पूर्वी क्षेत्रका उद्योगमा अघोषित लोडसेडिङ

२८ चैत, विराटनगर । नेपाल विद्युत प्राधिकरणले पूर्व क्षेत्रका उद्योगमा अघोषित लोडसेडिङ गरेको गुनासो व्यवसायीहरुले गरेका छन् । बिहान र बेलुका सुनसरी मोरङ औद्योगिक करिडोरमा बत्ती नै नआउने उनीहरुको भनाइ छ । ‘हरेक दिन बिहान ६ देखि १० र बेलुका ५ देखि १० बजेसम्म विजुली कटौती हुन्छ, त्यस बाहेक अरुबेला पनि लाइन जान्छ,’ स्वस्तिक रोलिङ […]

सम्बन्धित सामग्री

यसकारण प्रभावित भयो उत्पादन तथा प्रशोधन समूहका कम्पनीको नाफा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्पादन तथा प्रशोधन समूहका ६ कम्पनी सूचीकृत छन् । यीमध्ये हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल बालाजु, युनिलिभर नेपाल, बोटलर्स नेपाल तराई र शिवम् सिमेन्ट्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा एउटा बाहेक सबै कम्पनीको नाफा प्रभावित भएको छ ।  विवरणअनुसार यी कम्पनीहरूको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २२ दशमलव शून्य ७ प्रतिशत घटेको छ । गत आवमा यी कम्पनीहरूले कुल रू. २ अर्ब ६५ करोड नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. २ अर्ब ६ करोड नाफा कमाएका छन् ।  यी पाँच कम्पनीमध्ये युनिलिभर नेपालको नाफा बढेको छ भने बाँकी सबै कम्पनीको नाफा घटेको छ । त्यस्तै सबैभन्दा बढी शिवम् सिमेन्ट्सको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५१ दशमलव १५ प्रतिशत घटेको छ । गत आवमा यस कम्पनीले रू. ६५ करोड ४८ लाख नाफा कमाएकोमा चालू आवमा रू. ३१ करोड ९९ लाखमा सीमित भएको हो ।  महँगो बैंक ब्याजदर, तरलताको संकुचन, विश्व बजारमा कोइला, डिजेललगायत सामानको मूल्य वृद्धिको प्रभाव, तेस्रो त्रैमास अवधिभर नेपाल विद्युत् प्राधिकरणले उद्योगमा अघोषित लोडसेडिङ गरेका कारण वैकल्पिक ऊर्जाको प्रयोगबाट उद्योग सञ्चालन गर्दा उत्पादन लागत बढ्न पुगेको देखिन्छ ।  युनिलिभर नेपाल लिमिटेडको नाफा गत आवको तुलनामा चालू आवमा ६९ प्रतिशत बढेको हो । गत आवमा कम्पनीले रू. २२ करोड ४ लाख नाफा कमाएकोमा चालू आवमा रू. ३७ करोड २६ लाख पुगेको हो ।  त्यस्तै यी पाँच कम्पनीमध्ये सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडले रू. ५७ करोड ६६ लाख नाफा कमाएको छ । दोस्रोमा बोटलर्स नेपाल बालाजुले रू. ४३ करोड ५४ लाख नाफा कमाएको छ ।

उद्योगमा अघोषित लोडसेडिङ, मारमा उद्योगी-व्यवसायी

कोभिडले थला परेको उद्योगी व्यवसायी बिस्तारै चलायमान हुन थाले पनि अघोषित लोडसेडिङको मारमा परेका छन्।

उद्योगमा अघोषित लोडसेडिङ गरेका कुलमानले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं : विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्दै छन्। भारतबाट बिजुली किन्नका लागि नेपालले प्रतिस्पर्धा गर्न नसक्दा मंगलबार रातिदेखि उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ। त्यसबारे जानकारी दिन आज दिउँसो दिउँसो १ बजे विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पत्रकार सम्मेलन गर्न लागिएको उनले बताए। रुस–युक्रेन युद्धका कारण महँगिएको भारतीय ऊर्जा बजारबाट बोलकबोलमार्फत बिजुली किन्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्रा

भारतबाट बिजुली किन्न नसक्दा उद्योगमा अघोषित लोडसेडिङ

भारतबाट बिजुली किन्नका लागि नेपालले प्रतिस्पर्धा गर्न नसक्दा मंगलबार रातिदेखि उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ । रुस–युक्रेन युद्धका कारण महँगिएको भारतीय ऊर्जा बजारबाट बोलकबोलमार्फत बिजुली किन्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकतर्फको आपूर्ति कटौती गरेको हो । बुधबार भारतबाट करिब १ घण्टा मात्रै बिजुली आएकोमा बिहीबार पनि ३ घण्टा मात्रै आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।