नेपाल पक्षका २२ सांसदले पठाए स्पष्टीकरणको जवाफ

काठमाडौं। नेकपा एमालेका माधव नेपाल पक्षका २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। सांसद मेटमणि चौधरीले उल्टै पार्टी अध्यक्षसँग स्पष्टिकरण माग्दै स्पष्टिकरणको जवाफ पठाइएको जानकारी दिए। जवाफमा विश्वासको मत नपाएपछि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा नदिई फेरि प्रधानमन्त्री बन्न खोजेकोले विपक्षमा उभिएको उल्लेख गरिएको छ। एमालेले फ्लोरक्रस गर्ने सांसदलाई सर्वोच्चको परमादेश आकर्षित नहुने भाषा राखेर बुधबार स्पष्टीकरण पठाएको थियो।

सम्बन्धित सामग्री

अमेरिकी सेना नेपाल आएको भन्दै सांसदले खोजे जवाफ

अमेरिकी सेनाको १८ जनाको टोली हतियारसहित नेपाल आएको भन्दै सांसदले सरकारको जवाफ मागेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले यसबारे सरकारको जवाफ माग गरेका हुन् । ‘हिजो मात्रै १८ जना अमेरिकी सशस्त्र सेना नेपाली सेनासँग संयुक्त अभ्यास गर्न नेपाल आएको खबर छ । विश्व शक्ति हाबी भइरहेको बेलामा सरकारले यो के गर्न खोजेको हो ?’, उनले प्रश्न गरे । अधिकारीले बुढीगण्डकीको काम तत्काल सुरु गर्न लगायतका समसामयिक विषयमा पनि सरकारको ध

नेपाल समूहका २२ सांसदले बुझाए स्पष्टीकरण

मधुसूदन रायमाझी, काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसदले २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ फर्काएका छन् ।एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर पठाइएको जवाफमा प्रतिनिधिसभा पुनःस्थापना भएपछि र विश्वासको मत नपाएपछि ओलीले संसदीय दलको नेताबाट राजीनामा दिनुपर्नेमा उल्टै आफैं प्रधानमन्त्री बन्न खोजेकाले देउवाको पक्षमा उभिएको उल्लेख छ । जवाफमा भनिएको […]

नेपाल समूहका २२ सांसदले स्पष्टीकरणको जवाफ दिने

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्‍वासको मत दिएका एमालेको माधवकुमार नेपाल समूहका २२ सांसदले पार्टीले दिएको स्पष्टीकरणको जवाफ दिने भएका छन् । कानुन व्यवसायीले प्रष्टीकरणको जवाफ तयार गरेको र आफूहरू जवाफ दिने विषयमा छलफल गर्न सिंहदरबार जान लागेको सांसद विरोध खतिवडाले जानकारी दिए ।  सांसद खतिवडालाई …

ओलीले मागेको स्पष्टीकरणको जवाफ दिने नेपाल पक्षको तयारी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन्। केन्द्रीय कमिटीको जारी बैठकले २२ सांसदलाई सर्वोच्चको आदेश आकर्षित नहुने गरी बुधबार स्पष्टीकरण मागेको थियो। गुटगत गतिविधि गरेको र विपक्षी गठबन्धनलाई सघाएको विषयमा सांसदहरुसँग जवाफ माग गरिएको छ। २४ घण्टे स्पष्टीकरण मागिएपछि अहिले जवाफ दिनका लागि नेपाल पक्ष छलफलमा जुटेको छ। ‘हामी छलफलमा छौं, स्पष्टीकरणको जवाफ दिन्छौं’ सांसद पार्वती बिशुन्केले थाहाख

माधव नेपाल पक्षका २२ सांसदले अझै पाएनन् स्पष्टीकरण पत्र, पाए पनि जवाफ नदिने

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका २२ जना सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् । साउन ३ गतेको संसद् बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहको गरी २२ जना सांसदले फ्लोर क्रस गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका थिए ।  साउन ४ गते बसेको एमालेको १० औं केन्द्रीय कमिटी बैठकले ती सबै सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको निर्णय अनुसार मुख्य तीनवटा विषय...

सुदूरपश्चिममा नेपाल पक्षका सांसदको जवाफ : स्पष्टीकरण सोध्ने कमिटी नै अवैध !

२८ जेठ, धनगढी । सुदूरपश्चिममा नेकपा एमालेको माधव नेपाल पक्षका १७ सांसदले आफूहरुलाई स्पष्टीकरण सोध्ने प्रदेश कमिटीका पदाधिकारीको वैधानिकतामाथि प्रश्न उठाएका छन् । बिहीबार १७ सांसदले जवाफ पेश गर्दै पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको निर्णय अनुसार नभएकाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाको पद नै अवैध रहेको उल्लेख गरेका छन् । प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले […]

माधव नेपाल पक्षका सांसदले किन दिएनन् राजीनामा ? यस्तो छ जवाफ

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्टि जनाउँदै राजीनामा नै दिने तयारी गरिएपनि अन्तिममा आएर राजीनामा आएन । सिंहदरबारमा भएको नेपाल पक्षको छलफलले सोमवारको प्रतिनिधिसभा बैठकमा सहभागी नहुने र प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । अत्याधिक चर्चा हुँदाहुँदै पनि नेपाल पक्ष राजीनामा दिने निर्णयबाट किन पछि हट्यो ? नेपाल पक्षका सांसद भीम रावलले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘हामी पछाडि फर्केका छैनौं, उहाँले विश्वासको मत माग्नुभएको र मत नदिँदा नै पर्याप्त हुने भएकाले य...

ओलीलाई खनाल नेपाल पक्षका केही सांसदले मात्रै बुझाए स्पष्टीकरण

नेकपा एमालेले सांसद पदबाट किन कारवाही नगर्ने भन्ने सम्बन्धमा सोधिएको स्पष्टीकरणको जवाफ दिने क्रम शुरु भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले वरिष्ठ नेता झलनाथ खनालसहित केही सांसदले स्पष्टीकरणको जवाफ पार्टी कार्यालयलाई बुझाएको जानकारी दिए । उनका अनुसार खनालसहित नेता भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ तथा कर्णाली प्रदेशका अमरबहादुर थापा, नन्दसिंह बुढा, कुर्मराज शाही र देवी वलीले स्पष्टीकरणको जवाफ दिए । आज स्पष्टीकरणको जवाफ पठाउने अन्तिम दिन भए पनि केही