठ्ठाघरमा रहेकाे एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय तहको चुनाव हुनुपर्ने बताउनुभएको हो ।
सरकार संविधान कार्यान्वयन, सङ्घीयताको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासमा लाग्नुभन्दा सत्ता स्वार्थमा केन्द्रित रहेको आरोप लगाउँदै उहाँले कानुन एवम् संविधानअनुसार फागुनभित्र चुनाव ...