नाडा निर्वाचन : चौधरी र थापाले गरे अध्यक्षमा उम्मेदवारी दर्ता, क–कसको पर्यो उम्मेदवारी ?(सूचिसहित)

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि व्यवसायी करण चौधरी र ध्रुव थापाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन अर्थात् आइतबार नाडाको केन्द्रीय सचिवालय टेकुमा सशरीर उपस्थित भई चौधरी र थापाले विधिवत् रुपमा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् । यस्तै, अन्य ३४ सदस्यहरूमा आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक कुमार अग्रवाल, कपिल सिवाकोटी शुभाषिश थपलिया, प्रदीप मान प्रधान, दिपककुमार खेतान, यमुना श्रेष्ठ, अमर ज्योती र रञ्जित, भवनाथ पाठक (वि.एन पाठक), द

सम्बन्धित सामग्री

नाडाको अध्यक्षमा करण चाैधरी निर्विराेध निर्वाचित

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित भएका छन्। चौधरीलाई अध्यक्ष पदका आकांक्षी आकाश गोल्छा, प्रकाश कपुरी र नवराज डल्लाकोटीको समर्थन भएसँगै निर्विरोध हुने पक्का भएको थियो। चौधरी नाडाको हालसम्मकै सबैभन्दा कम उमेरका युवा अध्यक्ष हुन्। कार्यसमितिका लागि आवश्यक संख्या मात्रै उम्मेदवारी दर्ता भएकाले सबै सदस्य पनि निर्विरोध भएका थिए। नाडाको […]

निर्विरोध चुनियो नाडाको कार्यसमिति, अध्यक्षमा चौधरी, अरू को-को आए ?

काठमाडौं । अटो व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । आगामी नेतृत्वको लागि मनोनयन दर्ता गर्ने दिन शुक्रबार आवश्यक संख्यामा मात्रै उमेदवारी दर्ता भएपछि नयाँ कार्यसमिति निर्विरोध चुनिएकाे भएको हो । आगामी अध्यक्षमा सीजी होल्डिङका कार्यकारी निर्देशक करण चौधरी सर्वसम्मत चुनिएको नाडाका अध्यक्ष ध्रुब  थापाले […]

नाडाको अध्यक्षमा करण चौधरी नै हुने पक्का

काठमाडौँ–नेपाली अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को अध्यक्षमा करण चौधरी नै हुने पक्का भएको छ। नाडाका पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेपछि फेरि चुनाबी पक्रियामा जानुपर्ने अवस्था सिर्जना भएको थियो। सो घोषणा पछि नाडाको नेतृत्व चयन गर्ने पक्रिया थप जटिल बनेको थियो। तर बिहिबार नाडाका नेतृत्व अहिले को समयमा चुनाबी […]

नाडामा थापाले मारे बाजी, ६६ मतले चौधरी पराजित

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा व्यवसायी ध्रुव थापा विजयी भएका छन् । अध्यक्षका प्रत्यासी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापाले विजय हासिल गरेका हुन् । विजयी थापाले १४ सय १३ मत ल्याउँदा चौधरीले १३ सय ४७ मत ल्याएका छन् ।अन्य १७ कार्यसमिति सदस्यमा भने करण चौधरीको प्यानलको बहुमत आएको छ। १२ जना करण चौधरीको प्यानल र ५ जना थापा प्यानलबाट कार्यसमिति सदस्यमा  जित हासिल गरेका छन्। करण चौधरीको प्यानलबाट मिलन बाबु मल्ल १४ सय ६४, अनुप कुमार बराल १४ सय ६२ , राजनबाबु श्रेष्ठ १४ सय

नाडा अध्यक्षमा थापा विजयी

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा विजयी भएका छन् । थापा एक हजार ४१३ मत पाएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी करण चौधरीले एक हजार ३४७ मत पाएका थिए । नाडाको निर्वाचनमा थापा र चौधरी प्यानलनै बनाएर प्रतिस्पर्धा गरेका थिए ।  थापा पक्षबाट निराकार श्रेष्ठ, आकाश...

मेरो जित सुनिश्चित छ : करण चौधरी

नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको वर्तमान उपाध्यक्ष हुन् करण चौधरी । चौधरीले नाडाको आसन्न ४५ औँ साधारणसभा र सोही सभाले चयन गर्ने नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनका प्रतिस्पर्धी ध्रुव थापा हुन् । फरक प्यानल नै बनाएर चुनावी सङ्ग्राममा उत्रिएका चौधरी र थापाबीच यसपटक नाडामा निकै प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि, चौधरी र थापा दुवै अध्यक्षमा आफू नै निर्वाचित हुने दाबी गरिरहेका छन् । अध्यक्ष पदमा दाबेदार चौधरीसँग गरिएको कुराकानी :नाडा अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?

नाडामा एकाधिकार तोड्न मेरो उम्मेदवारी : ध्रुव थापा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको भावी नेतृत्वका लागि व्यवसायी ध्रुव थापाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनीसँग अध्यक्षका अर्का दाबेदार व्यवसायी करण चौधरी भिड्दैछन् । अध्यक्षका बलिया दाबेदार मानिएका चौधरी र थापा दुवैले आफू नै विजयी हुने दाबी गर्दैछन् । निकै रस्साकस्सीबीच हुने यसपटकको निर्वाचनमा बाजी कसले मार्छ, त्यो भने मत परिणामसँगै टुङ्गो लाग्नेछ ।  नाडा चुनावका सन्दर्भमा अध्यक्षका प्रत्याशी व्यवसायी ध्रुव थापासँग गरिएको कुराकानी ::चुनावी दौडधूप निकै चलेको छ है !दौडधूप नै त नभनौँ,

नाडा निर्वाचनमा चौधरी र थापाको प्यानलः कुन समूहमा को को छन् उम्मेद्वार ?

अटोमोबाइल्स व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनका अध्यक्षमा करणकुमार चौधरी र ध्रुव थापाबीच प्रतिस्पर्धा हुँदैछ । मंसिर २२ र २३ गते हुने ४५ औँ साधारणसभा र निर्वाचनले नाडाको अध्यक्षसहित १७ सदस्य निर्वाचित गर्नेछ । नाडामा ३१ सय हाराहारीमा सदस्य छन् ।चौधरी समूहका पदाधिकारी र सदस्यकरण चौधरी समूहले करिब करिब पदाधिकारी पनि टुंगो लगाएको छ । महासचिवमा २ कार्यकाल बिताईसकेका सुनिल रिजाल (वर्तमान महासचिव) उपाध्यक्ष बन्ने टुंगो लागेको छ । अब २ वर्षपछि हुने अर्को चुनावी साधारण सभामार्फत अध्यक्ष बनाउने भनिएका राजनबाबु श्रेष्ठ पनि उपाध्यक्ष बन्ने भएका छन् ।महासचिवमा सुरेन्द्र कुमार उप्रेती (सुरेश) को करिब करिब टुंगो लागेको छ । २ कार्यकाल सचिव भईसकेका अनुप बराललाई कसरी व्यवस्थापन गर्ने भन्ने छलफल जारी छ । उनी अब विधानकै कारण सचिव बन्न नपाउने भएपछि उनले पनि महासचिवमा दाबी गरेका छन् । करण चौधरी समूह स्रोतका अनुसार विधानमा भएको व्यवस्था अनुसार नै उनलाई सचिवबाट नघट्ने गरी पदाधिकारीमा सुनिश्चित गरिने छ ।कोषाध्यक्ष र सह–कोषाध्यक्षमा निशान ढकाल र अभिक ज्योतिको चाहना छ । प्रकाश कपुरी गत साधारणसभामै अध्यक्षको दाबेदार भएकाले उनलाई सम्मानजनक समितिको नेतृत्व दिने तयारी चौधरी समूहको छ । यसपटक पनि संगठन विस्तार समितिको सभापति रहेर कपुरीले ९ सय सदस्य रहेको नाडामा ३१ सय सदस्य पुर्याउन महत्वपूर्ण भूमीका खेलेकाले उनले संस्थालाई पर्याप्त समय दिन सक्ने देखिएकाले यसपटक पनि कपुरीलाई महत्वपूर्ण समितिको नेतृत्व दिने तयारी चौधरी समूहले गरेको बुझिएको छ ।यी बाहेक, मिलनबाबु मल्ल, बिक्रम सिंहानिया, अभिमन्यु गोल्छा र बरदान बस्नेत पनि टिममा छन् ।थापा समूहका पदाधिकारी र सदस्यध्रुव थापा समूहलाई लक्ष्मी हुण्डाईका निराकार श्रेष्ठ, फोर्ड मोटर्सका आकाश गोल्छा, हिट्को प्रा.लिका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रदिपमान प्रधान, जगदम्बा मोटर्सका दीपक अग्रवाल र सञ्जय खेतानको साथ छ ।थापा समूहबाट चुनाव लड्नेमा आकाश गोल्छा, अमर रन्जित, निराकार श्रेष्ठ, दिपेन्द्र मिश्र, रिद्धि कार्की, दिपक अग्रवाल, नवराज भुसाल, प्रदिप मान, प्रकाश सिग्देल, राजन पौडेल, सगुन कंसाकार, सञ्जय खेतान, सुवासिस थपलिया, यमुना श्रेष्ठ, कपिल सिवाकोटी र बि.एन. पाठक छन् ।उनीहरु अहिले सदस्यमा निर्वाचन लड्ने र निर्वाचन जितेपछि सहमतिमा पदाधिकारी टुंगो लगाउने थापा समूहको योजना छ ।लभिमन्यु गोल्छा र निशान ढकाललाई दुबै समूहले आफ्नो समूहमा रहेको बताउँदै आएका छन् ।

नाडाको अध्यक्षमा चौधरीद्वारा उम्मेद्वारी घोषणा

अटो मोबाइल व्यवसायीको छाता संस्था अटो मोवाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को अध्यक्ष पदका उम्मेद्वार करण चौधरीले झापाबाट उम्मेद्वारी घोषणा गरेका छन् । आगामी मंसिर २२ र २३ गते काठमाडौंमा हुने ४५ औं अधिवेशनका लागि चौधरीले झापाको बिर्तामोडबाट उम्मेद्वारी घोषणा गरेका हुन् ।मेची अटो मोवाइ डिलर्स एशोसिएशनले आयोजना गरेको कार्यक्रमकाबीच चौधरी नेतृत्वको समूहले सामुहिक उम्मेद्वारी […]

नाडा अध्यक्षमा चौधरीको उम्मेदवारी घोषणा

काठमाडौं (अस) । सीजी होल्डिङ्स तथा सिजीमोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एसोसिएसनको आगामी अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । चौधरी हाल नाडाको कार्यसमितिमा उपाध्यक्ष छन् । सातै प्रदेशमा विस्तार भइसकेको नाडाको प्रदेश संरचनालाई थप व्यवस्थित र बलियो बनाउन उनले उम्मेदवारी  दिएका हुन् । अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूला रोजगार उपलब्ध गराउने व्यवसाय हो । सरकार र व्यवसायी दुवैको हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउने उद्देश्यले उम्मेदवारी घोषणा गरेको चौधरीले बताए । नीतिगत रूपमै सरकारसँग अटो व्यवसायलाई अगाडि बढाउन सहजीकरण गर्ने उनले जानकारी दिए । कोरोना महामारी र निषेधाज्ञाका कारण अटोमोबाइल व्यवसाय संकटमा परेकाले यसको पुनरुत्थानसँगै यस क्षेत्रमा थप आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको उनले बताए । हाल नाडा अध्यक्ष कृष्णप्रसाद दुलाल छन् ।