बेमौसमी वर्षा : मुलुकका २६ ओटा जिल्ला नराम्ररी प्रभावित

कात्तिक ७, काठमाडौं । मनसुन सकिएको हप्तापछि बंगालको खाडी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण परेको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट मुलुकका २६ ओटा जिल्ला नराम्ररी प्रभावित भएको छ । ती जिल्लाले भौतिक तथा मानवीय क्षतिसमेत बेहोरेको छ ।  सात ओटा प्रदशेमध्ये सबैभन्दा बढी प्रदेश नं १ ले मानवीय क्षति बेहोरेको छ । त्यसपछि सुदूरपश्चिम प्रदेशमा मानवीय क्षति भएको छ । यसपालि नेपालमा पानी पार्ने प्रणालीको संयुक्त प्रभाव असोज ३१ बाट शुरु भएको थियो । सो प्रणाली कात्तिक ३ सम्म रह्यो । त्यसको छिट्फुट प्रभाव अहिले पनि कायमै रहँदा मौसम बदलीकै क्रममा छ ।  पहिलो दुई दिन सुदूरपश्चिम प्रदेशमा असर गरेको थियो भने त्यसको अर्को दुई दिन प्रदेश नं १ लाई प्रभावित बनाएको थियो । प्रदेश नं २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा भने न्यून क्षति भएको छ । ती प्रदेशका एकाध जिल्लाले मात्रै क्षति बेहोर्नुपर्‍यो । गृह मन्त्रालयबाट आइतवार प्राप्त पछिल्लो तथ्यांकमा ती जिल्लामा कुल ११७ जनाले ज्यान गुमाएको पुष्टि भएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिए । यसअघि १११ जना मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । पछिल्लो चौबिस घण्टामा बेपत्ता भएकामध्ये ५ जनाको शव फेला परेको हो ।  अझै ३२ जना हराइरहेका छन् । मृत्यु हुनेमा ५७ पुरुष, ३५ महिला र २५ बालबालिका छन् । बेपत्ता हुनेमा १३ पुरुष, सात महिला र १२ बालबालिका छन् । कुल ४४ जना घाइते भएका र उनीहरूमध्ये कतिपय उपचारपछि घर फर्किएका छन् भने केहीको उपचार जारी छ । कुल ३० घर आंशिक र ११८ घर पूर्ण क्षति भएको गृह मन्त्रालयले जानकारी दिएको छ । जलवायु परिवर्तन विज्ञ डा ङमीन्द्र दाहाल बेमौसममा यति ठूलो वर्षा हुनु जलवायु परिवर्तनको असर भएको बताउँछन् ।  प्राप्त विवरणअनुसार मुलुकका विभिन्न ठूला आठ राष्ट्रिय राजमार्गमा क्षति पु¥याएकामा अझै ६ ओटा सञ्चालनमा आउन सकिरहेको छैन । सडकको भौतिक पूर्वाधारमा मात्रै एक अर्ब पाँच करोड क्षति भएको प्रारम्भिक विवरण छ ।  धानबाली तथा अन्य भौतिक क्षतिको विषयमा विवरण संकलन जारी रहेको गृह मन्त्रालयले जानकारी दिएको छ । सरकारले यसअघि नै घाइतेको निःशुल्क उपचार गर्ने र मानवीय क्षति बेहोरेका परिवारलाई राहत दिने घोषणा गरिसकेको छ । प्रदेश नं १ मा सबैभन्दा बढी क्षति प्रदेश नं १ मा धनकुटा मोरङ, सुनसरी, पाँचथर, इलाम, भोजपुर, ओखलढुंगा, संखुवासभा, सोलुखुम्बु र उदयपुरमा वर्षाको ठूलो प्रभाव परेको थियो । प्रदश नं १ मा ६७ जनाको मृत्यु भएको छ भने सातजना बेपत्ता छन् ।  यस प्रदेशको पाँचथरमा सबैभन्दा बढी ३० जनाको मृत्यु भएको छ । त्यसपछि  इलाममा १४, सुनसरीमा १० र धनकुटामा पाँचजनाले ज्यान गुमाएका छन् । बेपत्ता हुने सबैभन्दा बढी चारजना पनि पाँचथरका छन् । प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनीमा कम क्षति प्राप्त विवरणअनुसार मुलुकका चार प्रदेश (प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा) भने बाढी, पहिरो र डुबानबाट तुलनात्मकरूपमा कम क्षति भएको छ । प्रदेश नं २ मा सप्तरी जिल्लालाई मात्रै प्रभावित बनाएको छ । उक्त जिल्लामा बाढीमा परेर एक बेपत्ता भएका छन् । वाग्मती प्रदेशको सिन्धुली प्रभावित भएको जानकारी दिइएको छ । सिन्धुलीमा बाढीबाट एकजनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको नवलपरासी पूर्व (नवलपुर) मा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको प्यूठानमा मात्रै क्षति गराएको छ । प्राप्त विवरणअनुसार उक्त जिल्लामा दुईजनाको मृत्यु भएको र एकजना बेपत्ता रहेको जानकारी दिइएको छ । कर्णालीका पाँच ओटा जिल्ला प्रभावित कर्णाली प्रदेशका पाँच ओटा जिल्ला प्रभावित भएको छ । ती जिल्लामा ८ जनाको मृत्यु, चार घाइते र एक बेपत्ता रहेका छन् । प्राप्त विवरणअनुसार कालीकोटमा एक, हुम्लामा ६ र सल्यानमा एकजनाको मृत्यु भएको छ ।  जुम्लामा एक बेपत्ता छन् भने सुर्खेत र कालीकोटमा गरी चार जना घाइते  छन् ।   यस्तो छ सुदूरपश्चिमको क्षति  सुदूरपश्चिम प्रदेशका सात जिल्ला प्रभावित भएको छ । ती जिल्लामा ३७ जनाको मृत्यु भएको छ भने २२ बेपत्ता छन् । १७ जना घाइते छन् । सबैभन्दा बढी डोटीमा १६ र बझाङमा १२ जनाको मृत्यु भएको छ । यस्तै बैतडीमा चार, डडेलधुरामा तीन तथा अछाम र कैलालीमा एक–एकजनाको मृत्यु भएको छ । बझाङमा अझै १९ जना हराइरहेका छन् । डोटी र कैलालीमा एक–एकजना बेपत्ता छन् । रासस

सम्बन्धित सामग्री

बेमौसमी वर्षा र क्षेत्रफल घट्दा पनि धान उत्पादन बढ्यो

काठमाडौं, पुस १५। गत असोजमा बेमौसमी वर्षाले क्षति पुर्‍याए पनि मुलुकको प्रमुख खाद्यान्न बाली धानको उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष साढे ३ लाख मेट्रिकटनको धान उत्पादन बढेको हो । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुमान अनुसार यस वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिकटन धान […]

राहतको माग गर्दै गुलरिया बजारमा विरोध प्रदर्शन

बर्दियाका किसानले बेमौसमी वर्षा र बाढीका कारण क्षति भएकालाई राहत दिन माग गर्दै प्रदर्शन गरेका छन् । एमाले निकट अखिल नेपाल किसान महासंघ र  एमाले गुलरिया नगर कमिटिको नेतृत्वमा गुलरिया...

प्रदेश १ मा घट्यो धान उत्पादन

कात्तिकको पहिलो साता बेमौसमी वर्षा र वर्षाका कारण आएको बाढीले पसाउन लागेको धान बालीलाई क्षति पुर्‍याएकाले धान उत्पादनमा कमी आएको प्रदेश कृषि निर्देशनालय विराटनगरका कृषि अर्थविज्ञ नेत्रमणि काफ्लेले बताए।...

खोटाङमा धान उत्पादनमा ४ हजार ६ सय मेट्रिक टनले कमी आयाे

खोटाङ – बेमौसमी वर्षा र हावाहुरीका कारण यस वर्ष खोटाङमा धान उत्पादन घटेको छ ।  गएको असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको बेमौसमी वर्षा र हावाहुरीका कारण गएकाे वर्षको तुलनामा खाेटाङमा चार हजार ६ सय ४३ मेट्रिक टन धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  गएकाे वर्ष २९ हजार सात सय ९५ मेट्रिक टन धान उत्पादन भएको जिल्लामा याे वर्ष २५ हजार एक सय ५२ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो ।   दुई नगरपा...

एकपछि अर्को गाउँ किन हुँदैछ खाली ?

भारतको उत्तराखण्डस्थित पौडीको चौबट्टाखाल प्रशासनिक इकाइमा पर्ने किमगिडी गाउँका महिला आफ्नो खेतमा दलहन बाली भित्र्याइरहेका छन् । १७, १८ र १९ अक्टुबरमा भएको अविरल वर्षाको मार दलहन बालीमा पनि परेको छ । वृद्ध किसान लीला देवी भन्छिन्, ‘जब वर्षा चाहिन्छ, त्यति बेला पर्दैन । अहिले बेमौसमी वर्षा भइरहेको छ । मासको दाल कोसाभित्रै गलेको छ । पशुहरूका लागि हामीले घाँस काटेर राखेका थियौँ । त्यो पनि सडेको छ ।’उनका अनुसार गत मे महिनामा पनि लगातार बेमौसमी वर्षा भएको थियो । त्यति बेला पनि विभिन्न बाली

बेमौसमी वर्षाले धान नष्ट हुँदा अर्थतन्त्रमै धक्का

बेमौसमी वर्षा र त्यसबाट निम्तिएको बाढीका कारण देशभरको धानबालीमा पुर्‍याएको क्षतिको असर मुलुकको अर्थतन्त्रमै देखिने भएको छ । अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिदै आएको धानबाली नष्ट हुँदा मुलुकको कुल ग्राहस्थ उत्पादन...

बेमौसमी वर्षा र हिमपातले पदमार्गका पर्यटक प्रभावित

केही दिनयताको बेमौसमी वर्षा र हिमपातले चक्रीय अन्नपूर्ण पदमार्गका पर्यटक प्रभावित बनेका छन् । केही पर्यटक गन्तव्य नपुगी फर्किन बाध्य छन् । संसारकै अग्लोमध्येको एक तिलिचो ताल, थोराङ्ला भन्ज्याङ, हिमलुङ हिमाल बेसक्याम्पलगायत क्षेत्रमा हिमपात भएपछि पर्यटक गन्तव्य पुग्न सकेका छैनन् ।

बेमौसमी वर्षा र हिमपातले पदमार्गका पर्यटक प्रभावित

केही दिनयताको बेमौसमी वर्षा र हिमपातले चक्रीय अन्नपूर्ण पदमार्गका पर्यटक प्रभावित बनेका छन् । केही पर्यटक गन्तव्य नपुगी फर्किन बाध्य छन् । संसारकै अग्लोमध्येको एक तिलिचो ताल, थोराङ्ला भन्ज्याङ, हिमलुङ हिमाल बेसक्याम्पलगायत क्षेत्रमा हिमपात भएपछि पर्यटक गन्तव्य पुग्न सकेका छैनन् ।