१२.९९ प्रतिशतमा महालक्ष्मीको आवास तथा व्यावसायिक कर्जा

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्षको अवसरमा घर खरीद, निर्माण र व्यावसायिक कर्जाअन्तर्गत सुलभ ब्याजदरमा कर्जा योजना ल्याएको छ । दुवै योजनामा १२ दशमलव ९९ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्नुका साथै नयाँ वर्षको अवसरमा कर्जा सेवा शुल्कमा विशेष छूट प्रदान गरिने बैंकले जानकारी दिएको छ  । महिला सशक्तीकरणमा जोड दिँदै बैंकले घरधनी वा व्यवसायधनी महिला भएमा सेवाशुल्कमा शून्य दशमलव २५ प्रतिशत छूट दिइने बताइएको छ । आवास कर्जा योजनाअन्तर्गत ऋणीका लागि निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवाशुल्कमा छूट जस्ता सुविधा रहेको बंैकले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

महालक्ष्मीको ‘आवास र व्यावसायिक कर्जा’

महालक्ष्मी विकास बैंकले १२.९९ प्रतिशत ब्याजदरमा आवास र व्यावसायिक कर्जा दिने घोषणा गरेको छ।

महालक्ष्मी बैंकले ल्यायो आवास र व्यावसायिक कर्जामा आकर्षक योजना

काठमाडौं : महालक्ष्मी विकास बैंकले घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी उद्यमशील कर्जाअन्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरेको छ।आवास कर्जा योजनाअन्तर्गत ‘सपनाको सानो घर प्यारो घर, अब पूरा हुनेछ सबैको रहर’ धितो मूल्याङ्कनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह, आकर्षक व्याजदर तथा कर्जा शुल्कमा विशेष छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ।व्यावसायिक कर