रथबाट लडेर घाइते भएका परिवारलाई लोसपाको सहयोग

बाराको आदर्श कोतवाल गाउँपालिकामा बिहेको रथ दुर्घटनामा घाइते तथा मृतक परिवारलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले ५० हजार रुपियाँ सहयोग गरेका छन् ।माघ १० गते लछु महराका छोरा सञ्जय महराको बिहेमा प्रयोग भएको रथ अनियन्त्रित हुँदा १४ जना घाइते भएका थिए भने दुई जनाको ज्यान गएको थियो । घाइतेहरुको उपचार वीरगञ्ज, काठमाडौ तथा कलैयाका अस्पतालमा भइरहेको छ ।घाइतेहरू सबै दलित छन् । उनीहरुलाई उपचारमा समस्या भइरहेकाले पार्टीको तर्फबाट नेता सोनलले &

सम्बन्धित सामग्री

खेलाडीको उपचारमा दर्शकको सहयोग : अस्पतालमै पुगेर डेढ लाख बढि रकम हस्तान्तरण

फोर्टिन स्टार युवा क्लबले फुटवल खेलाडी महेन्द्र खत्रीलाई आर्थिक सहयोग गरेको छ। खत्री चिदिचौरमा संचालन भएको चौथो फोर्टिन स्टार कप फुटबल खेल्ने क्रममा पुस ८ गते लडेर गम्भीर घाइते भएका...

बारेकोटमा विपन्न नागरिक उपचार कोष

आर्थिक अवस्था कमजोर भएकै कारण अकालमै ज्यान गुमाउन बाध्य भएका आमनागरिकका लागि बारेकोट गाउँपालिकाले विपन्न नागरिक उपचार कोष स्थापना गरेको छ । गरिबीको रेखमुनि रहेको नागरिकले आफैंले उपचार गर्न नसक्ने अवस्थामा रहेका सर्वसाधारणका लागि यो कोषबाट सहयोग हुने गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरिले बताए । सुत्केरी, रुख, भीरबाट लडेर घाइते भएका, विभिन्न प्राकृतिक प्रकोपमा परेर उपचारमा […]

बारेकोट गाउँपालिकाले बनायो विपन्न नागरिक उपचार कोष

सुर्खेत :  जाजरकोटको बारेकोट गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि विपन्न नागरिक उपचार कोष स्थापना गरेको छ।गरिबीको रेखमुनि रहेको नागरिकले आफैँले उपचार गर्न नसक्ने अवस्थामा रहेका सर्वसाधारणको लागि पनि यो कोषबाट सहयोग हुने गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताए। सुत्केरी, रुख, भिर बाट लडेर घाइते भएका र प्राकृतिक प्रकोपमा परेर उपचारमा समस्या भएकालाई गाउँपालिको सहयोग गर्ने उनले बताए।त्यस्तै संघीय सरकारबाट सूचीकृत भई आर्थिक सहायता गर्नुपर्ने बिरामीका लागि समेत उक्त कोषबाट

खेलाडी गुरुङलाई रु दुई लाख सहयोग - Purbeli News

धरान / अभ्यासका क्रममा लडेर घाइते भएका बास्केटबल खेलाडी प्रदीप गुरुङलाई उपचारार्थ रु दुई लाख सहयोग सङ्कलन भएको छ । उनकोे अहिले विपी प्रतिष्ठानमा उपचार भइरहेको छ । बास्केटबल सङ्घ धरान र सुनसरीद्वारा संयुक्त रुपमा मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरी उनको उपचारका लागि सो नगद सङ्कलन गरिएको हो । सङ्घका केन्द्रीय उपाध्यक्ष सुरज लामा र...