राजनीतिमा महिला सक्रियता बढे पनि नेतृत्वमा पुग्नै सकस

काठमाडौं :  नेपाली राजनीतिमा महिलाहरूको सक्रियता र संख्या बढ्दै गए पनि पार्टीको मूल नेतृत्वमा पुग्न सकेका छैनन्। नेपालको संविधान २०७२ मा कुनै पनि राजनीतिक दलको नेतृत्वमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिएको छ। त्यो व्यवस्थालाई सबैजसो दलहरूको विधानमा पनि स्वीकार गरिएको छ। तर, त्यसको कार्यान्वयन कुनै पनि दलले गर्न सकेका छैनन्। अहिले पनि देशका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले मात्र होइन अन्य साना दलहरूसमेत पार्टीको महाधिवेशनको चटारोमा छन्।महाधिवेशनमा शीर्ष नेता