काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। खनालले लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो!’
न बजार, न पर्याप्त जहाज, न विश्वसनीयता। एक दशकयता ऋणको बोझले थिचिएर थलिएको। यो अवस्था हो, नेपाल वायुसेवा निगमको। व्यवस्थापकीय र वित्तीय कमजोरीले समस्यामा परेको राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी राज्यकै बेथिति र सुशासनको असफलताको प्रतीक बनिरहेको छ। कुनै समय लन्डन, पेरिस र फ्य्रांकफर्टसम्मको आकाशमा विमान उडाएको निगम आज आफ्नै आकाशमा जेनतेन अस्तित्व थाम्ने अवस्थामा पुगेको […]
पाल्पा। नेकपा एमालेले पाल्पा–२ मा ठाकुर गैरेलाई टिकट दिएको छ। एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तिका अनुसार मंगलबार बिहान मात्र एमाले केन्द्रीय सदस्य गैरेको नाममा टिकट फाइनल भएको हो। यसअघि पाल्पा–२ मा विष्णु पौडेल र राम बहादुर राउतले टिकट पाएका थिए। बिहानसम्म राम बहादुर राउतको टिकटको फाइनल थियो। तर केही समय अघिमात्र गैरेले टिकट पाएका हुन् […]
शिखर पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री आवेदन खुला गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस १६ गते कुल ३२ करोड रुपैयाँ बराबरको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका ३२ […]