हामी सहमति नजिक पुगेका छौं–गोकर्ण विष्ट

काठमाडौं। पार्टीको विवाद समाधानका लागि गठित एमाले कार्यदलका सदस्य गोकर्ण विष्टकाअनुसार आजको कार्यदलको बैठक सहमतिमा नजिक पुगेको छ। असहमतिका आधा दर्जन विषयहरुमा क्रमैसँग सहमति जुटाउँदा समय अभावका कारण केही विषय टुंगिन बाँकी रहेका छन्।  विष्टले भने, ‘लामो छलफलपछि हामी धेरै विषयमा सहमतिमा पुगेका छौं, बाँकी एकाध विषयमा पनि भोलि सहमतिमा पुग्छौं।’

सम्बन्धित सामग्री

हामी लगभग समाधानको विन्दुमा पुगेका छौंः गोकर्ण विष्ट

काठमाडौँ । नेकपा एमालेको एकताका लागि गठित कार्यदल बैठक सकिएको छ । सिंहदरबारमा बसेको बैठक सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै माधवकुमार नेपाल पक्षका नेता गोकर्ण विष्टले अब निष्कर्षमा पुग्न लामो समय नलाग्ने बताएका छन् ।

अविश्वासको खाडल पुरेर झण्डै–झण्डै सहमतिको निष्कर्षमा पुगेका छौं : गोकर्ण विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले लगातार तीन दिनको छलफलपछि पार्टी विवाद सहमतिउन्मुख भएको बताएका छन् ।  विगतमा अविश्वासको वातावरणले एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिने अवस्था अहिले हटेको उनले दाबी गरे ।  बुधवार बसेको कार्यदल बैठकपछि सचिव विष्टले विषयवस्तुको हिसाबले पनि आफूहरू सहमति नजिक पुगेको दाबी गरे । ‘लगातार तीन दिनको छलफलपछि हामी झण्डै-झण्डै निष्कर्षमा पुगेका छौं । सार्थक परिणाममा पुग्छौं भन्नेमा कार्यदलको बैठकपछि विश्वास पैदा भएको छ,’ विष्टले भने ।  विष्टभन्दा अघि बाहिर...

धेरै विषयमा सहमति नजिक छौं, पार्टी एकता जोगाउछौं : गोकर्ण विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र लामो समयदेखिको कटुता र द्वन्द्व संवादबाट न्यूनीकरण भइरहेकोले पार्टी एकता बचाउन सकिने बताएका छन् । तर शुक्रवारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा आफूहरु सहभागि नहुने उनले बताए । बिहीवार माधव नेपाल पक्षको स्थायी कमिटी बैठकपछि लोकान्तरसँग कुरा गर्दै सचिव विष्टले सहमति जुट्न बाँकी विषयमा आपसी समझदारीमा टुंगो लगाउनु पर्ने बताएका हुन् । माधव नेपाल समूहका प्रभावशाली नेता विष्ट संस्थापन पक्षका नेताहरुसँग सहमतिका लागि भइरहेका वार्तामा सहभागि भइरहेका छन् । ‘पार्टी भि...