गोरखा : गण्डकी प्रदेश सरकार ढाल्न निर्णायक बनेको राष्ट्रिय जनमोर्चा (राजमो) फकाउन कांग्रेस र माओवादीले मुख्यमन्त्री पदको लोभ देखाइरहेका छन्। सुरुदेखि गुरुङ नेतृत्वलाई समर्थन दिइरहेको राजमोलाई यी दलले प्रदेश सरकारको नेतृत्व दिएरै भए पनि वर्तमान सरकारको समर्थन फिर्ता लिन लगाउने तयारी भएको कांग्रेसका एक सांसदले थाहाखबरसँग भने। उनले भने, ‘अहिले निर्णायक राजमो छ। हाम्रो तयारी प्रतिगमन सरकार फालेर नयाँ सरकार बनाउने हो। त्यसकारण, राजमोको साथ लिन नेतृत्व दिन सक्ने पनि हुन सक्छ, हामी