अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनले विलियम बर्न्सलाई गुप्तचर संस्था सीआईएको नयाँ निर्देशक बनाउने घोषणा गरेका छन् ।
लामो समय कूटनीतिक क्षेत्रमा बिताएका बर्न्सलाई छानेर बाइडनले सीआईएको जोड अब अन्य मुलुकको सत्तापरिवर्तन गर्नमा भन्दा भत्केका सम्बन्ध सुधार्नमा लगाउने संकेत दिएका छन् । यसको आवश्यकता खट्किरहेको थियो ।
बर्न्सले सन् २०१९ मा प्रकाशन गरेको संस्मरण ‘द ब्याक च्यानल : अ मेमोआर अफ अमेरिकन डिप्लोमेसी यान्ड द केस फर इट्स रिनुअल’ले उनको भूमिका कस्तो हुनेछ भनी थोरबहुत स्पष्ट पारेको छ । ...