दक्षिण एशियाका लागि भारतको विकास मोडेल, विपिन देवको लेख

विकास मोडेल भन्नाले अनुभवको आदानप्रदान हो । व्यक्तिझैं मुलुक पनि एकअर्कासँग अनुभव साटासाट गरेको खण्डमा उपयोगी हुने गर्छ । कोरोनाको कहर र रसिया युक्रेन युद्धले गर्दा संसारभर वितरण प्रणाली प्रभावित भएको छ । अधिकांश मुलुक वित्तीय संकटमा हिँडिरहेको अवस्था छ । आर्थिक मन्दी र शिथिल व्यापारको राप र तापले गर्दा दक्षिण एशियालीहरू आक्रान्त देखिन्छन् । श्रीलंकाका जनताले दैनिक जीवनमा भोगको कष्ट र पाकिस्तानी जनताले सामना गरिरहेको समस्याले दक्षिण एशियामा आर्थिक आत्मपरीक्षण गर्नुपर्ने बेला आएको छ । यस प्रतिकूल वातावरणमा दक्षिण एशियाको ८५ प्रतिशत आर्थिक आकार भएको भारतीय अर्थतन्त्रले संसारमा सबभन्दा अधिक आर्थिक विकास दरको यात्रा गरिरहेको छ । अर्थात् भारतले प्राप्त गरेको उपलब्धि र सूत्रलाई अन्य दक्षिण एशियाली मुलुकहरू आफ्नो परिपे्रक्ष्य र सन्दर्भमा मनन गरेको खण्डमा उपलब्धिमूलक हुन सक्छ । भारतको उच्च आर्थिक विकास दरको द्योतक भारतको लोकतन्त्र हो । लोकतान्त्रिक व्यवस्थाले संस्थालाई बलियो बनाउँछ । संस्था बलियो भएको खण्डमा राज्यको संकल्प सिद्धिमा परिणत हुन्छ । लोकतान्त्रिक व्यवस्थामा राज्यको कार्य सम्पादनको मूल्यांकन जनताले बडो तदारुकताका साथ गरेको हुन्छ । यस तर्कलाई केही अर्थशास्त्रीहरूले प्रतिवाद पनि गरेका छन् । उनीहरूले चीनको आर्थिक विकासलाई उदाहरणको रूपमा लिन्छन् । तर, चिनियाँ जनताभन्दा ताइवानका जनताको आम्दानी पाँच गुणा बढी रहेको छ । यसको प्रमुख कारण ताइवानको प्रजातान्त्रिक पद्धति हो । डाभोस सम्मेलनदेखि जी ट्वेन्टीको हरेक बैठकमा भारतको विकास यात्रालाई अर्थशास्त्रीहरूले बखान  गरेका छन् । भारतको तीव्र आर्थिक विकासको कारण समावेशी लोकतन्त्र नै हो । समावेशी लोकतन्त्रले गर्दा खुला अर्थतन्त्र र भूमण्डलीकरणको लाभ भारतले प्रचुर मात्रामा लिएको छ । आज संसारको सबभन्दा अधिक स्मार्ट फोन डाटा प्रयोग गर्ने मुलुक भारत नै भएको छ । ग्लोबल फिन्टेकको प्रयोगमा पनि भारत अग्रणी स्थानमा छ । संसारका दोस्रो मोबाइल निर्माताको सूचीमा भारत रहेको छ । भारतले हरेक योजनालाई पर्यावरणमैत्री बनाएको छ । विगतका दिनमा ठूला योजनाहरू पर्यावरणमैत्री थिएनन् । तर, वर्तमान परिवेशमा हरेक योजनालाई पर्यावरणमैत्री बनाउन विद्युतीयकरणमा अधिक जोड दिएको छ । । यूपी उत्तराखण्ड रेलवेलाई पूर्णरूपले विद्युतीयकरण गर्न सरकार सफल भएको छ । पेट्रोलमा २३ प्रतिशत इथानोल प्रयोग गरेर पार्यावरणमैत्री बनाउन भारतले प्रयास गरेको देखिन्छ । गरीब जनतालाई राज्यकोषमा पहुँच बढाउन भारतले धेरै गुरु योजना परिचालित गरेको छ । सन् २०१४ देखि हालसम्म भारतले ११ करोड गरीबहरूलाई शौचालय उपलब्ध गराएको छ । सरकारी लाभांशमा बिचौलियालाई निस्तेज गर्न गरीब जनतालाई बैंकिङ प्रणालीमा जोड्न सरकार समर्थ भएको छ । थप ४१ करोड जनता बैंकिङ प्रणालीमा जोडिएका छन् । सरकारले प्रधानमन्त्री आवास योजनाअन्तर्गत ३ करोड गरीब जनतालाई आवास उपलब्ध गराएको छ । नारी अधिकारलाई दृष्टिगत गर्दै २ करोड ५० लाख घरहरूमा पुरूष र नारीको संयुक्त स्वामित्वलाई सरकारले स्थापित गरेको छ । एक समयमा एयर इन्डिया आर्थिक घोटालाको समाचार पत्रिकाहरूको पहिलो पृष्ठमा हुन्थ्यो भने वर्तमान परिवेशमा संसारमा सबभन्दा बढी विमान खरीद गर्ने कम्पनी बनेको छ । आर्थिक विकासको तीव्रताको कारणले गर्दा एशियाको सबभन्दा ठूलो हेलिकोप्टर कारखाना भारतले स्थापना गरेको छ ।  आज संसारमा सबभन्दा ठूलो मुद्दा सम्पत्तिसम्बन्धी अधिकारको हो । तथ्यांकअनुसार संसारका ३० प्रतिशत मान्छेसँग मात्र सम्पत्तिसम्बन्धी अधिकार रहेको छ । प्रजातान्त्रिक शासन व्यवस्थामा सम्पत्तिको स्वामित्व मौलिक अधिकारभित्र पर्छ । भारतले प्रधानमन्त्री स्वामित्व योजनाअन्तर्गत २ लाख ३४ हजार गाउँमा ड्रोन सर्वे गरेको छ । ड्रोन सर्वेअन्तर्गत सम्पत्तिको सीमांकन र रेखांकन बडो वैज्ञानिक ढंगले हुने गर्छ । उक्त योजनाअन्तर्गत १ करोड २२ लाख जनताले हालसम्म सम्पत्तिको अधिकारमा सुनिश्चितता पाएका छन् । त्यस्तै प्रधानमन्त्री किसान योजनाअन्तर्गत सरकारले २ प्वाइन्ट ५० लाख करोड धनराशि ११ करोड किसानलाई उपलब्ध गराएको छ । विगतका दिनहरूमा बोर्डरको गाउँलाई अन्तिम गाउँ भन्ने गरिन्थ्यो तर वर्तमान सरकारले बोर्डरको गाउँलाई पहिलो गाउँको दर्जा दिएको छ । सरकारको हरेक नीति र कार्यक्रम बोर्डरको गाउँबाट नै शुरू हुने गर्छ । भारत सरकारले उत्तर पूर्वी राज्यलाई राष्ट्रिय मूल प्रवाहमा ल्याउन अधिक ध्यान दिएको छ ।  वास्तवमा सुशासन मानवीय संवेदनाबाट मात्र सम्भव छ । रसिया युक्रेन युद्ध ताका सरकारको सबभन्दा ठूलो चुनौती नै भारतीय विद्यार्थीहरूलाई युक्रेनबाट मुक्त गराउनु थियो । सरकार १४ हजार विद्यार्थीहरूको परिवारसँग सीधै सम्पर्कमा थियो ।  दक्षिण एशियाका मुलुकहरूमा लोकतन्त्र कमजोर भएकाले गर्दा संस्थाहरूमा सेवा प्रवाह गर्ने क्षमता कमजोर भएको छ । नेपालको सन्दर्भलाई केलाउँदा दलहरूको भागबण्डा, बिचौलियाको बिगबिगी र माफियाको दबदबाले गर्दा सेवा प्रवाह गर्ने संस्थागत क्षमता कमजोर भएको छ । यस अर्थमा नेपाललगायत अन्य दक्षिण एशियाली मुलुकले भारतको अनुभवबाट पाठ सिक्नुपर्छ । वर्तमान परिवेशमा दातृ संस्थाहरूलाई पनि सहयोग प्रदान गर्न मुश्किल भइरहेको अवस्था छ । हरेक मुलुकले आप्mनो आर्थिक समस्या आपैm समाधान गर्नुपर्ने बाध्यता देखिएको छ । यस सन्दर्भमा भारत आप्mनो छिमेकीहरूप्रति आर्थिक कारोबारमा लचिलो हुनुपर्छ । यस सन्दर्भमा गुजरालले प्रतिपादन गरेको परराष्ट्र नीति मोदी सरकारले मनन गर्नुपर्छ । गुजराल डक्ट्रिनअनुसार ठूलो राष्ट्रको मुटु पनि ठूलो हुनुपर्छ । साना अर्थतन्त्र भएका मुलुकहरूसँग त्यागका भावनाका साथ सम्बन्ध अगाडि बढाउनुपर्छ । भारतीय अर्थतन्त्रसँग दक्षिण एशियाली अर्थतन्त्र पूर्ण रूपमा जोडिएको खण्डमा भारतलगायत सम्पूर्ण दक्षिण एशियाली मुलुकले फड्को मार्न सक्छ । लेखक अन्तरराष्ट्रिय मामिलाका अध्येता हुन् ।  

सम्बन्धित सामग्री

भारतको रेल विकास निगमसँग मिलेर रुसी कम्पनीले वन्दे भारत रेल बनाउने

मस्को- भारतको रेल विकास निगमसँग मिलेर रुसी कम्पनीले वन्दे भारत रेलको निर्माण गर्ने भएको छ । रुसको सबैभन्दा ठूलो रेल निर्माता ट्रान्समासहोल्डिङले भारतको रेल विकास निगम लिमिटेडसँग रेल निर्माणबारे शेयरहोल्डर सम्झौता गरेको हो । दुई संस्थाले संयुक्त रुपमा किनेत रेल्वे सोलुसन नामक कम्पनी स्थापना गरी भारतमा वन्दे भारत रेलको आपूर्ति र मर्मत गर्नेबारे सहमतीपत्रमा हस्ताक्षर […]

तापलहरले भारतको विकास जोखिममा

जलवायु परिवर्तनबाट सिर्जित घातक तापलहरले भारतको विकासलाई खतरामा पारेको र गरिबी उन्मूलन, स्वास्थ्य र आर्थिक वृद्धिमा देशको प्रगतिलाई उल्ट्याइरहेको एक नयाँ अध्ययनले दर्साएको छ । तापलहरले यसअघि नै देशलाई गम्भीर रूपमा असर...

भारतको जम्मु कश्मीरका किसान माछापालनतर्फ आकर्षित

काठमाडौँ- भारतको जम्मु कश्मीरका किसानहरु माछापालनतर्फ आकर्षित हुन थालेका छन् । भारतको केन्द्र सरकारले अघि सारेको राष्ट्रिय किसान विकास योजनाबाट प्रकावित भएर जम्मु कश्मीरका किसानहरु माछापालनतर्फ आकर्षित भएका हुन् । यसका लागि जम्मु कश्मीरमा मत्स्य विभागले पनि किसानहरुलाई माछापालनका लागि प्रोत्साहन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसबाट शिक्षा पाएर पनि अवसरबाट बञ्चित […]

यी हुन् भारतको सहयोगमा बनिरहेका विकास आयोजना ?

काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले १८ देखि २० चैत्रमा गर्ने भारत भ्रमणमा चासो बढेको छ । नेपालसँग भौगोलिक र सांस्कृतिक निकटता रहेको भारत भ्रमणमा महत्वपूर्ण सम्झौताहरु हुने भएको छ । भारतले विशेषगरी नेपालमा पूर्वाधार विकासमा गर्दै आएको सहयोगबारे चासोहरु भएका छन् । भविष्यमा कुन कुन परियोजना बढ्ने हो ? यसबारे पनि बहस चल्न […]

आईएमएफद्वारा भारतको आर्थिक विकास दर ९.५ % रहने प्रक्षेपण

असोज ३१, नयाँदिल्ली( भारत) । अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले  चालू वित्त वर्ष २०२१/२२ मा भारतको आर्थिक विकास दर ९ दशमलव ५ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।  उसले भारतले श्रम सुधार तथा निजीकरणको प्रक्रिया जारी राखेकाले आर्थिक विकास दरमा सुधार आएको बताएको छ । साथै आईएमएफले आगामी वित्त वर्षमा भने भारतीय अर्थ व्यवस्था ८ दशमलव ५ प्रशितले वृद्धि हुने प्रक्षेपण पनि गरेको छ । आईएमएफका अनुसार चालू वित्त वर्षमा भारतको मुद्रास्फीति ५ दशमलव ६ प्रतिशत रहने छ । तर कोरोना महामारीको कारण भारतको अर्थ व्यवस्था अनिश्चितता घेरमा रहेको छ । उसले कोरोना महामारीका कारण लगानी क्षेत्रमा नकारात्म प्रभाव जारी रहने भएकाले आर्थिक पुनरुद्धारमा भने ढिलाई हुने बताएको छ । एजेन्सी

‘भारतको आर्थिक वृद्धि यो वर्ष दोहोरो अङ्कमा हुनेछ’

भारतका केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले यो वर्ष भारतको आर्थिक वृद्धिदर १० प्रतिशत नजिक हुने दाबी गरेकी छन् । उनले भारत विश्वकै सबैभन्दा तीव्र गतिमा बढ्ने अर्थव्यवस्थामध्ये एक हुने बताएकी हुन् । सीतारमण हाल अमेरिकाको भ्रमणमा रहेकी छन् । उनले यो कुरा हार्वर्ड केनेडी स्कुलमा बताएकी हुन् ।उनको अर्को वर्ष आर्थिक विकास ७.५–८.५ प्रतिशतबीच हुने र अर्को दशकसम्म कायम रहने बताइन् । उनले भनिन्, ‘जहाँसम्म भारतको आर्थिक वृद्धिदरको सवाल छ, हामी यो वर्ष दोहोरो अङ्क नजिक पाउनेछौँ र यो दर

नेपाल आउने मनसुनी प्रणाली भारतको केरला आइपुग्यो

काठमाण्डाै - नेपालमा आउने मनसुनी प्रणाली भारतको केरलामा आइपुगेको छ । नेपालमा आउने मनसुनी प्रणाली बंगालको खाडीमा विकास भएर हिजो बेलुका भारतको केरलामा आइपुगेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । त्यो प्रणाली एक हप्तामा नेपाल आइपुग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । सन् २०१० देखि २०२० सम्मको औसत विवरणअनुसार नेपालमा जुन १३ मा मनसुनी प्रणाली आइपुग्छ । यस वर्ष पनि जुन १३ अर्थात जेठ ३० गते आसपासमै नेपालमा आउने मौसमविद् मानन्धरले बताउनुभयो । यस वर्षको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने मौसम पूर्वानुमान&nb...